के.सी.ले गरिन पत्नी तुलसाको नाममा भालेश्वर माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना

0
125

पनौती काभ्रे : पनौती नगरपालिका वडा नं. ८ खरिबोटका राजु के.सी.ले आफ्नो पत्नीको स्मृतीमा भालेश्वर माध्यमिक विद्यालमा छात्रवृती कोष स्थापना स्थापना गरेका छन् ।

पत्नी तुलसाको स्मृतीमा के.सी.ले ७ लाखको तुलसा स्मृती छात्रवृति कोष स्थापना गरेका हुन् । कोषबाट वार्षिक रुपमा व्याज रकम प्रदान गर्ने गरी विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययरत ११ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृति प्रदान गरिनेछ ।

दाता राजु के.सी र श्रीमती तारा भट्टराई केसीले उक्त रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र के.सी, शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोषकुमार केसी र प्रधानाध्यापक रामचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।

पुष २८ गते नगरप्रमुख रामशरण भण्डारी, वडा अध्यक्ष बेदप्रसाद बञ्जारा समेतको उपस्थितीमा विद्यालय र केसी परिवारविच कोष सञ्चालन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

२०२८ सालमा साविक भूमिडाँडा गाविसमा बाबु भक्तबहादुर र आमा ललितकुमारीको कोखबाट जन्मिएकी तुलसा र राजुविच २०४४ सालमा विवाह भएको थियो । १ बर्षअघि तुलसाको हृदयघातबाट मृत्यु भएको थियो । तुलसा र राजुका १ छोरा र १ छोरी छन । छोरी दिपा केसी, छोरा अमित केसी र बुहारी रोशी विदेशमा छन । विद्यार्थीहरुको चौतर्र्फी विकास र हितका लागि कोष स्थापना गरिएको के.सी.ले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले आवस्यकता पर्ने र उत्कृष्ट विद्यार्थीलाई छात्रवृति कोष प्रयोग हुने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here