हिउँभित्रको अमेरिकस्थित कोलोराडो (तस्वीरहरु)

0
114

कोलोराडो : यतिबेला संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको बुल्डर, डेनबर क्षेत्रको सडक, त्यसको वरपर देखिने रुख, जंगलभित्र जस्तो देखिने घरहरु र आसपासका डाँडा हिँउले सेताम्मे भएको छ ।

अमेरिककै सबैभन्दा धेरै चिसो तथा पर्यटकीय राज्य मानिने कोलोराडो लगायत अन्य राज्यहरुमा हिमपात भएका छन् ।

आइतबार दिउँसोदेखि रातिसम्म परेको हिउँले कोलाराडोको बुल्डर सहितको क्षेत्र सेताम्मे बनेको हो भने त्यहाँको जनजीवन समेत प्रभावित भएका छन् ।

हिमपातपछि बढेको चिसोको पर्वाह नगरी हिउँमा रमाउने जमात पनि उत्तिकै मात्रामा देखिन्छ । विशेषगरी हिउँमा स्नोइङ गर्ने युवा पुस्ता । मानौं, उनीहरु हिउँ पर्ने समयको व्यग्र प्रतीक्षा गरिरहेको थियो । उनीहरुको मुहारमा चिसो भन्दा हिउँमा खेल्न पाउनुको खुशी बढी झल्किरहेको देखिन्थ्यो ।

कोलोराडो पारवहन बिभागले सडकहरु चिप्लो हुनुको साथै भिजिबिलिटी पनि न्यून हुने हुनाले सवारी चालकहरुलाई अत्यन्त होसियार भएर र अत्यावश्यक बाहेक सवारी नचलाउन आग्रह गरेको छ ।

हिमपातबाट कुनै मानवीय क्षति नभए पनि अझै दुई महिना हिउँ पर्ने मौसम भएकोले सचेत रहनु पर्ने देखिन्छ ।

तीन वर्षअघि डेनवर र बुल्डर क्षेत्रमा १८ देखि २४ इन्जसम्मको हिउँ जमेपछी त्यहाँ आपतकाल घोषणा गर्नु परेको थियो । त्यसबेला हवाई सेवासँगै यातायातका साधन सञ्चालन अवरुद्ध भएका कारण कोलोराडोका विद्यालय, कलेजहरु जस्ता शैक्षिक संस्थाहरु बन्द समेत भएका थिए ।

त्यस्तै सन् २०२० मा अमेरिकाको टेक्सासमा भारी हिमपात हुँदा २१ जनाको मृत्यु भएको थियो भने त्यसको प्रभाव २५ दिनसम्म परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here