बेथानचोक गाउँपालिकाले दिइयो सोनाम ल्होछार पर्वको दुई दिन सर्वाजनिक विदा

0
147

बेथानचोक काभ्रे : काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले मञ्जुश्री सम्वत २८६० औं डुक (मु पुख्री) ल्हो सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


ल्होछार पर्व मनाउन यही माघ २७ र २८ गते गाउँपालिले बिदा दिने निर्णय गरेको हो । बेथानचोक गाउँपालिकामा तामाङ समुदायको वाहुल्यता भएकाले २ दिन सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए ।

तामाङ समुदायले ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ । ल्होछारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here