ज्वालादेवी प्राविमा विद्यार्थीलाई पोसाक तथा कपीकलम वितरण

0
170

खानीखोला, काभ्रेः जिललाको विकट खानीखोलाको विद्यार्थी शैक्षिक सामाग्री वितरण गरिएको छ । खानीखोला गाउँपालिका–७ स्थित् श्री ज्वालादेबी प्राथमिक बिद्यालय विद्यार्थीलाई शुक्रबार नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँकमिटी अध्यक्ष खड्ग बहादुर जिम्बा (अविरल)को प्रमुख अतिथ्यतामा पोसक तथा कपीकलम लगायत वितरण गरिएको हो ।

विद्यालयको प्रधानध्यापक नारायण सिं थिङले विद्यार्थीहरुलाई टि–सर्ट, ट्रयाक–सुट, कापीकलम वितरणसँगै विद्यालयको लागि एक थान फिल्टर सहयोग गरिएको इन्द्रेणीमाला डटकमलाई जानकारी दिए ।

माओवादी केन्द्र खानीखोलाका अध्यक्ष जिम्बा र सचिव राजन अधिकारीले संयुक्त रुपमा विद्यार्थीलाई १७ दर्जन कपीसहित स्टेशनरी सामाग्री र विद्यालयलार्य फिल्टर सहयोग गरेका छन् ।

त्यस्तै विद्यालयको प्रधानाध्यापक थिङसँगै समाजसेवी वीरबहादुर घिसिङ, धनश्याम मोक्तान, वडा सदस्य रोहन रुम्बाको संयुक्त सहयोगमा विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । प्रअ थिङको पहल विद्यार्थीलाई पोसाक र स्टेशनरी सामाग्री वितरण भएको हो ।

सोही अवसरमा पूर्व प्रधानाध्याक लोकबहादुर स्याङ्तानलाई बिदाई समेत गरेका छन् । कार्यक्रममा विद्यालयको प्रअ थिङले सहयोग गर्नु हुने सम्पूर्ण ब्यत्तित्वहरुमा आभारसहित साथै धन्यवाद ज्ञापन समेत गरे ।

कार्यक्रममा समाजसेवी तथा युवा नेता जिम्बासहित नेताहरु दावा घिसिङ, राजन अधिकारी, जिबन घिसिङ लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो । अध्यक्ष जिम्बा र सचिव अधिकारीले अघि पनि विभिन्न विद्यालयलाई सहयोग गरिसकेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here