नेपाल तामाङ घेदुङ खानीखोलाको अध्यक्षमा नरबहादुर र सचिवमा टिका

0
627

खानीखोला, काभ्रेः नेपाल तामाङ घेदुङ खानीखोला गाउँपालिकाको अध्यक्षमा नर बहादुर थिङ सर्वसम्मत चयन भएको छ। मंगलबार नेपाल तामाङ घेदुङको पुर्व संघीय कोषाध्यक्ष मिना पाख्रिनको प्रमुख आतिथ्यतामा भएको गाउँपालिकाको दोस्रो सम्मेलनले थिङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

सम्मेलनले उपाध्यक्षमा देव लोप्चन, सचिवमा टिका अबिरल तामाङ र कोषाध्यक्षमा सरिता स्याङतान चयन गरेको छ । त्यस्तै सदस्यहरुमा दैब घिसिङ, नेत्र बहादुर थिङ, कर्मध्वज तामाङ, विर बहादुर भुलन, चन्द्र बहादुर गोले, निरीमाया घिसिङ, नर बहादुर ब्लोन, नानी माया तामाङ, सुन्तली स्याङतान, पुर्ण बहादुर थोकार र लालमान घिसिङ रहेका छन् ।

अजय तामाङको सभाध्यक्षातामा भएको कार्यक्रममा नेपाल तामाङ महिला घेदुङका संघीय उपाध्यक्ष सृजना थिङ, नेपाल तामाङ घेदुङ काभ्रेको सचिव निमा तामाङ (विरेन), वडा अध्यक्षद्धय निशान मोक्तान, बद्धि बहादुर स्याङतान, खानीखोला गाउँपालिकाको न्यायक समिति सदस्य देवन सिं लामा लगायतको उपस्थिति रहेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here