अमेरिकाको कोलोराडोमा पहिलो पटक ‘सोनाम ल्होछार साँझ’ हुँदै

0
156

काठमाडौँः तामाङ सोसाइटी अफ कोलोराडोको आयोजनामा ‘सोनाम ल्होछार साँझ’ हुने भएको छ । मन्जुश्री सम्वत २८६० औं मु (डुक) ल्हो सोनाम ल्होछारको अवसरमा अमेरिकाको कोलोराडोमा ‘सोनाम ल्होछार साँझ–२०२४’ आयोजना गर्न लागेको हो ।

कार्यक्रमको संयोजक सन्दिप लामाले ‘सोनाम ल्होछार साँझ’ आगामी फागुन १९ (२ मार्च, २०२४) गते शनिवार साँझ ६ बजे हुने जानकारी दिए । उनको अनुसार कोलोराडोमा पहिलो पटक ल्होछार विशेष कार्यक्रम हुन लागेको हो । कार्यक्रम स्थान भने The avaloan ballroom -arephoe road, boulder मा तोकिएको छ ।

कार्यक्रम संयोजक लामाले जन्मभुमि भन्दा टाढा रहेर पनि आफ्नो समुदायको कला, संस्कृतिलाई सम्झेको छ, यसको जर्गेनामा अन्तराष्ट्रिय भुमिबाट समेत लागिरहेको छ भन्ने सन्देश दिनको लागि पनि कार्यक्रममो आयोजना गरेको बताए ।

उनले भने, ‘अमेरिकाको कोलोराडोमा पनि तामाङहरु छन्, यहाँबाट पनि समुदायको कला संस्कृतिको जर्गेनामा लागिरहेको छ भन्ने सन्देश प्रवाह गर्ने हेतुले ‘सोना ल्होछार साँझ’ आयोजना गरेको हो ।’

ल्होछार कार्यक्रममा ख्यातिप्राप्त कलाकार बुद्धी तामाङ उर्फ ‘हैट’, लोक तथा दोहोरी गायक मिलन लामा, बुद्धीमान वाईवा, गायिका संगीता थापा मगर र मोडल रश्मि तामाङ लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने आयोजक जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा खानाको समेत व्यवस्था गरिएको छ ।

प्रवासमा तामाङ समुदायको धर्म, संस्कृति, कला, भेष–भुषा, भाषा, परम्परा, रहनसहन, रितिरिवाजको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै लैजाने तामाङ सोसाइटी अफ कोलोराडोको विविध उद्देश्य मध्ये एक भएको संयोजक लामाको भनाई छ । त्यस्तै आयोजकका अनुसार कार्यक्रमको लागि आव्श्यक जानकारी लिन संयोजक लामासँगै संगीता लामा, रश्मि तामाङ र निशा तामाङसँग सम्पर्क गर्न सकिने छ ।

सोनाम ल्होछार तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक महत्व बोकेकोे पर्व हो । ‘ल्हो’ भनेको वर्ष र ‘छार’को अर्थ नयाँ हुन्छ । यस अर्थमा ल्हो फरिने दिनलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा ल्होछार मनाईने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here