कुमारी माविको विव्यस अध्यक्षमा लोप्चन सर्वसम्मत चयन

0
123

खानीखोला, काभ्रेः जिल्लाको विकट खानीखोला गाउँपालिका–४ स्थित् जगथलीमा अवस्थित श्री कुमारी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजय कुमार लोप्चन सर्वसम्मत चयन भएको छ । विद्यालयका प्रधानध्यापक लालबहादुर घिसिङले मंगलबार सम्पन्न भेलाले विव्यसको लोप्चनलाई अध्यक्षमा दोस्रो कार्यकालको लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको जानकारी दिए ।

विव्यसको सदस्यहरुमा बिष्णुमाया मोक्तान, रुपेश लोप्चन, लिला बहादुर जिम्बा, छेवाङ योन्जन, निरमाया घिसिङ, इन्द्रमाया गुरुङ र कान्छीमाया जिम्बा रहेका छन् ।

खानीखोला गाउँपालिका ४ का वडा अध्यक्ष निसान मोक्तान विद्यालय रहेको क्षेत्रको वडा अध्यक्ष वा सदस्य विद्यालय व्यवस्थापन समितिमा रहने प्रावधान अनुरुप पदेन सदस्य तथा शिक्षक प्रतिनिधिमा सन्जय सारु र सदस्य सचिवमा प्रधानाध्यपक लाल बहादुर घिसिङ रहनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष लोप्चनले विद्यार्थी, शिक्षक र अभिभावकविचको त्रिकोणात्मक सम्वन्धलाई थप सुदृढ बनाउदै विद्यालयलाई नमूना र उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न लागि पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here