खानीखोलाको आ.व २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट

0
89

खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङद्धारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम
आदरणीय सभा अध्यक्षज्यू,
सभाका सदस्यज्यूहरू ।
१. खानीखोला गाउँपालकिाको तेह्रौँ गाउँसभाको सातौँ बजेट अधिवेशनमा उपस्थित गाउँपालिकाका उपाध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरू, गाउँकार्यगाउँपालिकाका पदाधिकारी तथा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत एवम् अन्य कर्मचारी मित्रहरू, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मीहरू सर्वप्रथम खानीखोला गाउँपालिकाको आजको यस गरिमामय गाउँसभामा म गाउँँगाउँपालिकाको अध्यक्ष र गाउँ कार्यगाउँपालिका परिवारको तर्फबाट यहाँहरूलाई हार्दिक न्यानो अभिवादन टक्रयाउँदछु ।
यस खानीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम यस गरिमामय गाउँसभाको बैठकमा प्रस्तुत गर्न पाउँदा म अत्यन्त गौरवान्वित भएको छु । २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट हामीलाई मतदान मार्फत निर्वाचित गर्नु हुने आदरणीय खानीखोलाबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी लगायत सबैमा यसपालि पनि पुनः आभार सहित धन्यवाद व्यक्त गर्दछु । यस अवसरमा इतिहासका विभिन्न कालखण्डमा विशेष जनयुद्धको महान् अभियानमा यस खानीखोला गाउँपालिकाको भूमिबाट प्राण उत्सर्ग गर्नु हुने अमर योद्धाहरू रेशम बहादुर घिसिङ, डिल बहादुर थिङ, अर्जुन बहादुर थिङ, राममाया बजु, धन कुमारी गोले, मान कुमारी गोले, दल बहादुर ब्लोन, अरबिन्द्र जिम्बा, देवराज सापकोटा, भक्त बहादुर पाख्रिन, झलक दर्लामी, कुमार वाइवा, रमिता थोकर, डेनसाङ घिसिङ, लोक बहादुर सिंताङ लगायत अमूल्य जीवनको आहुति दिनु हुने यी महान् ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली निर्माणसम्मको चरणमा आइपुग्दा घाइते तथा बेपत्ता पारिएका परिवारप्रति आजको यस सभा मार्फत गहिरो श्रद्धा पूर्वक सम्मान व्यक्त गर्दछु । मूलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण तथा परिवर्तनमा युगान्तकारी रूपमा नेतृत्वदायी भूमिका खेल्नु हुने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दछु ।
२. सङ्घीय संरचना अनुसार नेपालको बागमती प्रदेश अन्तर्गत काभ्रेपलान्चोक जिल्लाका १३ वटा स्थानीय तहहरू मध्ये जिल्लाको दक्षिणी भेगमा अति विकट मानिएको डाँडापारिको क्षेत्रमा अवस्थित यस खानीखोला गाउँपालिका खानीखोलाको स्वच्छ एवम् कञ्चन पानीजस्तै समृद्धिको मीठो सपना बोकेर अघि बढि रहेको छ । कूल १३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको उत्तरी सीमानामा बेथानचोक गाउँपालिका र रोशी गाउँपालिका, पूर्वमा महाभारत गाउँपालिका, दक्षिणमा मकवानपुरको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र पश्चिममा ललितपुरको महाङ्काल गाउँपालिका पर्दछ । उत्तरतर्फ महाभारत पर्वत, पूर्वतर्फ चाउ खोला, दक्षिणतर्फ कोखाजोर र बागमती नदी एवम् पश्चिमतर्फ दुर्लुङ खोलाले घेरिएको यस गाउँपालिका आफैँमा प्राकृतिक रूपमा अत्यन्तै मनोरम सुन्दर र हरियालीयुक्त छ । गाउँपालिकाको नामसँग साइनो जोडिएको यस भूगोलको मध्य भाग भएर बग्ने खानीखोला यहाँको मुख्य सौन्दर्य हो । यहाँको संस्कार, भावना र मनोविज्ञान यही सौन्दर्यसँग जोडिएको छ । प्राकृतिक दृष्टिले शान्त, प्रदुषण रहित स्वच्छ हरियालीयुक्त खानीखोला आज विकासको अनमोल अपेक्षाको बीचमा खडा छ । २०७३ साल फागुन २७ गतेको स्थानीय सरकार सञ्चालन तथा गठन आदेश बमोजिम साविक फलामेटार, डाँडागाउँ, साल्मेचाकल, सालधारा र मिल्चे गरी ५ गाउँ विकास समिति मिलेर जम्मा ७ वडाको यस खानीखोला गाउँपालिकाको वि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार १२,२०१ कूल जनसङ्ख्यामा पुरुष ४९.६ प्रतिशत र महिलातर्फ ५०.४ प्रतिशत रहेको छ । (जिल्ला निर्वाचन कार्यालय, काभ्रेपलाञ्चोकको तथ्याङ्क अनुसार यस गाउँपालिकामा १४,३९८ जनसङख्या रहेकोमा पुरुषतर्फ ७,०३४ र महिलातर्फ ७,३३४) रहेको देखिन्छ । जसमा गाउँपालिकामा अपाङ्गता भएका व्यक्ति २.८ प्रतिशत रहेका छन् । आफ्नै छुट्टै भौगोलिक पहिचान रहेको यस गाउँपालिकामा विशेष गरी तामाङ, मगर, नेवार, बाहुन, क्षेत्री, गुरुङ, माझी, विश्वकर्मा, सार्की, पहरी, दमाई समुदायका मानिसहरूको बसोबास रही आएको छ । दूध, तरकारी तथा माछामासुमा आफैँमा आत्मनिर्भर रहेको यस गाउँपालिकाको अर्को पहिचान ऐतिहासिक भीमसेनथान मन्दिर, महादेवथान मन्दिर, थुम्की, लाप्चे गुफा, गोल्मे दरबार, चमेरे गुफा हुनु हो । यस गाउँपालिकामा तामा, चुन, फलाम लगायत अथाह खानीको भण्डार रहेको छ । जडिबुटीजन्य प्राकृतिक स्रोतले पनि यस गाउँपालिका भरिपूर्ण छ । हाम्रो खानीखोला यस्ता अनगिन्ती सम्भावना बोकेर पनि सम्भावनाको भारीले थिचेर उठ्न नसकेको तितो चिनारी लिएर अब बदल्ने र बदलिने प्रक्रियाको यात्रामा अगाडि बढिरहको छ । न्यूनतम ३०० मिटरदेखि अधिकतम ३००० मिटर उचाईमा फैलिएको यस गाउँपालिका निश्चय नै हामी सबैको साझा प्रयत्नबाट बदलिनेछ भन्ने विश्वास यस सभाले लिएको छ । मूलुकमा सङ्घीयताको स्थापनासँगै यसले प्रदान गरेको जनाधिकार, सिंहदरबारको अधिकार गाउँ गाउँमा भएको व्यवस्थाले यहाँको जनमानसमा आएको उत्साह वास्तवमै आकर्षक छ । यसर्थ अब हामी सबै यो उत्साहका साथ “हामी बनाउछौँ, हाम्रो खानीखोला” अभियानमा जुट्न पुनः एक पटक आजको यसै गाउँसभाबाट सङ्कल्प गर्दैछौँ ।
यस गाउँपालिका भौगोलिक रूपमा अति विकट रहे पनि यहाँको उच्च पहाडहरूमा रहेको महत्वपूर्ण जडीबुटी र खोलानालाहरू यस क्षेत्रको अर्थ उपार्जनका लागि महत्वपूर्ण आधार बन्न सक्छन् भन्ने कुरामा कुनै दुई मत छैन । सङ्घीय संरचना अन्तर्गत राजधानीबाट नजिक रहेर पनि विविध कारणले हालसम्म पनि यहाँका अधिकांश जनताहरू कृषि पेशामा नै आत्मनिर्भर रहेकोले यहाँको मुख्य आर्थिक स्रोत पनि कृषिमा नै आधारित रहेको छ । यस क्षेत्रको कृषि उत्पादनलाई बजारीकरण गरी केन्द्रीय राजधानीसम्म विस्तार गरी अर्थोपार्जनलाई प्रभावकारी बनाउन उपयुक्त मार्गको खोजीमा हामी निरन्तर प्रयासरत रहेको कुरा म यहाँहरू समक्ष राख्न चाहन्छु ।
सभाका सदस्यज्यूहरू,
वर्तमान परिवेश
३. विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीबाट थलिएर माथि उठ्न लागेको अर्थतन्त्र पुनः रुस युक्रेन युद्ध र सोबाट विश्व आपूर्ति श्रृङ्खलामा आएको सङ्कुचनले नेपाललाई समेत प्रभाव पारेको छ । यसबाट सङ्घीय सरकारको राजस्व परिचालनमा प्रभाव पर्न गई स्थानीय तहले पाउनु पर्ने वित्तीय हस्तान्तरणमा नकारात्मक असर परेको छ ।
नेपालले जनसाङ्ख्यिक लाभ लिँदै अल्प विकसित मूलुकबाट विकासशील मूलकको श्रेणीमा उक्लिनै लाग्दा हरेक दिन सयाँै युवाहरू रोजगारीको खोजीमा गाउँ छोडेर विदेशिनु पर्ने अवस्थाले हामी सबैलाई गम्भीर बनाएको छ । आन्तरिक र बाह्य बसाइँ सराइँका कारण नेपालका गाउँघरहरू सुनसान बस्तीका रूपमा रूपान्तरित हुन पुगेका छन् । उब्जाउ खेतबारी बाँझै रहन पुगेका छन् । यस सन्दर्भमा युवालाई गाउँभित्रै रोजगारीको अवसर सिर्जना गर्ने र गाउँघरको बसाइलाई आकर्षक बनाउने चुनौति हामी सबैको साझा मुद्दा हुन पुगेको छ ।
नेपालको संविधान २०७२ जारी भए पश्चात दोस्रो पटक सम्पन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनले अब सङ्घीयताको स्थायित्व र संस्थागत विकासबारे विमति राख्ने विषयले प्राथमिकता पाउने छैन । सङ्घीयता सबल रुपले स्थापित भई कार्यान्वयनको दोस्रो पञ्च वर्षीय कार्यकाल पनि आरम्भ भइ सकेको वर्तमान परिवेशले यसप्रतिको आशङ्काले कुनै स्थान नपाउने निश्चित छ । यद्यपि यही संविधानद्वारा प्रदत्त अधकिारको उपभोग गर्दै निर्वाचनमा सहभागी भई विजयी भएका केही व्यवस्था विरोधीहरूको आवजाहरू यदाकादा देखिनु लोकतान्त्रिक प्रणाली अन्तर्गतकै अङ्ग हो भन्ने कुरालाई बुझेर तपाईँ हामी यो व्यवस्थाबाट जनताले प्राप्त गरेको लाभको पक्षमा दृढतापूर्वक उभिने प्रण गर्नु पर्दछ ।
यस विशिष्ट परिस्थितिमा हामीले हाम्रो अर्थतन्त्रलाई पुनःउत्थानशील क्रियाकलाप मार्फत अगाडि बढाउँदै तीव्र र दीगो आर्थिक विकास गरी समृद्ध नेपाल सुखी नेपालीको मूल लक्ष्य हासिल गर्नु परेको छ । यसका लागि हाम्रो गाउँपालिकामा स्थानीय आर्थिक तथा पूर्वाधार विकासका कार्यक्रमलाई विशेष जोड दिनु पर्ने अवस्था सिर्जना भएको छ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाई सुशासनको अनुभूति जनमानसमा ल्याउन गाउँपालिकाको क्षमता विकास गर्न समेत अपरिहार्य छ । यसका लागि विद्युतीय सुशासन प्रणालीलाई सेवा प्रवाहमा व्यापक र प्रभावकारी बनाउनु पर्ने अवस्था देखिन्छ ।
सभाका सदस्यज्यूहरू,
अब म गाउँपालिकाको अर्थतन्त्र र बजेट प्रणालीमा देखिएका मुख्य चुनौति, उपलब्धी र अवसरहरुबारे समीक्षा प्रस्तुत गर्न चाहन्छुः
चुनौति
४. यस गाउँ सभाका सदस्यज्यूहरू हामी निर्वाचित भएको यो एक वर्ष हाम्रो निम्ति मूलतः अनुभवकै वर्ष रह्यो । हामीद्वारा गत आर्थिक वर्षमा प्रस्तुत गरिएका नीति कार्यक्रमहरूले लिएका लक्ष्य एवम् आकाङ्क्षाहरू वास्तवमै आकर्षक र जनउत्तरदायी नै थिए । यिनै आकाङ्क्षाहरूलाई कार्यान्वयनतर्फ लैजाँदै गर्दा निश्चय पनि विभिन्न प्रकृतिका जटिलताहरू उत्पन्न भए । सार्वजनिक यातायात सेवालाई सबै मौसम अनूकुलित बनाउन निर्धारण गरिएको लक्ष्य यस वर्ष पूरा गर्न सकिएन । २०८० सालको असारसम्ममा केन्द्रीय विद्युतीकरण मार्फत केन्द्रीय विद्युत प्रसारण लाइन जडान गर्ने कार्यमा विद्युतीय तार लाइन बिछ्याउने जिम्मेवारी पाएको सम्बन्धित निर्माण कम्पनीले समयमै कार्य सम्पन्न नगरेको र अन्य प्रक्रियागत कार्यमा पूर्णता पाउन बाँकी रही ढिला हुन पुगेको छ । सञ्चार सेवामा आशातीत परिणाम निकाल्न सकिएको छैन । ठेक्का सम्झौता बमोजिम कार्य निर्माण कम्पनीकै ढिलाइका कारण च्याल्टी, कोठे, दयागाउँ, महादेवटार, देउराली, कुस्पा, तालढुङ्गा सडक निर्माण कार्य ढिलो हुन पुगेको छ । बैँकले असहज महसुस गरेको कारण वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य लागू गर्न सकिएको छैन । नागरिकमा आफ्नो गाउँको विकासका लागि एकीकृत भई अघि बढ्ने भन्दा पनि स–साना विवाद सिर्जना भई महत्वपूर्ण उपलब्धी हासिल गर्ने अवसरहरु गुम्ने खतरा कायमै छ । गाउँपालिका केन्द्रसँग जिल्ला सदरमुकाम जोड्ने मोटर बाटोलाई अझै व्यवस्थित गराउन सकिएको छैन ।
गाउँपालिकाभित्र पर्यटकीय स्थल बनाउन सकिने सम्भावना रहेका प्रशस्त ठाउँहरू हुँदा पनि भौगोलिक विकटताको कारण यी कार्य पूरा गर्न सकिएको छैन । इन्टरनेट एवम् सञ्चार सेवा नियमित हुन नसक्दा सार्वजनिक सेवा प्रवाहमा समेत असर परेको छ । प्रदेश राजधानी हेटौडा नजिकै भएर पनि बागमती नदीमा पुल निर्माण नहुँदा जनजीवन थप कष्टकर बनेको अवस्था छ । त्यस्तै जिल्ला सदरमुकामसँगै राजधानी जोड्ने खानीखोला, दुर्लुङ खोलामा हाम्रै कार्यकालमा जति सक्दो छिटो पुल निर्माण गर्नु हाम्रा लागि ठूलै चुनौति बन्ने हो कि भन्ने आभास भएको छ । युवा जनशक्तिलाई कृषि व्यवसायप्रति आकर्षित गर्दै कृषिमा आत्मनिर्भर गर्न गराउन नसक्नु अर्को चुनौति देखिएको छ । वैदेशिक रोजगारीबाट फर्केका सीपयुक्त युवाको सीप तथा पुँजीलाई उद्यम विकासमा उपयोग गर्न स्रोत साधन र बजेट अभावका कारण न्यून पूँजी लगानी गर्नु पर्ने बाध्यात्मक अवस्थाले थप समस्या उत्पन्न गराएको छ । गुणस्तरीय मलखाद, बिउँ बिजन समयमा नै उपलब्ध गराउन विकट भूगोल समस्याको पहाड बनेको छ । निर्माण व्यवसायीले समयमा कार्य सम्पन्न नगरि दिँदा कृषि उपज र गैर कृषि उत्पादनलाई बजारीकरण गर्न अपेक्षित रूपमा सडक पूर्वाधारको विकास नहुँदा जनताको आयआर्जनमा अभिवृद्धि गरी जीवनस्तर उकास्न सकिएको छैन । सबै कृषि तथा पशुपंक्षीजन्य उत्पादनमा बीमाको पहँुच हालसम्म पु¥याउन सकिएको छैन ।
उपलब्धि
यस वर्ष गाउँपालिकाले केही ऐतिहासिक उपलब्धी हासिल गरेको छ । खानीखोला गाउँपालिकामा हालसम्म ३०० किलोमिटर भन्दा बढी नयाँ ट्रयाक सडक, १६ किलोमिटर स्टोन सोलिङ, ३.२ किलोमिटर ग्य्राबेल र १.६ किलोमिटर आरसिसि ढलान सडक पूर्वाधारमा विकास भएको छ । गाउँपालिकाभित्रका खानीखोला र दुर्लुङ खोलामा पक्की पुलको ठेक्का गराउन सफल भइएको छ । विगतदेखि निर्माण कार्य अघि नबढेको सिक्रे दोभान पुलको निर्माण कार्यलाई छिट्टै नै सम्पन्न गर्ने गरी तीव्रता दिइएको छ । बहुचर्चित खानीखोला करिडोरको स्यार्ते जन्ते खण्ड ट्रयाक खोलिएको छ । यहाँको नागरिकको कल्पनाभन्दा पनि बाहिर रहेको हात्तीसार सिक्रे दोभान नयाँ ट्रयाक खोल्न सफल भइएको छ । ट्रयाक जोड्न बाँकी रहेका अति महत्वपूर्ण ठानिएका कोदोखोरिया, त्रिवेणी, धाप्ले, महाङ्काल ट्रयाक खोलिएको छ । मोटर बाटोले जोडिन बाँकी रहेका बस्तीहरू बलडाँडा, सिँगारडाँडा, बाँसपुर, भ्याकुरे जस्ता बस्तीहरूमा सडकको पहुँच विस्तार गर्ने कार्य सफल भएको छ । खोपासी तालढुङ्गा सडकको स्तर उन्नतिको लागि प्रदेश सरकारको सहयोगमा लाटीखोल्सी, स्याउरेथली, गडगडे जस्ता असजिला क्षेत्रमा ढलान तथा सोलिङ कार्य सम्पन्न भएको छ । कफीमा जसको उत्पादन उसैलाई अनुदान कार्यक्रम शानदार रूपले सफल भएको छ जसका कारण किसान कफी खेतीप्रति थप आकर्षित भई उत्साहजनक ढङ्गले कफी खेतीमा उल्लेखनीय रूपमा सहभागितामा बढोत्तरी भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरी निस्सा प्रकाशन गरिएको छ । हाम्रो गाउँपालिकाले यस आर्थिक वर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९ीक्ष्क्ब्० मा ८०.२५ अङ्क र वित्तीय सुशासन जोखिम मूल्याङ्कन ९ँच्ब्० मा ७० अङ्क प्राप्त गरेको छ । यो अङ्क गत आर्थिक वर्षभन्दा १०० प्रतिशतले नै बढी हो । आन्तरिक राजस्व गत विगतको तुलनामा ४०० प्रतिशतले वृद्धि भएको छ । तालढुङ्गा पुछार सिंचाइ कुलो, जगथली सिंचाइ कुलो, पलाञ्चोक सिंचाइ र बोराङबेँसी लिफ्ट सिंचाइ कुलो निर्माण कार्य सम्पन्न भएको छ ।
गाउँपालिकाभित्रका ३८ वटै विद्यालय सुधार गर्नका लागि निरन्तर अनुगमन, तालिम र अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिएको छ । गाउँ शिक्षा सम्मेलन मार्फत शिक्षाको आवधिक योजना निर्माण गरिएको छ । स्थानीय पाठ्यक्रम निर्माण र मातृभाषा शिक्षा कार्यक्रम लागू गरिएको छ । असहाय बालबालिकाको शिक्षामा सुनिश्चितताका लागि आवासीय शिक्षालय सञ्चालन गरिएको छ । विद्यालय शिक्षा बाहिर रहेका बालबालिकालाई विद्यालयको शैक्षिक क्रियाकलापमा सहभागी गराउनका लागि अनिवार्य निःशुल्क शिक्षा लागू गरी पोशाक, पाठ्यपुस्तक लगायतका उत्प्रेरणा जगाउने किसिमका कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
गाउँकार्यपालिकाको प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन सम्बन्धी कार्य अन्तिम चरणमा पुगेको छ भने ३ वटा वडा कार्यालयकको कार्यालय भवन सम्पन्न भएर प्रभावकारी रूपमा सार्वजनिक सेवा प्रवाह भई बाँकी ३ वटा वडा कार्यालय भवन निर्माण गर्न ठेक्का आव्हान गर्न अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकाको केन्द्रदेखि माथिल्लो क्षेत्रका बिरामीहरूको सेवा पु¥याउन फेन्दे ९ँभलमभ० फाउन्डेसनको सहयोगमा एम्बुलेन्स सेवा सुचारु गरिएको छ । ८०० जना दीर्घ रोगी तथा जेष्ठ नागरिकहरूको मासिक रूपमा घुम्ती स्वास्थ्य परीक्षण मार्फत स्वास्थ्य सेवा पाई लाभ लिइरहेको अवस्था छ । गाउँपालिकाको सबै स्वास्थ्य चौकीहरू मार्फत ९८ प्रकारका औषधि निःशुल्क वितरण गरिएको छ । महिलाहरूको स्वास्थ्यमा विशेष जोड दिँदै आमा समूह र महिला स्वयम् सेविकाहरूलाई अनुशिक्षण गरिएको छ । डिभिजन वन कार्यालय, काभ्रेपलाञ्चोक, धुलिखेलको सहयोगमा ४, ५ र ६ नं. वडाका केही स्थानमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
अवसर
५. प्राकृतिक सौन्दर्य र स्वच्छ वातावरणले भरिपूर्ण धार्मिक एवं सांस्कृतिक सम्पदामा धनी यस खानीखोला गाउँपालिका प्राकृतिक स्रोत उपयोगिताको दृष्टिकोणबाट व्यापक सम्भावना बोकेको स्थानीय तह हो । माहाभारत पर्वत श्रृङ्खलाको उच्च पहाडी क्षेत्र भित्रका पर्यटनको सम्भावनाका साथ साथै पहिचान भएका वा पहिचान हुन बाँकी जडिबुट्टीको उपयोगिताको प्रचुर सम्भावना रहेको छ । यस गाउँपालिका भौगोलिक तथा सांस्कृतिक विविधतासँगै प्रदेश राजधानी र सङ्घीय राजधानी सँगको नजिक रहेकोले आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सकिने प्रवल सम्भावना देखिन्छ । सडक लगायतको पूर्वाधारको व्यवस्था गर्न सके गाउँपालिकाको केन्द्रदेखि प्रदेश राजधानीसम्म पुग्न दुई घण्टा भन्दा बढी समय नलाग्ने अवस्था रहेको छ । आदिवासी जनजाति र अन्य समुदाय बीचको परस्पर सुमधुर सम्बन्ध कायम गरी सदभावपूर्ण जीवन यापन पद्दति अपनाउनु यहाँको मौलिक विशेषता हो जुन गाउँपालिकाको विकास र समृद्धिको सुवर्ण अवसर हो । प्रादेशिक लोक मार्ग, बि.पी. लोक मार्ग र मदन भण्डारी लोक मार्ग हाम्रै गाउँपालिकाको केन्द्र हुँदै प्रदेश राजधानी जोड्न प्रथामिकतामा परेको छ । भौगोलिक एवम् प्राकृतिक दृष्टिले हामीले निर्धारण गरेको लक्ष्य मुताबिक कफी खेतीको लागि अनुकूलित वातावरण हाम्रा लागि लाभको विषय बनेको छ । केन्द्रीय विद्युत प्रशारण लाइन जडान गर्न ८० प्रतिशत आधार तयार भएको छ । “जसको उत्पादन उसैलाई अनुदान” कार्यक्रम मार्फत सम्पूर्ण कृषक थप उत्साहित हुनु र यसलाई थप प्रभावकारी बनाउँदै लैजानु अवसरको रूपमा रहेको छ ।
६. वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका लागि अपनाइएको नीति
६.१ नेपालको संविधानमा स्थानीय शासन सम्बन्धी उल्लेखित नीतिगत व्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहले आवधिक, वार्षिक तथा रणनीतिक योजनाहरू बनाई लागू गर्दै जानु पर्ने प्रावधान, राष्ट्रिय योजना आयोगले जारी गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८, पन्ध्रौँ आवधिक योजनाको मूलभूत पक्षहरू अनुसार विभिन्न चरणको सहभागितामूलक प्रक्रियाबाट यस गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम तयार पारिएको छ ।
६.२ गाउँपालिकाको सहभागितामूलक योजना तर्जुमा तथा लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय शासन व्यवस्थाको मर्म अनुरुप राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता सम्पन्न जनताको शासन प्रक्रियामा अधिकाधिक रूपमा सहभागिता गराई नेपालको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्देशित गरे अनुरुप प्रक्रिया मार्फत टोल तथा बस्तीस्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको छ । टोल तथा बस्तीस्तरीय योजना तर्जुमा गोष्ठी गरी टोल तथा बस्ती स्तरबाट छनौट भई आएका योजनाहरूको प्राथमीकरण गरिएको छ ।
६.३ गाउँपालिकामा क्रियाशील राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, महिला एवम् विभिन्न क्षेत्रका सरोकारवाला व्यक्ति, पक्ष, निकाय समेतको छलफल, सुझाव, सल्लाह र पृष्ठपोषणको आधारमा यो नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
६.४ गाउँपालिका भित्रका आवश्यक सम्भाव्य स्रोतहरूको समुचित पहिचान गरी आपसी परामर्शको आधारमा नीति, कार्यक्रम तर्जुमा गरिएको छ ।
६.५ गाउँपालिकाका संस्थागत, विषयगत समितिहरूले नियम सङ्गत ढङ्गले बैठक बसी सीमा निर्धारण र मापदण्डको अनुशरण गरी आदिवासी जनजाति, दलित, महिला, बालबालिका लगायत समावेशीकरणको नीति अवलम्बन गरिएको छ ।
६.६ नीति तथा कार्यक्रम र बजेट तर्जुमाको सम्पूर्ण पूर्व तयारी सम्पन्न गरिएको छ ।
७. सोँच
“हामी बनाउँछौँ हाम्रो खानीखोला” भन्ने मूल नारालाई सम्पूर्ण खानीखोलाबासी नागरिकहरूको साझा नाराको रूपमा स्थापित गरी सोही बमोजिम सम्पूर्ण नागरिकलाई विकास र परिवर्तनको मार्गतर्फ एकीकृत र केन्द्रीकृत हुने वातावरण सिर्जना गरी स्वस्थ, स्वच्छ, सभ्य एवम् समुन्नत खानीखोला सबै दृष्टिले सुविधा सम्पन्न बनाउने सोँच यस नीति तथा कार्यक्रमले बोकेको छ ।
८. लक्ष्य
आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम तर्जुमा गरि रहँदा यस गाउँपालिकालाई समुन्नत, समृद्ध र आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम र योजनाहरूलाई प्राथमिकता दिइएको छ । जनताबाट प्रत्यक्ष माग भएका तथा यस गाउँपालिकाको दीर्घकालीन महत्वका योजनाका रूपमा पहिचान भएका योजना तथा कार्यक्रमहरूलाई समावेश गरी यस गाउँपालिकाको सम्भावना र अवसरलाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम तय गरेको व्यहोरा अवगत गराउँछु । “भौतिक पूर्वाधार युक्त ः बेरोजगार मुक्त” उत्पादनले भरिपूर्ण समावेशी समानुपातिक चरित्र बोकेको, उद्यमशील नागरिक, गरिबी र विभेद रहित खानीखोला निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ ।
९. अपेक्षित उपलब्धी
यस नीति तथा कार्यक्रमबाट आगामी तीन वर्ष भित्रमा गाउँपालिका प्रशासकीय भवन निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । गाउँपालिका केन्द्रदेखि जिल्ला सदरमुकामसम्म र प्रदेश राजधानी हेटौँडासम्म सबै मौसममा सडक सञ्जालले जोडिएको हुनेछ । आगामी दुई वर्षभित्र गाउँपालिकाभित्र एक सामुदायिक क्याम्पस स्थापना गरिनेछ । वडा केन्द्रसम्म नियमित सडक सञ्चालनको व्यवस्था गरिएको हुनेछ । करिब तीन सय जना युवाहरूले आगामी तीन वर्षभित्र कृषिमा रोजागारीका अवसर पाएका हुनेछन् भने गाउँपालकिास्तरीय १५ शै्याको अस्पताल आगामी तीन वर्षभित्र निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइनेछ । स्थानीय तहमा उत्पादित सबै कृषि उपज तथा गैर कृषि उत्पादनले स्थानीय खरिद तथा बिक्री केन्द्र मार्फत २४ सै घण्टा बजार प्राप्त गर्ने र उत्पादनशील कार्यमा हरेक नागरिक सहभागी हुने अपेक्षा गरिएको छ ।
गाउँसभाका सदस्यज्यूहरू,
अब म आर्थिक वर्ष २०८०/०८१ को विषयगत एवम् क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
१०. आर्थिक विकास
नेपालका सबै निर्वाचित निकाय एवम् राजनितीकर्मीहरूले आर्थिक समृद्धि विषयलाई आफ्नो प्रमुख एजेण्डाको रूपमा प्रस्तुत गरि गरिरहेको कुरा हामीमा सर्व विदितै छ तर समृद्धिको आधार समृद्धिको खाका र समृद्धि सम्बन्धी ठोस योजना बन्न नसक्दा फेरि समृद्धि केवल राजनीतिक एवम् चुनावी भाषणको मिठो शव्द बाहेक केही बन्न नसकेको आजको तितो यथार्थ हो । यसर्थ खानीखोलाको आर्थिक जीवनलाई माथि उठाउने सन्दर्भमा खानीखोला सरकारले आफ्नो ध्यान मूख्य रूपमा केन्द्रित गर्न चाहि रहेको छ जसको निम्ति तपसिल बमोजिमको नीति लिइएको छ ।
(क) कृषि
१. “गाउँमै बसौँ शिक्षा सुधारौँ उत्पादन बढाऔँ समृद्ध बनौँ” भन्ने नाराका साथ यस गाउँपालिकामा रहेका परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीलाई निरुत्साहित गर्दै कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र बजारीकरण गरी सम्पूर्ण खानीखोलाबासी किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गराउनका लागि जोड दिइनेछ र यस्ता क्रियाकलापका लागि प्रारम्भिक चरणमा वडा स्तरीय अभिमुखीकरण तालिमको व्यवस्था मिलाइनेछ ।
२. यस गाउँपालिका भित्रको उत्पादन कार्यलाई प्राभवकारी तुल्याउनको लागि गाउँपालिकास्तरीय “एक वडा एक उत्पादन” कार्यक्रम अन्तर्गत कृषि र पशुपंक्षी क्षेत्रमा विशेष प्राथमिकता दिई सोको लागि करार सेवा मार्फत “एक वडामा एक कृषि प्राविधिक” कर्मचारी नियुक्तिलाई निरन्तरता दिइनेछ ।
३. यस गाउँपालिकाको प्रमुख उत्पादनको रूपमा रहेको कफी खेतीलाई खानीखोलाको मुख्य नगदे बालीका रूपमा विकास गरी “कफीमा जसको उत्पादन उसैलाई अनुदान” कार्यक्रमलाई निरन्तरता दिइनेछ र आम कफी उत्पादक कृषकहरूलाई सहकारी वा समूहमा आवद्ध गराई उत्पादन कार्यमा सामूहिकताको नीति लागू गरिनेछ ।
४. खानीखोला गाउँपालिकालाई कफी पकेट क्षेत्रको रूपमा थप विकास र विस्तार गरिनेछ ।
५. कृषि तथा पशुपंक्षी तथ्याङ्क अद्यावधिक गरी किसान सूचीकरणलाई व्यवस्थित गरिँदै लगिनेछ ।
६. रैथाने बाली संरक्षणमा जोड दिइनेछ ।
७. गाउँपालिकाको केन्द्रमा किसानहरूद्वारा उत्पादित वस्तुहरूलाई व्यवस्थित एवम् बजारीकरण गर्न एक कृषि हाट बजार स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।
८. किसानहरूलाई कृषि समूह र सहकारीमा सङ्गठित गरी उपलब्ध खेतीयोग्य जमिनका साथै बाँझो जमिनको उपयोग गरी कृषि उत्पादन (कागती र खयर) बढाउने कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
९. गाउँपालिका भित्रका विकेन्द्रित एवम् अनुत्पादित क्षेत्रमा छरिएको श्रम शक्तिलाई उत्पादन क्षेत्रमा जोड्न श्रम सहकारी स्थापना गरिनेछ ।
१०. चिया, कफी र तरकारी खेती विकास तथा प्रवद्र्धन कार्यक्रम लागू गरिनेछ ।
११. सहुलियत दरमा किसानलाई रासायनिक मल उपलब्ध गराइनेछ ।
(ख) पशुपंक्षी
१. पशु पालन क्षेत्रमा गाईभैँसी तथा बाख्रा पालनको लागि अति अनुकुल वातावरण भएकोले दूध र मासु उत्पादनमा कार्यविधि निर्माण गरी अनुदान मार्फत प्रोत्साहन गरिनेछ ।
२. पशु उपचारलाई भरपर्दो बनाउन आधुनिक औजार उपकरण व्यवस्था गरिनेछ ।
३. किसानसँग ५० प्रतिशत प्रत्यक्ष साझेदारीमा गाईभैँसी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
४. पशु स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिनेछ । औषधी र खोप सेवालाई प्रभावकारी बनाइनेछ । व्यवसायिक रूपमा पशु पालन गर्ने किसानलाई कार्यविधि निर्माण गरी अनुदानको व्यवस्था गरिनेछ । पशु बीमा कार्यक्रमलाई विकास र विस्तार गरिनेछ ।
५. रेबिज, लम्पिस्किन जस्ता महामारीजन्य रोग नियन्त्रणका लागि आवश्यक कार्यक्रम तय गरिनेछ ।
६. पशु नश्ल सुधारका कार्यक्रम सञ्चालन गरिनेछ र पशुपंक्षी तथा मत्स्य पालनका लागि आवश्यक उन्नत माछाका भुरा, उन्नत घाँसका बिउँ बेर्ना, दाना, औषधि खोप लगायतका सामग्रीको प्रबन्ध गरिनेछ ।
७. दूधको व्यवस्थित भण्डारण गर्न चिस्यानकेन्द्र स्थापना गरिनेछ र दूग्धजन्य उद्योग स्थापना गरिनेछ ।
(ग) सिंचाई
१. खानीखोला गाउँपालिकाका कृषि योग्य जमिन तथा फाँटहरूमा अनिवार्य सिंचाईको व्यवस्था गरिनेछ । भाङटारबेसी, फलामेटार, धार्ने, जगथली, आँपटार, बेलटार, महादेवटार, महाङ्काल, बोरनबेसी, तालढुङ्गा, हात्तीसार, माझीटार, सतिघाट, बाहुनबिर्ता, बलदेउ जस्ता फाँटहरूमा सिंचाईको उचित प्रवन्ध मिलाइनेछ ।
(घ) उद्योग, व्यापार तथा व्यवसाय
१. जडिबुटी प्रशोधन (काष्ठ र गैरकाष्ठ) उद्योग स्थापना गरिनेछ ।
२. दूध तथा दूध जन्य पदार्थको उत्पादनलाई केन्द्रीकृत गर्न उद्योग स्थापना गरिनुका साथै कार्यविधि निर्माण गरी साना उद्योगलाई प्रोत्साहन अनुदानको व्यवस्था मिलाइनेछ ।
३. गाउँपालिकामा नेपाल सरकारले कार्यान्वयन गर्ने लघु उद्यम विकास कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन र गाउँपालिकाको समेत लगानी सहभागिता बढाइनेछ ।
४. यस गाउँपालिकामा जन्मनु भई गाउँपालिकाभित्र र गाउँपालिका बाहिर रहनु भएका व्यवसायीहरुलाई यसै गाउँपालिकामा सामूहिक लगानी गरी व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई लगानीमा आकर्षित गरिनेछ ।
५. खानीखोला गाउँपालिका आफैँ खानी नै खानी भएको भूगोलको अर्को नाम हो । यहाँ तामाखानी, फलामखानी, चुनखानीको सम्भाव्यता सम्बन्धी प्रारम्भिक अध्ययन भइसकेको छ । यसर्थ यहाँको खानीलाई उत्खनन गरी निर्यात गर्न सकेमा यहाँको आर्थिक विकासको लागि ठूलो मद्दत पुग्ने हुनाले सो सम्बन्धी योजना बनाई कार्यान्वयन गर्न पहल गरिनेछ ।
६. खानीखोला गाउँपालिकामा निजी साझेदारीमा पेट्रोल पम्प, क्रसर उद्योग सञ्चालनमा ल्याइनेछ ।
(ङ) पर्यटन
१. गाउँपालिका भित्रका सम्पूर्ण सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धनमा जोड दिइनेछ साथै भाषा, कला, संस्कृति तथा धर्म संरक्षणका लागि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । भाषा, कला, साहित्य तथा संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक तालिम, प्रतियोगितात्मक शोध तथा कार्यशाला कार्यक्रमहरू अगाडि बढाइनेछ ।
२. गाउँपालिका भित्र भएका ऐतिहासिक, पुरातात्विक, धार्मिक, पर्यटकीय सम्पदा, मठ मन्दिर, गुम्बा, पाटी, पौवा, सतल, कुवा पधेरो, अन्तिम दाह संस्कार गर्ने घाट जस्ता सम्पदाहरूको पुनःनिर्माण तथा संरक्षण गरिनेछ ।
३. तामाङ सामुदायको संस्कृतिसँग जोडिएको अति लोकप्रिय बाजा डम्फु र सो डम्फुको नामसँग जोडिएको पेङदोर्जेको प्रतिमा सहित पहिचान झल्किने गरी पेङदोर्जे डम्फु पार्क निर्माण गरिनेछ ।
४. यस खानीखोला गाउँपालिकाबाट दस वर्षे जनयुद्धको क्रममा विभिन्न स्थानमा पुगी सहादत प्राप्त गर्नु भएका १६ जना महान् सहिदहरूको स्मृतिमा एक सहिद पार्क निर्माण गरिनेछ । सहिद, बेपत्ता तथा घाइते परिवारलाई रोजगारीमा प्राथमिकता दिइनेछ ।
५. गाउँपालिकाभित्र भिमसेनथानमा भिमसेनको मन्दिर स्थापना गरिनेछ र लाप्चेको चमेरे गुफा (अर्विन्द गुफा) संरक्षण तथा प्रवद्र्धन गरिनेछ ।
६. गाउँपालिका क्षेत्रमा मनाइने जात्रा, मेला उत्सव लगायत स्थानीय पर्वहरूको प्रवद्र्धनका लागि आवश्यक प्रचार प्रसार गरी संरक्षण र प्रवद्र्धनमा योगदान पुग्ने कार्यक्रमको व्यवस्था गरिनेछ ।
७. जनसंख्या, भूगोल र सामुदायिक प्रभावलाई मूलयाङ्कन गरी गाउँपालिकास्तरीय पर्व विदा घोषणा गरिनेछ ।
८. खानीखोलाबासी नागरिकको सांस्कृतिक मूल्य, मान्यता र जागरणलाई संबोधन गर्ने गरी दशैँ, ल्होसार र माघी जस्ता पर्वहरुको संरक्षण संवद्र्धन गरिनेछ र यहाँ रहेका सबै समुदायको भाषा, संस्कृति, धर्मको पहिचान झल्कने गतिविधिहरूको संरक्षण गर्नुका साथै प्रवद्र्धन गरिनेछ ।
९. गाउँपालिकाको पूर्व–पश्चिम–उत्तर–दक्षिण चारै सीमाना नाकामा सहिदगेट सहितको प्रवेशद्वार निर्माण गरिनेछ ।
१०. खानीखोला गाउँपालिका केन्द्र रहेको बस्ती तालढुङ्गा स्वयं एक ऐतिहासिक र आफैँमा आश्चर्य लाग्दो अनौठो ढुङ्गाबाट बनेको र छुट्टै परिचय बोकेको तथ्यलाई थप स्थापित गर्न र सोही मार्फत तालढुङ्गाको सौन्दर्य र पर्यटन विकासको सम्भावना रहेको अवस्थालाई “इलभ म्बथ त्बबमिजगलनब क्तबथ” कार्यक्रम मार्फत पर्यटन प्रवद्र्धन गरिनेछ ।
११. खानीखोला वडा नं. ६ नयाँबस्तीमा बुद्धमूर्ति निर्माण र खानीखोला वडा नं. ५ सिक्रे दोभानमा त्रिवेणी मन्दिर निर्माण गरी धार्मिक तथा सांस्कृतिक पर्यटन मार्फत पर्यटक आकर्षित गरिनेछ ।
(च) भूमि व्यवस्था, सहकारी तथा वित्तीय सेवा
१. साना मझौला उद्यम व्यवसायद्वारा रोजगारीको अवसर सिर्जना गर्न प्रोत्साहित गरिनेछ । यसका लागि नेपाल सरकारको “टोलटोलमा सहकारी घर घरमा रोजगारीे” कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ ।
२. गाउँपालिका भित्रका सहकारीहरूलाई आफ्नो जिम्मेवारी र कार्यक्षेत्रमा सबल र सक्षम बनाउन नियमन गरी प्रभावकारीताका साथ सञ्चालनमा ल्याउन प्रोत्साहित गरिनेछ ।
३. यस गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन भई निस्सा समेत प्राप्त भइ सककोले सो विवरण अनुसार जग्गाको नाप नक्सा तयार गरी जग्गा धनी प्रमाण पुर्जा वितरण गरिनेछ ।
४. गाउँपालिकास्तरमा रहेका सहकारी संस्थाको कार्य प्रकृतिका आधारमा वर्ग छुट्याई वर्गीकरण गरी अभिलेखिकरण गरिनेछ ।
५. गैरसरकारी संस्थाद्वारा सञ्चालन हुने कार्यक्रमहरू अनिवार्य रूपमा प्रस्तावका रूपमा पेश गर्नु पर्नेछ । गैरसरकारी संस्थाबाट प्रस्तावित कार्यक्रमको आवश्यकता र औचित्य पुष्ट्याइँ भएपछि स्वीकृति प्रदान गरिनेछ ।
६. गाउँपालिकाबाट स्वीकृत गैर सरकारी संस्थाको कार्यक्रमको लागत, लाभान्वित समूह, क्षेत्र, बजेट, योजनाका कार्यान्वयन तालिका, परियोजना सञ्चालन अवधि समेत खुल्ने गरी संस्थाको फोकल पर्सनको नाम, सम्पर्क नम्बर सहितको योजना बोर्ड गाउँपालिकामा अनिवार्य राख्न लगाइनेछ ।
७. गाउँपालिका क्षेत्रभित्र रहेका ऐलानी पर्ति जग्गाको अभिलेखीकरण गरिनेछ । यस किसिमको जग्गाको संरक्षण र उचित प्रयोगमा पहल गरिनेछ । साविक नापी हुँदा आली, कान्ला कटाई नापिएका चार किल्ला कायम भएको जग्गालाई छुट जग्गाको रूपमा वर्गीकरण गरी जग्गाको आधारमा जग्गा धनी प्रमाण पुर्जाको व्यवस्था गर्ने नीतिलाई अगाडि बढाइनेछ । प्रमाणित नहुने ऐलानी पर्ति जग्गा प्रयोग गर्नु भएको हकमा राष्ट्रिय भूमि आयोगसँग समन्वय गरिनेछ ।
८. खानीखोला गाउँपालिकाका सामरिक महत्वका मूल सडक र गाउँपालिकाको केन्द्र जोड्ने सहायक शाखा सडकको गाउँपालिकास्तरीय सडक गुरु योजना ९ःगअष्उब ित्चबलकउयचतबतष्यल ःबकतभच एबिल(ःत्ःए० तयार पश्चात् सडक मापदण्ड कार्यान्वयन गराई नापी कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलबाट लगत कट्टा गराइनेछ ।
(छ) श्रम, रोजगारी तथा गरिबी निवारण
१. यहाँको आर्थिक विकासको स्रोत र सम्भाव्यताको मूल पक्ष भनेकै कफी र पशुपालन क्षेत्र रहेको भन्ने विषय पहिचान भई सकेकोले कफी र पशुपालनतर्फ आम नागरिकलाई प्रोत्साहित गरी यसमा उद्यमशील बनाउने र गाउँपालिकाले उत्पादनको मूल क्षेत्र कफी र पशुपालनलाई नै ठानेर विशेष अनुदानको व्यवस्था गरिनेछ ।
२. खानीखोलाको अथाह जडिबुटीलाई उत्पादन तथा सङ्कलन गरी सामूहिक जडिबुटी खेती मार्फत परिचालन गरिनेछ र खानीखोला गाउँपालिकास्तरीय जडिबुटी केन्द्र स्थापना गरी आर्थिक स्रोतको माध्यम बनाइनेछ ।
३. गाउँपालिका स्तरमा एक स–मिल खोल्न प्रोत्साहित गरिनेछ ।
४. वातावरणीय प्रभाव मूल्याङ्कन गरी गाउँपालिकाभित्र साझेदारीमा क्रसर उद्योग स्थापनालाई प्रोत्साहन गरिनेछ ।
५. खानीखोला बाहिर स्वदेश तथा विदेशमा रहेको युवाहरूलाई गाउँमा नै श्रम गर्ने उत्पादन बढाउने र रोजगारीको अवसर सिर्जना गर्ने कार्यलाई अघि बढाइनेछ ।
८. गरिब घर परिवारको एकीकृत सूचनाको लागि गरिब घर परिवार सूचना प्रणाली निर्माण गरी गरिब परिचय पत्र वितरण गरिनेछ र गाउँपालिकाका सबै कार्यक्रममा गरिब लक्षित कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
९. गाउँपालिकाको बेरोजगार युवाहरूलाई रोजगार सेवा केन्द्रमा सूचीकृत गरी बेरोजगार युवाहरू मध्येबाट प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी सिर्जना गरिनेछ ।
१०. युवा बेरोजगारी न्यूनीकरणका लागि सरकारी, गैरसरकारी, सहकारी तथा निजी क्षेत्रको समन्वय र सहकार्यमा सीप तथा उद्यमशील क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
११. गाउँपालिकाका असहाय एवम् विपन्न नागरिकलाई विपद्पूर्ण अवस्थामा सहयोग गर्न खानीखोला नागरिक सहायता कोष स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।
१२. बागमती प्रदेश सरकारद्वारा घोषणा गरिएका गृहिणी महिला उद्यमशीलता विकास कार्यक्रम, वडा समाजवादी कार्यक्रम, युवा रोजगारी कार्यक्रम, खास क्षेत्र खास उत्पादन कार्यक्रम लगायतका विविध कार्यक्रममा साझेदारी गरी सञ्चालनमा ल्याइनेछ ।
११. सामाजिक विकास
क) शिक्षा
१. आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवन उपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालयबाट नमूनाको रूपमा शुरूआत गर्ने र क्रमशः सवै विद्यालयमा सो अनुसारको पठनपाठनको व्यवस्था मिलाइनेछ ।
२. शिक्षा नियमावली, शिक्षा नीति, वहुभाषा शिक्षा निर्देशिका जस्ता कानुनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तर नियमन एवम् प्रवद्र्धन गरिनेछ ।
३. गाउँपालिकाको स्थानीय तथा मातृभाषा पाठ्यक्रम तर्जुमा गरी लागू गरि सकिएकोले यसै आर्थिक वर्षमा पाठ्यपुस्तक मुद्रण तथा छपाइ गरी स्थानीय तथा मातृभाषा पाठ्यक्रम कार्यान्वयनमा थप विस्तार गरिनेछ ।
४. विद्यालय बाहिर रहेका र बीचमै विद्यालय छोड्ने बालबालिकाहरूलाई विद्यालय शिक्षा पूरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गरिनेछ ।
५. विद्यालयहरूको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाइ सुविधा र आधारभूत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरूको पेशागत क्षमता विकासका लागि निरन्तर तालिम सञ्चालन गरिनेछ ।
६. विषयगत शिक्षकहरूको अभिलेख व्यवस्थापन गरी गाउँपालिकाको शैक्षिक विकासमा उनीहरूको अनुभवलाई उपयोग गरिनेछ ।
७. सबै विद्यालयहरूमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ ।
८. सबै शिक्षकहरूलाई प्रविधिमैत्री बनाइनेछ ।
९. अनुगमन, निरीक्षण र सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाइनेछ ।
१०. आफ्ना बालबालिका र विद्यालयप्रतिको भूमिकाबारे जिम्मेवार बनाउन विद्यालय व्यवस्थापन समिति र अविभावक बीच निरन्तर अन्तक्र्रिया र अनुशिक्षणात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
११. अनाथ तथा असहाय बालबालिकाका लागि निःशुल्क आवासीय शिक्षा सञ्चालनमा निरन्तरता दिइनेछ ।
१२. सामुदायिक अध्ययन केन्द्रलाई सञ्चालनमा ल्याइनेछ र हरेक वडामा एउटा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा जोड दिइनेछ ।
१३. गाउँपालिकास्तरीय अतिरिक्त शैक्षिक क्रियाकलाप सञ्चालन गरिनेछ र विद्यालय स्तरमा सञ्चालन गर्न आर्थिक सहायता उपलब्ध गराइनेछ ।
१४. गाउँपािलकास्तरीय परीक्षा प्रणाली लागू गरी ज्यmभ ऋभलतचभ विहीन बनाई स्तरयुक्त बनाइनेछ ।
१५. विद्यालयको भौतिक निर्माण र मर्मत कार्यलाई निरन्तरता दिइनेछ ।
१६. अपुग शिक्षक पदपूर्तिका लागि स्वयंसेवक शिक्षक कार्यविधि कार्यान्यवनमा ल्याइनेछ ।
१७. एस.इ.इ. परीक्षा दिनबाट बञ्चित रहेका वा एस.इ.इ. परीक्षा नदिई बसेका वा एस.इ.इ. पूरक परीक्षा पनि दिन नपाउने शैक्षिक योग्यता भएका विद्यार्थीहरुलाई खुला विद्यालय मार्फत एस.इ.इ. परीक्षा दिन पाउने व्यवस्था मिलाइनेछ ।
१८. अविभावकसँग निरन्तर अन्तक्र्रिया कार्यक्रमबाट प्राप्त सुझाव जस्ताको त्यस्तै शिक्षक अविभावक सङ्घ र विद्यालय व्यवस्थापन समिति मार्फत प्रत्येक विद्यालयका प्रधानाध्यापकसम्म पु¥याई शैक्षिक गुणस्तर सुधारका लागि सम्बन्धित प्रधानाध्यापकलाई पूर्ण जिम्मेवार र जवाफदेही बनाइनेछ ।
१९. आधारभूत (कक्षा ५ देखि ८ कक्षासम्म) तहदेखि माध्यमिक तहसम्मका सबै विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिनेछ ।
२०. बालबालिकाको प्रारम्भिक शिक्षण बालविकास केन्द्रबाट हुने भएकोले यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विशेष योजना बनाई आवश्यकता अनुसार पुनरावलोकन र विस्तार गरिनेछ ।
२१. आगामी तीन वर्षभित्रमा खानीखोला गाउँपालिकामा एक प्राविधिक शिक्षालय र एक सामुदायिक क्याम्पस स्थापना गरिनेछ ।
२२. गाउँपालिकाका अल्पसङ्ख्यक र दलित समुदायबाट एस.इ.इ. परीक्षामा उत्कृष्ट अङ्क ल्याएका एक÷एक जना छात्रालाई स्नातक तहसम्मको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
२३. सामुदायिक विद्यालयका शिक्षण कार्यलाई गुणस्तरीय र परिणाममुखी बनाउन गाउँपालिका शिक्षा शाखा र सबै विद्यालयका प्रधानाध्यापकसँग कार्य सम्पादन करार गरिनेछ । साथै गाउँपालिकाको सम्पूर्ण विद्यालयका शैक्षिक कार्यक्रममा एक रुपता ल्याउन शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न गराउन लगाइनेछ ।
२४. यस गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक अनुसन्धानात्क कार्यका लागि काठमाडौँ विश्वविद्यालय लगायत सङ्घ, प्रदेश र जिल्लास्तर अन्तर्गतका उत्कृष्ट शिक्षण संस्थासँग सहकार्य गरिनेछ ।
ख) संस्कृति
१. गाउँपालिकाभित्र आयोजना हुने महोत्सवहरूमा विविध जातीय भेषभुषा, कला साहित्य, सङ्गीत लगायतको झाँकी सहित प्रदर्शन गर्ने नीति लिइनेछ ।
२. गाउँपालिकाका सबै जाति, आदिवासी जनजाति, अति सीमान्तकृत, सीमान्तकृत समुदायको धर्म, भाषा, संस्कृति, परम्परा, कला, साहित्य, परम्परागत ज्ञान, सीप, क्षमता, अनुभव र योग्यताको संरक्षण र संवद्र्धन गरिनेछ ।
३. गाउँपालिका भित्र बोलिने सबै भाषा, सबै समुदायका परम्परागत पर्वहरु र झाँकीहरु, डम्फु, खैँजडी, टुङ्गना लगायतका बाजाहरुको समूह बनाई संरक्षण गरिनेछ साथै लामा, ताम्बा, बोम्बो, कोसे लगायतका धार्मिक एवम् सांस्कृतिक क्रियाकलापको संरक्षण र प्रतिस्पर्धात्मक किसिमले पुनःस्थापित गरिनेछ ।
ग) युवा तथा खेलकुद
१. खेलकुदको विकास गर्न विभिन्न खेलहरूका लागि खेलकुद मैदान लगायतका खेल पूर्वाधार निर्माण तथा मर्मत सम्भार गरिनेछ ।
२. विषयगत खेल पुरस्कार राशीहरू स्थापना तथा दिगो व्यवस्थापन गर्दै जाने नीति लिइनेछ ।
३. विपन्न, गरिब र सुकुम्बासी परिवारका युवाहरूलाई इलेक्ट्रोनिक्स सामग्री मर्मत, प्लम्बिङ्ग तथा इलेक्ट्रिसियन, ब्युटि पार्लर, होटल म्यानेजमेन्ट, व्यावसायिक पशु पालन तथा तरकारी खेती जस्ता तालिमहरू प्रदान गरी गरिबी न्यूनीकरण र जिवीकोपार्जनमा सहजीकरण गरिनेछ ।
४. युवा क्लब गठन तथा युवा स्वयंसेवक परिचालन र युवाको मुद्दामा बहस पैरवी कार्यक्रम सञ्चालन गरिनेछ ।
५. सङघ र प्रदेश सरकारसँग समन्वय गरी गाउँपालिकास्तरीय एक रङ्गशाला निर्माण गरिनेछ ।
६. गाउँपालिकाले खेलकुद सम्बन्धी नीति निर्माण गरी गाउँपालिकाभित्रका खेलकुदका गतिविधिलाई व्यवस्थित बनाउँदै लगिनेछ ।
७. गाउँपालिकास्तरीय खानीखोला गाउँपालिका कप खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
८. गाउँपालिकाका सम्पूर्ण खेलकुदसँग सम्बन्धित गतिविधिहरु खेलकुद विकास समिति मार्फत सञ्चालन गरिनेछ ।
९. युवा स्वयम्सेवक विकास, युवा क्लब गठन तथा नमूना संसद् अभ्यास कार्यक्रम सञ्चालन गरिनेछ ।
घ) लैङ्गिक समानता र सामाजिक समावेशीकरण
१. महिला, बालबालिका, अल्पसङ्ख्यक, भूमिहीन, अति गरिब, आदिवासी जनजाति र सामाजिक बहिष्करणमा परेका वर्गको लागि उत्थानशील कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
२. ऐतिहासिक कालदेखि दलित तथा शिल्पी समुदायले जीवन निर्वाहको रूपमा अपनाइ आएका परम्परागत पेशालाई व्यावसायिक उद्यमको रूपमा विकास गर्न पूँजी लगानी सहयोग गरिनेछ ।
३. विकासका कार्यक्रमहरूमा टोल विकास संस्थाहरूलाई प्रभावकारी रूपमा सहभागी गराइनेछ, सघन परिचालन गरिनेछ साथै प्रत्येक बस्ती टोल सुधार समिति गठन गरी आफ्नो विकासको अपनत्व आफैँले लिने वातावरण बनाइनेछ ।
४. जेष्ठ नागरिक परिचय पत्र वडास्तरबाट नै उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।
५. “हिंसामुक्त गाउँपालिका हाम्रो पहिचान” भन्ने अभियान सञ्चालन गरी सबै प्रकारका हिंसा विरुद्ध शून्य सहनशीलताको नीति लिइनेछ । पारिवारिक हिंसाद्वारा पीडितको संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछ ।
६. महिला उद्यमशीलता विकासका लागि महिलाद्वारा प्रवद्र्धित व्यवसायमा निश्चित शत प्रतिशत कर छुटको व्यवस्था गरिनेछ ।
७. गर्भवती महिलाको लागि आमा सुरक्षा कार्यक्रम र नवजात शिशुको लागि पोषण कार्यक्रम सञ्चालन गरिनेछ ।
८. गाउँपालिका तथा वडास्तरीय बाल क्लब सञ्जाललाई प्रभावकारी रूपमा परिचालन गरिनेछ ।
९. बालविकास केन्द्रहरूको भौतिक पूर्वाधार स्तरोन्नति गरिनेछ ।
१०. घोषणा हुन बाँकी सबै वडाहरूलाई आर्थिक वर्ष २०८०÷०८१ भित्र बालमैत्री वडा घोषणा गर्ने कार्य सम्पन्न गरी बालमैत्री गाउँपालिका घोषणा गरिनेछ ।
११. दलित तथा उत्पीडनमा पारिएका उपेक्षित समुदायको क्षमता विकास, सचेतना कार्यक्रम, सीप विकास तालिम, आय आर्जनमूलक कार्यक्रम सञ्चालन गरिनेछ र दलित समुदायको परम्परागत सीप तथा ज्ञानलाई आधुनिकीकरण गरिनेछ ।
ङ) स्वास्थ्य
१. खानीखोला गाउँपालिकास्तरीय निर्माणाधीन अधुरो अस्पताल भवन सङ्घ तथा प्रदेश सरकारसँग पहल गरी छिटै सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
२. खानेखोला गाउँपालिकाका सबै वडाहरुमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण गरिनेछ ।
३. खानीखोला गाउँपालिकामा गत आर्थिक वर्षबाट सञ्चालनमा ल्याइएको जेष्ठ नागरिक तथा दीर्घ रोगीहरुको मासिक घुम्ती स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
४. वर्षमा एक पटक खानीखोलास्तरीय एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
५. यस गाउँपालिकाका गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।
६. नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी रक्त सञ्चार सेवालाई सहज तुल्याइनेछ ।
७. गाउँपालिका क्षेत्रभित्र हुने परम्परागत औषधिजन्य वनस्पतिको संरक्षण, जडिबुटी खेती प्रवद्र्धन र प्रशोधनका कार्यहरू सञ्चालन गरिनेछ ।
८. महिला स्वयंसेविकाहरूको दक्षता विकास तालिम उपलब्ध गराई उनीहरूको सेवालाई प्रभावकारी तुल्याइनेछ ।
९. स्वास्थ्य क्लिनिकहरूले प्रदान गर्ने आधारभूत सेवाहरूको शुल्क नियमन गरिनेछ ।
१०. अति सीमान्तकृत, सीमान्तकृत, गरिब तथा पछाडि परेका जनसमुदायलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइनेछ ।
११. स्वास्थ्य चौकीहरूमा ल्याब सेवा सञ्चालनका लागि विशेष व्यवस्था गरिनेछ ।
(च) खानेपानी तथा सरसफाइ
१. खानीखोला गाउँपालिकाका सम्पूर्ण बस्तीमा रहेको खानेपानीको अभाव पूर्ति गर्न आगामी चार वर्र्षभित्र “खानीखोला सरकारको अभिभारा एक घर एक धारा” कार्यक्रम सम्पन्न गरिनेछ ।
२. खानेपानीको समस्या भएका गाउँपालिकाको सबै ठाउँमा बृहद् खानेपानी आयोजना मार्फत खानेपानीको व्यवस्था गरिनेछ । साना खानेपानी आयोजना निर्माणलाई प्राथमिकतामा राखी उचित बजेट विनियोजन गरिनेछ ।
३. खानेपानीको लागि नेवा ९ल्भ्ध्ब्ज्० संस्था सँग सहकार्य गरी ८०÷२० प्रतिशत साझेदारी लागतमा बृहद् खानेपानी आयोजना कार्यान्वयन गरिनेछ ।
४. प्लास्टिकजन्य फोहोर नियन्त्रण र न्यूनीकरण गर्न प्लास्टिक झोला प्रयोगलाई निरुत्साहित गरिनेछ । साथै गाउँपालिकाबाट निस्कासन हुने फोहोरमैला व्यवस्थापन गर्न उपयुक्त स्थानमा गाउँपालिकास्तरीय एक फोहोरमैला व्यवस्थापन स्थल ९म्गmउष्लन क्ष्तभ० निर्माण गरिनेछ ।
५. कोठे, दयागाउँ, डाँडागाउँ, धार्ने क्षेत्र, फलामेटार, मिल्चे, महाङ्काल, कुस्पा, बाँसघारी, तालढुङ्गा लगायतका बस्तीहरुमा यसै आर्थिक वर्षमा खानेपानी योजना सञ्चालनमा ल्याइनेछ ।
(छ) अपाङ्ग, जेष्ठ नागरिक तथा महिला बालबालिका
१. महिला सशक्तिकरण तथा नेतृत्व विकास, महिला उद्यमशीलता तथा सीप विकास, लैङ्गिक हिंसा न्यूनीकरण, बालबिवाह अन्त्य तथा अपाङ्गता पुनःउत्थानका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
२. “समृद्ध महिला उन्नत गाउँपालिका” नारालाई सार्थक बनाउन महिला उद्यमी निर्माण सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
३. बालअधिकार, बालश्रम र बालमैत्री केन्द्रित विकासलाई प्रोत्साहन र कार्यन्वयन गरिनेछ ।
४. अपाङ्गता भएका व्यक्तिलाई सीप, अवसर र सहयोगी सामग्री सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
५. अपाङ्गता परिचयपत्र वितरण, सामाजिक सुरक्षामा आवद्धता लगायतका कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिनेछ ।
६. महिला, बालबालिका, एकल महिला, अपाङ्गता, जेष्ठ नागरिक आदिको वार्षिक तथ्याङ्क व्यवस्थापन तथा अद्यावधिक गरिनेछ ।
७. जेष्ठ नागरिक विश्राम स्थल चौतारो निर्माणमा जोड दिइनेछ ।
८. गाउँपालिका भरिका परम्परागत सीपलाई आधुनिकीकरण गर्नका लागि प्रोत्साहन गरिनेछ ।
९. बालमैत्री स्थानीय शासनको सूचकहरूलाई सहयोग पुग्ने कार्यक्रमहरू तय गर्दै आ.व २०८०।०८१ बाट पूर्ण रूपमा बालमैत्री बनाउने नीति प्राथमिकताका साथ कार्यन्वयन गरिनेछ । प्रत्येक वडा र विद्यालयम बालमैत्री स्थानीय शासनको अवधारणा अनुरुप बाल क्लबहरू तथा बाल क्लब सञ्जाल गठन गरिनेछ । साथै सबै माध्यमिक विद्यालयमा विद्यार्थी सञ्चालित सामूहिक कोष सञ्चालनमा ल्याइनेछ ।
१०. अपाङ्ग बालबालिका, अपाङ्गता भएका व्यक्तिका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गरिनेछ ।
११. बालविवाह तथा बहुविवाहलाई निरुत्साहित गर्ने असल मनशाय सहित विवाह गर्नुपूर्व अनिवार्य रूपमा वडा कार्यालयबाट विवाह अनुमति सिफारिस लिएर मात्र विवाह गर्ने पद्धति विकास गरिनेछ ।
१२. “विवाहवारी २० वर्ष पारी” भन्ने मूल नाराका साथ बाल विवाह रोकथामका लागि सचेतना कार्यक्रम आयोजना गरिनेछ ।
१३. यस गाउँपालिकाका गर्भवती महिलाहरुको आकस्मिक उद्धारको लागि राष्ट्रपति महिला उद्धार कार्यक्रममा यस गाउँपालिका पनि सूचीकृत गर्न महिला, बालबालिका मन्त्रालयमा विगतमा गरिएको पहलमा निरन्तरता दिइनेछ ।
(ज) सामाजिक सुरक्षा तथा पञ्जीकरण
१. सामाजिक सुरक्षा भत्ता वितरण सरलीकरण गरी प्रत्येक वडा कार्यालयबाटै वितरण गर्न आवश्यक पहल गरिनेछ ।
२. गाउँपालिकाको हरेक वडामा व्यक्तिगत घटना दर्ता सम्बन्धी घुम्ती शिविर तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
१२. पूर्वाधार विकास
(क) भवन, आवास तथा बस्ती विकास
१. गाउँकार्यपालिकाको प्रशासकीय भवन निर्माणका लागि यसै आर्थिक वर्षमा स्रोत सुनिश्चित गरी ठेक्का प्रक्रिया अघि बढाइनेछ ।
२. बाँकी वडा कार्यालय भवन निर्माण गर्न जिल्ला समन्वय समिति, काभ्रपलाञ्चोकको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा वडा कार्यालय भवन निर्माण कार्यलाई आगामी ४ वर्र्षभित्र पूर्णता दिइनेछ ।
३. गाउँपालिकाको केन्द्र तालढुङ्गा बजारलाई नमूना सहरको रूपमा विकास गर्ने योजना बनाइनेछ । साथै गाउँपालिकाको सहरी विकासको सम्भावना बोकेको जगथली, महाङ्काल र फलामेटारको पनि सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया अघि बढाइनेछ ।
४. गाउँपालिका केन्द्र रहेको तालढुङ्गा बजारलाई स्वीकृत डि.पि.आर. बमोजिम प्रदेश सरकारको सहयोगमा सहरी विकास गरिनेछ ।
(ख) सडक, पुल तथा यातायात
१. आगामी तीन वर्षभित्र सबै वडा केन्द्रसम्म बाह्रै महिना यातायात सञ्चालन हुने गरी पूर्वाधार विकास गरिनेछ ।
२. बाहुनबिर्ता, धार्ने, सतिघाट, महाभारत जोड्ने चाउ खोला, ललितपुर जोड्ने दुर्लुङ खोला, खानीखोला, धनमनाबेसी कुपिनटार सुकुम फेदीको दुर्लुङ खोलामा पक्की पुल निर्माणको लागि सङ्घ र प्रदेशसँग समन्वय गरी आगामी चार वर्र्षभित्र पक्की पुल निर्माण गरिनेछ ।
३. आगामी तीन वर्षभित्र सबै बस्तीहरूमा सडक सञ्जालसँग जोडिने व्यवस्था मिलाइनेछ ।
४. खानीखोला गाउँपालिकाको पहिचान बोक्ने र धेरै भन्दा धेरै बस्तीलाई समेट्ने खानीखोला कोरिडोरलाई खानीखोलाको मेरुदण्ड सडकको रूपमा विस्तार एवम् विकास गरी प्रदेश राजधानी हेटौँडासम्म जोडिनेछ ।
५. गाउँपालिका भित्रका अन्तर वडा र अन्तर गाउँपालिका जोड्ने सडकको पहिचान गरी प्राथमिकता निर्धारण सहित सडक गुरुयोजना निर्माण गरिनेछ ।
६. गाउँपालिका भित्रका झोलुङ्गे पुल निर्माण गर्न आवश्यक स्थानहरूमा आगामी ४ वर्र्ष भित्रमा झोलुङ्गे पुल निर्माण गरिनेछ ।
७. सडक एवम् अन्य पूर्वाधारको क्षेत्रमा आवधिक योजना निर्माण गरी सङ्घ र प्रदेशसँग समपूरक बजेटको व्यवस्था गर्ने कार्यलाई जोड दिइनेछ ।
८. गाउँपालिकास्तरीय सडक गुरु योजना ९ःगलष्अष्उब ित्चबलकउयचतबतष्यल ःबकतभच एबिल(ःत्ःए० तयार गरी सडक मापदण्ड कार्यान्वयनमा ल्याइनेछ ।
९. सडक निर्माण गर्दा दिगो विकासको नीति बमोजिम योजनाको २ प्रतिशत बायो इन्जिनियरिङ्ग सम्बन्धी कार्यक्रम लागू गरिनेछ ।
१०. गाउँपालिका स्तरका ठूला आयोजनाहरू निर्माण गर्दा सम्भाव्यता अध्ययन प्रतिवेदन डिपिआर तयार पारेर मात्र सञ्चालन गरिनेछ ।
११. हाल सञ्चालनमा रहेको झोलुङ्गे पुलहरूको मर्मत सम्भार गर्ने आवश्यकताको पहिचान गरी थप स्थानमा झोलुङ्गे पुल तथा मोटरेवल पक्की पुलहरूको निर्माण कार्यलाई अगाडि बढाइनेछ ।
१२. गाउँपालिकाको विकासमा रुपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केही ठूला आयोजनाहरु पहिचान गरी गाउँपालिकाको गौरवका आयोजनाका रूपमा कार्यान्वयन गरिनेछ ।
१३. विगतदेखिका निर्माणाधीन तथा अधुरा योजनाहरुलाई सम्पन्न गर्न क्रमागत रूपमा बजेट विनियोजन गरिनेछ ।
१४. गाउँपालिकाभित्रका महत्वपूर्ण सडक आयोजनाको नयाँ ट्रयाक खोल्ने भन्दा पनि भएका सडकलाई दीगो र मजबुद बनाउन नाला, ग्य्राबेलिङ, सोलिङ, ढलान, ग्याबिन आदिमा प्राथमिकता दिइनेछ ।
१५. आगामी ४ वर्षभित्र जिल्ला सदरमुकाम धुलिखेलदेखि गाउँपालिका केन्द्र तालढुङ्गासम्म र गाउँपालिका केन्द्रदेखि सबैभन्दा नजिकको बजार केन्द्रसम्म पहुँच पुग्ने खोपासी कामीडाँडा तालढुङ्गा र तालढुङ्गा हेटौँडा सडक ढलान वा कालोपत्रे गरिनेछ ।
१६. गाउँपालिकाभित्रका सडकहरु जुनसुकै बेला क्षति भई आवागमन अवरुद्ध हुने भएकाले यातायात सुचारु गर्न आपतकालीन सडक मर्मत सम्भार कोष सम्बन्धी कार्यविधि तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
१७. महादेवटार सतभैया पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० गरिनेछ ।
(ग) जलस्रोत तथा उर्जा
१. यसै आर्थिक वर्षमा खानीखोला गाउँपालिकाभरि केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गर्ने कार्य सम्पन्न गरी कम्तिमा ५० प्रतिशत भन्दा बढी घरधुरीमा विद्युत सेवाको पहुँच पु¥याइनेछ ।
२. जलवायु परिवर्तन न्यूनीकरणका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गर्न अन्तरगाउँपालिका तथा अन्तर संस्था साझेदारी कार्यक्रम ल्याइनेछ ।
३. गाउँपालिकाको केन्द्र तालढुङ्गा, जगथली र महाङ्काल लगायतका मुख्य बजार क्षेत्रमा वैकल्पिक ऊर्जा मार्फत सौर्य सडक वत्तीको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
४. गाउँपालिका भित्रको लघु जलविद्युत आयोजनाहरूको संरक्षण एवम् सम्वद्र्धन गरी उक्त आयोजनाबाट उत्पादित उर्जा स्रोतलाई केन्द्रीय प्रसारण लाइनसँग जोडिनेछ ।
५. पोखरी संरक्षण, पहिरो तथा खहरे नियन्त्रण, विकासका पूर्वाधारको संरक्षण, नदी उकास क्षेत्रको संरक्षण गरी जल, जमिन, जङ्गल र जलाधारको संरक्षण गरिनेछ ।
(घ) सूचना तथा सञ्चार प्रविधि
१. गाउँपालिकाले कार्यविधि निर्माण गरी आफ्नो क्षेत्रका स्थानीय सञ्चार माध्यम (रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन) लाई स्थानीय लोककल्याणकारी सन्देश उपलब्ध गराइनेछ ।
४. गाउँपालिकाबाट चौमासिक बुलेटिन प्रकाशन तथा प्रसारण गरिनेछ ।
५. गाउँपालिकाको सम्पूर्ण नियमित गतिविधिहरूको डकुमेन्ट्री बनाई अभिलेखिकरण गरिनेछ ।
६. सबै वडाहरूमा इन्टरनेट सेवाको अभावले गर्दा अनलाइन मार्फत दिइने सेवा प्रवाहमा बाधा पर्न गएकोले सम्पूर्ण वडाहरूमा इन्टरनेट सेवा विस्तार गरी अनलाइन सेवाको विकास गरिनेछ ।
७. गाउँपालिकाभित्र रहेको एक मात्र संचार सेवा एकदमै कमजोर तथा फितलो भई गाउँपालिका निवासी सम्पूर्ण नागरिकको दैनिक सूचनामा बाधा परेकोले सञ्चार सेवालाई थप व्यवस्थित गर्न थप सञ्चार टावरको विस्तार गरिनेछ ।
८. चुस्त, दुरुस्त गति तथा पारदर्शीताका साथ सेवा प्रवाह दिन विभिन्न सेवाहरू अनलाइन÷अफलाइन सफ्टवेयर मार्फत प्रदान गरिनेछ ।
९. डिजिटल गाउँपालिका निर्माणमा सिङ्गो गाउँपालिकाको जनशक्ति स्रोत साधनलाई समेत परिचालन गरी सफ्टवेयरमा केन्द्रीकृत गरिनेछ र गाउँपालिकाको वार्षिक ख्ष्मभय म्यअगmभलतबचथ निर्माण गरी अभिलेखिकरण गरिनेछ ।
१०. सबै वडाको पञ्जीकरण सम्बन्धी सेवा प्रवाह व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत गरिनेछ ।
१३. वन, वातावरण तथा विपद्् व्यवस्थापन
(क) भू–संरक्षण तथा जैविक विविधता
१. वन अतिक्रमण तथा डढेलो नियन्त्रणलाई निरुत्साहित गर्न वृक्षरोपणका कार्यक्रम लागू गरिनेछ ।
२. वन क्षेत्रबाट बग्ने नदी खोला र खोल्सीहरूमा थुपारिएका ढुङ्गा, गिट्टी, वालुवा जस्ता नदी जन्य पदार्थहरूको सोही स्थानमा तटबन्ध बनाउनुको साथै बाँकी नदीजन्य पदार्थ सार्वजनिक पूर्वाधार निर्माणमा लगाउनुका साथै बिक्री वितरण समेत गरी गाउँपालिकाको आन्तरिक स्रोत बढाइनेछ ।
३. “हरियो वन फलफूलको मान ः खानीखोला गाउँपालिकाको आफ्नो छुट्टै शान” भन्ने मूल नाराका साथ प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा विरुवा रोप्ने नीति ल्याइनेछ ।
४. वनलाई केवल वनको रूपमा मात्र संरक्षण गर्ने परम्परालाई परिमार्जन गर्दै वन क्षेत्रलाई उत्पादन र अर्थोपार्जनको क्षेत्रको रूपमा विकास गर्नका लागि सामुदायिक वनभित्र व्यावसायिक र उत्पादनमूलक गतिविधि सञ्चालन गर्न सामुदायिक र कबुलियती वनलाई परिचालन गर्दै वन सम्पदालाई एग्रो फरेस्ट्रीको सिद्धान्त बमोजिम वन सरसफाई सहित फलफूल रोपण कार्यक्रम सञ्चालन गरिनेछ ।
५. भू–संरक्षण, जलाधार व्यवस्थापन र जल उत्पन्न प्रकोप न्यूनीकरणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिनेछ । विपद्् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन असर न्यूनीकरण तथा जैविक विविधता संरक्षणका लागि दीर्घकालीन योजना बनाई कार्यान्वयनको पहल गरिनेछ ।
(ख) फोहोरमैला व्यवस्थापन
१. गाउँपालिकाको तालढुङ्गा र अन्य बजार क्षेत्र लगायतको फोहोरलाई व्यवस्थित गर्न वातावरणीय प्रभाव मूलयाङकन गरी फोहोरमैलाको उचित व्यवस्थापन गरिनेछ ।
२. गाउँपालिकाको बजार क्षेत्रमा पर्ने स्थानहरूमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
३. शैचालयजन्य फोहोर व्यवस्थापनको लागि प्रत्येक घरलाई आफ्नै सेफ्टी ट्याङ्की बनाउनु पर्ने कार्यलाई अनिवार्य बनाइनेछ साथै शौचालयजन्य फोहोर नदी वा खोल्सीहरूमा व्यवस्थापन गर्न पाइने छैन ।
४. “हाम्रो घरको फोहोर हामी आफँै व्यवस्थापन गर्छौँ”, “हाम्रो टोलको फोहोर हामी आफैँ व्यवस्थापन गर्छौँ”, “हाम्रो वडाको फोहोर हामी आफैँ व्यवस्थापन गर्छाँै” भन्ने मूल नाराका साथ सम्पूर्ण गाउँपालिकाबासीहरूले हामी सफा, स्वच्छ र स्वस्थ्य रहन्छौँ भन्ने प्रतिवद्धताको निम्ति अपिल गरिनेछ ।
५. हरेक वडामा स्वास्थ्य सचेतना सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
६. आकस्मिक प्रकोपजन्य रोग नियन्त्रणका लागि आवश्यक नीति बनाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।
(ग) विपद्् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन
१. गाउँपालिकाभित्र बाढी पहिरो, चट्याङ, हावाहुरी, आगलागी, भूकम्प आदि विपद््का घटनाहरू निरन्तर रुपले भइरहने हुनाले प्राकृतिक विपद्् न्यूनीकरणको सम्भावनालाई अध्ययन गरी विपद् न्यूनीकरणको लागि आवश्यक पहल गरिनेछ ।
२. गाउँपालिका क्षेत्रको विपद् जोखिम सर्भेक्षण गर्ने र सोका आधारमा योजना निर्माण गरी कार्यान्वयन गरिनेछ र भू–संरक्षणका लागि वृक्षरोपण, तटबन्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
३. भुकम्प, बाढि, पहिरो, आगलागि, चटयाङ, महामारी, दुर्घट्ना जस्ता विभिन्न प्रकारका प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराइनेछ जसका लागि गाउँपालिका विपद् व्यवस्थापन कोष स्थापना गरिनेछ ।
६. विपद् विरुद्धको प्रतिकार्यलाई व्यवस्थित बनाउन आवश्यक योजना निर्माण गरिनेछ र रेड क्रस लगायतका संस्थासँग समन्वय गरी विपद् पूर्ण अवस्थामा गरिने उद्धार तथा पुनःस्थापना कार्यलाई छिटो र छरितो बनाउन विपद् प्रतिकार्य टिम निर्माण गरिनेछ ।
१४. सुशासन तथा संस्थागत क्षमता विकास
(क) नीति, कानुन, न्याय तथा सुशासन
२. गाउँपालिका अन्तर्गतका कुनै पनि कार्यालयमा कर्मचारी विदामा बस्दा वा फिल्डमा जाँदा समेतको अवस्थामा वैकल्पिक जिम्मेवारी र उत्तरदायी कर्मचारी तोकेर जानकारी खुल्ने गरी सूचना बोर्डमा उल्लेख गरिनेछ ।
३. आफ्नो कार्यालयको कार्य प्रगति, समस्या, चुनौति र समस्या सामाधानसहितको मासिक बैठक राखिनेछ ।
४. कर्मचारीहरुको क्षमता र संस्थागत क्षमता विकासका योजना निर्माण गरी सञ्चालन गरिनेछ ।
५. भौगोलिक विकटताका कारण कर्मचारी अभावले कार्यालय कामकाजमा बाधा पर्ने हुँदा थप जिम्मेवारीको आधारमा कर्मचारी प्रोत्साहन भत्ताको व्यवस्था मिलाइनेछ । साथै उत्कृष्ट कार्यसम्पादन गर्नेलाई पुरस्कृत गरिनेछ ।
६. गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय एवम् विद्यालय, स्वास्थ्य चौकी आदिमा सूचना अधिकारी तोकी हरेक सूचना प्रवाह गरिनेछ ।
७. गाउँपालिका अन्तर्गतका हरेक कार्यालयमा गुनासो पेटीका राखी मासिक रूपमा सोको सुनुवाई गरिनेछ ।
८. गाउँपालिका अन्तर्गतका हरेक कार्यालयमा इ–हाजिरीको व्यवस्था गरिनेछ ।
९. कर्मचारी कल्याणकारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याइनेछ ।
१०. गाउँपालिकाले प्रत्येक ४–४ महिनामा सार्वजनिक सुनुवाई र आर्थिक वर्ष सकिएर अर्को आर्थिक वर्षको पहिलो चौमासिकको पहिलो महिनामा नै सामाजिक परिक्षण अनिवार्य रूपमा सञ्चालन गरिनेछ ।
११. उपभोक्ता समितिहरूका पदाधिकारीलाई सार्वजनिक निर्माण तथा कार्यक्रम सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
१२. गाउँपालिकाको स्वीकृत बजेटको इस्टिमेट तयार गरेर मात्र उपभोक्ता समितिसँग सम्झौता गर्ने, यस किसिमको इस्टिमेट तयार गर्दा उपभोक्ताले बुझ्ने गरी नेपाली भाषामा तयार गरिनेछ ।
१३. खानीखोला गाउँपालिकाको बेरुजु न्यूनीकरणका लागि बेरुजु फर्छयौट् समिति गठन गरी न्यूनीकरण तर्फ प्रक्रिया अघि बढाइनेछ ।
१४. न्यायिक समितिको क्षेत्राधिकार भित्रका विवादहरुको शीघ्र निरुपण गरी प्रभावकारी न्याय सम्पादनमा जोड दिइनेछ र आवश्यकता अनुसार नीतिगत तथा कानुनी प्रबन्ध मिलाइनेछ ।
१५. न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी र वडास्तरीय मेलमिलाप कर्ताहरुको क्षमता अभिवृद्धि गर्न उचित तालिमको व्यवस्था गरिनेछ ।
१६. प्रारम्भिक विवादहरु वडामा क्रियाशील मेलमिलाप कर्ताबाट समाधान गर्ने नीति लिइनेछ ।
१७. हालसम्म स्वीकृत भई पारित भएका कानुनहरुलाई सङ्ग्रहीत गरी स्थानीय कानुन सङ्ग्रह प्रकाशन गरिनेछ ।
१८. आवश्यकता अनुसार निरन्तर आवश्यक कानुन तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
(ख) सङ्गठन तथा क्षमता विकास, जनशक्ती व्यवस्थापन र सेवा प्रवाह
१. गाउँपालिका भित्रको नियमति सेवालाई सुचारु गर्नको लागि प्रर्याप्त जनशक्ति नभएको कारण सोको परिपूर्ति गर्न प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश, हेटौँडा समक्ष आवश्यक दरबन्दी बमोजिमको जनशक्ति माग गरिनेछ साथै गाउँपालिकामा आवश्यक कतिपय विषयगत शाखासँग सम्बन्धित कर्मचारी गाउँपालिकाबाट नै पदपूर्ति गरिनेछ ।
२. कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण ९इ७ः क्भचखभ० गरी सोको प्रतिवेदन कार्यन्वयनमा ल्याइनेछ ।
३. गाउँपालिकाभित्र उत्कृष्ट नतिजा हासिल गर्ने उपभोक्ता समिति, निर्माण व्यवसायी, कृषक, कृषक समूह, कृषि फर्म, सहकारी, स्वास्थ्य संस्था एवम् शैक्षिक संस्थाहरूलाई पुरस्कारको व्यवस्था मिलाइनेछ ।
४. गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा कर्मचारीहरू नभई सेवाग्राही घर फर्कनु पर्ने अवस्थाको अन्त्य गर्दै लगिनेछ ।
५. गाउँपालिकाको सार्वजनिक सेवाको सन्दर्भमा सम्पूर्ण विवरण खुल्ने गरी गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा नागरिक वडापत्र राखिनेछ ।
६. निर्वाचित जनप्रतिनिधिको क्षमता विकासका लागि अभिमुखीकरण तथा तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
७. खानीखोला गाउँपालिकाको वडा नं. १, ३, ६ र ७ सबैभन्दा दुर्गम, भौगोलिक दृटिले सबैभन्दा ठूलो भूगोल समेटिएको, जनसङ्ख्याका आधारमा धेरै जनसङ्ख्या रहेको र कतिपय बस्तीबाट वडा कार्यालयसम्म सेवा लिन न्यूनतम तीन घण्टासम्म समय लाग्ने भएकाले यी वडाहरुको पुनःसंरचना गर्न सरोकारवाला नागरिक, राजनीतिक दलको समेत सहमतिमा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समक्ष पेश गरिनेछ ।
(ग) राजस्व तथा स्रोत परिचालन
१. गाउँपालिकाको आन्तरिक आय बढाउनको लागी यहाँ भएका खानीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उतखनन गरी निर्यात, बिक्री वितरण गर्न कानुन बमोजिम प्रक्रिया बढाइ आवश्यक पहल गरिनेछ ।
२. गाउँपालिकाको राजश्वको दायरा बढाइनेछ र आम नागरिकलाई “राज्यलाई कर तिर्नु हरेक नागरिकको कर्तव्य” हो भन्ने कुरामा प्रभावकारी अनुशिक्षण गरिनेछ ।
३. आन्तरिक आय व्यवस्थान, प्राकृतिक स्रोत बिक्री सम्बन्धी ऐन तथा नियमावली तर्जुमा गरी राजस्व परिचालनलाई थप व्यवस्थित तुल्याइनेछ ।
४. आन्तरिक आयका स्रोतको सम्भाव्यता अध्ययन, राजस्व बाँडफाँट, अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा गैरसरकारी क्षेत्रको स्रोत परिचालनका लागि स्थानीय सरोकारवाला, प्रदेश र नेपाल सरकारका निकाय तथा गैरसरकारी संस्था र विकास साझेदारहरुसँग साझेदारी गरिनेछ ।
(घ) तथ्याङ्क प्रणाली तथा योजना र विकास व्यवस्थापन
१. गाउँपालिका स्थित सबै विषयगत क्षेत्रहरूको वस्तुगत विवरणको यथार्थ आँकडा आउने खालको प्रोफाइल निर्माण गरिनेछ र सोही तथ्याङ्कको आधारमा खानीखोला गाउँपालिकाको भावि योजना निर्माण गरिनेछ ।
२. टोल, बस्ती तथा गाउँस्तरबाट नागरिकको छनौटमा परेका विकास योजनाहरूलाई कार्यान्वयन गर्न तत्कालीन एवम् दीर्घकालीन प्रकृतिका योजनाको वर्गीकरण गरी कार्यान्वयनमा ल्याइनेछ र तत्काल कार्यान्वयन हुन नसकेका योजनाहरू गाउँपालिका योजना बैँकमा समावेश गरी प्राथमिकताको आधारमा कार्यान्वयन प्रक्रियामा लगिनेछ ।
अन्त्यमा यस गरिमामय सभामा सभालाई शानदार ढङ्गले सम्पन्न गर्नका लागि उपस्थित गाउँसभाका सदस्यज्यूहरू, राजनीतिक दलका प्रतिनिधिज्यूहरु, कर्मचारी साथीहरू र यो नीति तथा कार्यक्रमलाई खानीखोलाको विकासको दस्तावेजको रूपमा ग्रहण गर्नु हुने सम्पूर्ण सहभागीहरूप्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु ।
धन्यवाद !
अध्यक्ष श्री इन्द्र बहादुर थिङ
खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोक
इति सम्वत २०८० साल असार १० गते रोज १ शुभम् !

आर्थिक वर्ष २०८०/०८१ को बजेट
आदरणीय सभाध्यक्षज्यू,
गाउँसभा सदस्यज्यूहरू
१. नेपालको संविधान बमोजिम स्थानीय तहको अधिकार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न तथा सङ्घ, प्रदेश र स्थानीय तह बिचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्दै जनसहभागीता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रावह गर्न स्थापना भएको यस खानीखोला गाउँपालिकाको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार यस गरिमामय अधिवेशनमा खानीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्य यस सभा समक्ष पेश गर्न पाउँदा अत्यन्त हर्षित भएको छु । आम नागरिकको इच्छा आकाङ्क्षालाई पूरा गर्ने सन्दर्भमा गाउँपालिकाको समग्र विकासको खाका, नेतृत्वको सोच र प्रतिवद्धतालाई योजनाबद्ध रुपमा पेश गर्न पाउँदा गर्वित महशुस गरेको छु ।
२. सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल निर्माणको चरणसम्म आइपुग्दा घाइते तथा वेपता पारिएका परिवार र व्यक्ति प्रति सम्मान प्रकट गर्दै सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस गाउँपालिकाको समग्र परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्नु हुने अग्रज व्यक्तित्वहरूले गर्नु भएको योगदानको स्मरण गर्दै उहाँहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।
३. “हामी बनाउँछौ हाम्रो खानीखोला” भन्ने दीर्घकालीन सोँचका साथ कृषि, पशुपालन, व्यापार, व्यवसाय, उद्योग र पर्यटनको विकास एवम् विस्तारलाई मध्यनजर गरी यस आर्थिक वर्षमा समृद्ध र समाजवाद उन्मुख खानीखोलाको आधारशिला निर्माण गर्नुको साथै आधारभूत स्वास्थ्य र शिक्षा सेवा निशुल्क प्राप्त गर्ने नागरिकको हकको रुपमा यो बजेटलाई केन्द्रित गरिएको छ ।
४. गाउँपालिकाको समन्यायिक विकास, श्रोत साधनको समानुपातिक वितरण मार्फत गाउँपालिकाको सबै क्षेत्र वर्गको उत्थान मार्फत समृद्ध र न्यायपूर्ण खानीखोला समाजको निर्माण गर्ने गरी यो आर्थिक वर्ष २०८०÷०८१ को बजेट तर्जुमा गरेको छु ।
५. आ.व. २०८०÷०८१ को बजेट तर्जुमा गर्दा नेपालको संविधान, नेपाल सरकार र प्रदेश सरकारको नीति, कानुन, निर्देशनहरू, पन्ध्रौँ आवधिक योजना, बागमती प्रदेशको प्रथम आवधिक योजना, दिगो विकास लक्ष्य, विषयगत समितिबाट भएका निर्णय, निर्देशन तथा गाउँसभा सदस्यज्यूहरूले प्रदान गर्नुभएको सुझाव समेतलाई आत्मसात गरी बजेट तर्जुमा गरेको छु । यस बाहेक गाउँपालिकामा क्रियाशील राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, पत्रकार, समाजसेवी, सङ्घ संस्थाहरू लगायतले दिनु भएको सुझावहरूलाई समेत बजेट निर्माणको आधार मानिएको छ ।

आदरणीय सभाध्यक्षज्यू,
सभाका सदस्यज्यूहरू,
अब म आर्थिक वर्ष २०८०÷०८१ को बजेटको उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु । बजेटका उद्देश्यहरू निम्नानुसार रहेका छन्ः–
(क) उपलब्ध स्रोत साधन, अवसर र क्षमताको महत्तम परिचालन गरी पालिकाको भौगोलिक धरातल र भूस्वरुपमा आधारित यथार्थपरक आर्थिक पुनरुत्थान गर्दै विकासको गतिलाई निरन्तरता दिने ।
(ख) सवै प्रकारका महामारी, प्रकोप र विपद्बाट गाउँबासीको जीवन रक्षा गर्दै जनजीवनलाई सहज, सरल, सुरक्षित र मर्यादित र व्यवस्थित बनाउने ।
(ग) स्वास्थ्य र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने
(घ) सामाजिक, आर्थिक, राजनीतिक, न्यायिक, प्रशासनिक, वातावरणीय र भौतिक पूर्वाधार विकास मार्फत उत्पादनशील एवम् समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्दै जाने ।
बजेटका उपरोक्त उद्देश्यहरू हासिल गर्न देहायका क्षेत्रगत कार्यक्रमलाई प्राथमिकता निर्धारण गरेको छुः–
(क) सबै प्रकारका स्वास्थ्य जोखिमबाट गाउँबासीलाई सुरक्षित राख्न र गुणस्तरीय सार्वजनिक स्वास्थ्य सेवा सर्वसुलभ बनाउन तथा स्वास्थ्य सेवाको क्षमता विस्तार, स्तरोन्नती र स्वास्थ्य जनशक्तिको विकास गर्ने ।
(ख) प्राकृतिक विपद्, भौगोलिक कठिनाइ र विभिन्न रोग, भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमबाट टुटेको उत्पादन र आपूर्ति श्रृङ्खलालाई पुनःस्थापना गर्दै चलायमान आर्थिक क्रियाकलापलाई प्रोत्साहन गर्न कृषि, पशुपालन, व्यापार, व्यवसाय, घरेलु उद्योग र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिने ।
(ग) खानीखोला गाउँबासीका लागि काम र रोजगारीको अवसर, खाद्य सुरक्षा र सामाजिक संरक्षण गर्ने ।
(घ) विकासको शीघ्र प्रतिफल प्राप्त हुने र आगामी वर्षभित्र सम्पन्न हुने अधुरा आयोजना कार्यन्वयन गर्ने ।
(ङ) गुणस्तरीय र जीवनोपयोगी शिक्षा र स्वास्थ्य, सुचना प्रविधिको विस्तार, हरितवृद्धि सुहाउँदो भौतिक पूर्वाधार, आधारभूत खानेपानी, सरसफाई तथा सिंचाइ लगायत समष्टिगत कृषि तथा गैरकृषि क्षेत्रको विकास गर्ने ।
च) प्रभावकारी एवम् गुणस्तरीय तथा पहुँचयुक्त सार्वजनिक सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गर्ने ।

आदरणीय सभाध्यक्षज्यू,
आदरणीय सभासदस्यज्यूहरू ।
अब म आर्थिक वर्ष २०८०÷०८१ का अनुमानित आय व्यय प्रस्तुत गर्न चाहन्छु ।
१. आर्थिक वर्ष २०८०÷०८१ मा नीति, योजना कार्यक्रम कार्यान्वयन गर्न कुल आयव्यय रु. ५१,०७,६९,१०२।– (एकाउन्न करोड सात लाख उनन्सत्तरी हजार एक सय दुई रुपैयाँ मात्र) को अनुमानित प्रस्ताव गरेको छु ।
२. कुल प्रस्तावित आय रकममा सङ्घीय वित्तीय समानीकरण अनुदान ७ करोड ३३ लाख, सङ्््््््््््््््््््््घीय सशर्त अनुदान १६ करोड ९५ लाख, सङ्््््््््््््््््््््घीय राजस्व बाँडफाँड ७ करोड ३६ लाख ९३ हजार ५ सय, सङ्््््््््््््््््््््घीय समपूरक अनुदान ८० लाख र सङ्््््््््््््््््््््घीय विशेष अनुदान १ करोड १५ लाख गरी सङ्घीय सरकारबाट प्राप्त कूल जम्मा बजेट ३३ करोड ५९ लाख ९३ हजार ५ सय अनुमानित आय प्राप्त भएको छ । त्यसैगरी प्रदेश वित्तीय समानीकरण अनुदान ६५ लाख ६४ हजार, प्रदेश सशर्त अनुदान ५ करोड ६८ लाख ९० हजार, प्रदेश समपूरक अनुदान २ करोड, प्रदेश सरकार विशेष अनुदान १ करोड, प्रदेश सवारी साधन कर र राजस्व बाँडफाँडबाट प्राप्त १ करोड ४५ लाख २१ हजार ६ सय २ रुपियाँ गरी कूल जम्मा प्रदेश सरकारबाट प्राप्त बजेट १० करोड ७९ लाख ७५ हजार ६ सय २ रुपियाँ अनुमानित आय प्राप्त भएको छ ।
३. चालु आर्थिक वर्ष २०७९÷०८० मा वार्षिक योजना तथा कार्यक्रम र बजेट बाँडफाँड गरी स्वीकृत गर्दा रु. ५ करोड भन्दा बढीले घाटा बजेट सहित आय व्यय स्वीकृत भई चालू आर्थिक वर्षको हिउँदे अधिवेशनबाट समेत विनियोजित बजेट कार्यान्वयन भई असार मसान्तसम्म भुक्तानी हुने भएकोले सो घाटा बजेट परिपूर्तिमै सीमित रही भुक्तानी सन्तुलन कायम गरी हिसाब मिलान गर्नु परेको हुँदा आर्थिक वर्ष २०८०÷०८१ मा चालु आर्थिक वर्षको रकम मौज्दात रहने नदेखिएको व्यहोरा सम्मानित सभा समक्ष अवगत गराउन चाहन्छु ।
४. जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकबाट २ करोड १८ लाख, सामाजिक सुरक्षातर्फ ४ करोड, आन्तरिक स्रोतबाट अनुमानित ५० लाख सेवा शुल्क तथा दस्तुर प्रक्षेपण गरी कूल जम्मा बजेट माथि उल्लेखित रु. ५१,०७,६९,१०२।– (एकाउन्न करोड सात लाख उनन्सत्तरी हजार एक सय दुई रुपैयाँ मात्र) अनुमानित बजेट प्रक्षेपण गरेको छु ।
५. कूल विनियोजित रकममा आर्थिक विकास तर्फ रु. १ करोड ५० लाख, भौतिक पूर्वाधार विकासतर्फ रु. ५ करोड ५० लाख, सामाजिक विकासतर्फ रु. २ करोड, विपद् व्यवस्थापनतर्फ ४३ लाख, सुशासन, सेवा प्रवाह र संस्थागत क्षमता विकासतर्फ रु. ७ करोड ८६ लाख ९३ हजार ५ सय तथा समपूरक अनुदानतर्फ रु. २ करोड ८० लाख, विशेष अनुदानतर्फ रु. २ करोड १५ लाख गरी खर्च हुने प्रक्षेपण गरिएको छ ।
६. सामाजिक सुरक्षातर्फ रु. ४ करोड खर्च हुने अनुमान गरिएको छ । साथै सङ्घीय सरकार अन्तर्गत चालू तथा पूँजीगत खर्चतर्फ रु. १६ करोड ९५ लाख र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान कार्यक्रमतर्फ रु. ५ करोड ६८ लाख ९० हजार रहेको छ ।
अब म आर्थिक वर्ष २०८०÷०८१ को बजेटका क्षेत्रगत कार्यक्रम तथा विनियोजित बजेट प्रस्तुत गर्न चाहन्छु ।
आगामी आर्थिक वर्षको क्षेत्रगत रुपमा बजेट विनियोजन गर्दा शीघ्र आर्थिक विकास हुने, छिटो प्रतिफल प्राप्त गर्न सकिने, आगामी वर्षभित्रै सम्पन्न हुने योजनाको सुनिश्चितता, सामाजिक सेवामा जोड दिने, सेवा प्रवाहलाई प्रभावकारी एवम् गुणस्तरीय बनाउने तथा सार्वजनिक निजी सहकारी र सामुदायिक क्षेत्रसँगको साझेदारीबाट विकास प्रक्रियालाई अघि बढाउने कार्यक्रमहरूमा जोड दिइएको छ ।
क. आर्थिक विकास
कुषि, पशु र सहकारी
१. “हामी बनाउछौ हाम्रो खानीखोला” निर्माण गर्ने सम्वाहकको रुपमा लिई आर्थिक क्षेत्रको विकासको लागि रु. १ करोड ५० लाख विनियोजन गरिएको छ ।
२. प्रत्येक वडालाई छुटुटा छट्टै कृषि र पशु ब्लकको रुपमा विकास गरी अनुदान र साझेदारीमा कुषि र पशुका कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
३. योगदान र कार्यविधिमा आधारित कृषि र पशु ब्लक कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
४. कृषिलाई आधुनिक र व्यवसायिक बनाउँदै कृषिको विकास र विस्तार गर्न अनुदान र साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने गरी आवश्यक बजेट विनियोजन गरिएको छ ।
५. साना, घरेलु तथा लघु उद्यम कार्यक्रमलाई प्रोत्साहन गर्न महिला उद्यमीहरूको नाममा गाउँपालिकामा दर्ता गर्न लाग्ने कर तथा शुल्कमा तीस प्रतिशत सम्म छुट दिने व्यवस्था मिलाइएको छ ।
६. बेरोजगार युवाहरूको लागि लक्षित गरी बाँझो जमिन उपयोग गर्न अनुदानमा आधारित कृषि र पशु विकास कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
७. यस गाउँपालिकालाई कृषिमा आधारित पर्यटन विकासका लागि कफी खेती प्रवद्र्धन तथा विस्तारको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
८. यस पालिकालाई अर्गानिक तरकारीमा आत्मनिर्भर गर्नको लागि “एक घर एक करेसाबारी” निर्माणलाई अभियानको रुपमा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
९. साना किसानहरूलाई व्यवसायीकरण गर्न गाईभैँसी र बाख्रा पालनको लागि अनुदानमा आधारित बजेट व्यवस्था गरिएको छ ।
१०. किसानहरूको खेतबारीको उर्वरा शक्ति, माटो जानकारी तथा उपचारका लागि माटो परीक्षण कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
११. उत्पादनका लागि नर्सरी, कफी विकास योजना, प्रोत्साहन, रैथाने बिउँ उत्पादन, बेमौसमी खेती सिंचाइका लागि प्लास्टिक पोखरी वितरण, कृषि र पशु बीमा, पशु स्वास्थ्य घुम्ती शिविर, कृषि उपजको मूल्य अभिवृद्धि लगायतका कार्यक्रमहरूका लागि बजेट विनियोजन गरी कृषि क्षेत्रको विकास वितरणमुखी भन्दा आय आर्जन उत्पेरित हुने गरी बजेट तर्जुमा गरिएको छ ।
१२. खानीखोला गाउँपालिका भित्रको खानीहरु उत्खनन हुने स्थानहरुको पहिचान गरी सो क्षेत्रको खानीजन्य पदार्थ उत्खननका लागि उचित बजेट व्यवस्था गरिएको छ ।
१३. खानीखोला गाउँपालिकामा साझेदारी कार्यक्रम मार्फत पेट्रोल पम्प र क्रसर उद्योग सञ्चालन गर्न साझेदारी लगानी प्रबन्ध गरिएको छ ।
१४. खानीखोला गाउँपालिकामा स्थानीय खरिद बिक्री केन्द्र सञ्चालनलाई थप प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
१५. यस खानीखोला गाउँपालिकाका नागरिकको उत्पादन क्षमता अभिवृद्धि गरी जीवनस्तर उकास्न कफीमा जसको उत्पादन उसैलाई अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेट विनियोजन गरिएको छ ।
(ख) सामाजिक विकास क्षेत्र
१. सामाजिक क्षेत्रको विकासका लागि २ करोड छुट्टयाइएको छ ।
२. “स्वास्थ्य नै धन” भन्ने मुल नाराका साथ आधारभूत स्वास्थ्य सेवालाई यस गाउँपालिकाको सबै नागरिकहरूको पहुँचमा पु¥याउन जनसंख्या, भौगोलिकता र स्वास्थ्य सेवाको उपलब्धतालाई स्तरोन्नति गरिँदै लगिनेछ ।
३. दीर्घरोगी, असाध्यरोग, क्यान्सर र मिर्गौला रोगीहरूलाई राहत कार्यक्रम बढाउनको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
४. आगामी ४ वर्ष भित्र खानीखोला भित्रका सम्पुर्ण नागरिकहरूको स्वास्थ्य बीमा गर्ने गरी पहिलो चरणका लागि यस आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिएको छ ।
५. स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली र आपूर्ति व्यवस्थापन सूचना प्रणालीका लागि बजेट छुट्याइएको छ ।
६. निजी क्षेत्रका स्वास्थ्य संस्थासँग समन्वय र साझेदारी गरी विशेषज्ञ चिकित्सक सेवा उपलब्ध गराउन बजेट विनियोजन गरिएको छ ।
७. प्रसुती सेवा तथा बर्थिङ सेन्टरको संस्थागत विकास कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
८. गाउँ शिक्षा योजना तर्जुमा गरी गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र स्थानीय पाठ्यक्रम समेत लेखनका लागि बजेट व्यवस्थापन गरिएको छ ।
९. बालबालिकाहरूको लागि शैक्षिक सामाग्री व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
१०. विपन्न, दलित र अल्पसंख्यक विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
११. लोपोन्मुख तथा सिमान्तकृत लक्षित समुदायको उत्थान र विकासका लागि बजेट विनियोजन गरिएको छ ।
१२. दलितहरूको पराम्परागत सीप र कलाको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
१३. महिला लक्षित स्वास्थ्य शिविर सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
१४. दलित, अपाङ्ग, जेष्ठ नागरिक, आदिवासी जनजाति समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।
१५. सहकारी संस्था सुदृढीकरण गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।
१६. असाहय महिला, वालबालिका, बृद्ध लगायतका नागरिकहरूको लागि उद्धार र संरक्षको लागि बजेट विनियोजन गरिएको छ ।
१७. अपाङ्गता भएका नागरिकले जग्गा खरिद गर्दा घरबाटो सिफारिसमा लाग्ने दस्तुरमा तीस प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । तर यस्तो छुट लिनका लागि अपाङ्गता परिचयपत्र पेश गर्नु पर्नेछ ।
१८. खेलकुद विकास समितिलाई संस्थागत एवम् क्रियाशील बनाई खेलकुदका गतिविधि र क्रियाकलाप सञ्चालन गर्ने गरी आवश्यक बजेट विनियोजन गरिएको छ ।
(ग) पूर्वाधार विकास
१. गाउँपालिकाको कार्यालय भवन, गाउँपालिकाका सात वटै वडाको गौरवका आयोजना लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै पूर्वाधारजन्य विकासको लागि रु ५ करोड ५० लाख विनियोजन गरिएको छ ।
२. यसबाट वडाको समस्या र आवश्यकता तथा सर्वसाधारण नागरिकमा पर्न गएको समस्यालाई सम्बोधन गर्दै समष्टिगत विकास गर्न सघाउ पुग्ने विश्वास लिएको छ ।
३. वडाबाट नै सञ्चालन हुन सक्ने वडागत योजना तथा कार्यक्रमको लागि श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरे बमोजिम बजेट विनियोजन गरिएको छ । यसबाट वडाको समस्या र आवश्यकतासँग नजिक रही समष्टिगत विकास गर्न सघाउ पुग्ने विश्वास लिएको छ ।
४. केन्द्र र प्रदेश सरकारको समपूरक कोषसँग साझेदारी गरी बृहत र ठुलास्तरका आयोजना कार्यक्रम सञ्चालन गर्ने गरी समपूरक अनुदानमा बजेट विनियोजन गरिएको छ ।
५. स्थानीय आवश्यकता र मागलाई विशेष मध्यनजर गरी समृद्ध खानीखोला निर्माण गर्न आधार प्रदान गर्ने र बजेटका प्राथमिकता क्षेत्रभित्र पर्ने गाउँपालिकास्तरीय गौरवका आयोजना समेत समेट्ने गरी त्यस्ता योजनामा उचित बजेटको व्यवस्था गरिएको छ ।
६. योजना र कार्यक्रम सञ्चालन गर्ने प्रयोजनार्थ समपूरक कोषमा रु. २ करोड ८० लाख विनियोजन गरिएको छ ।
७. उज्यालो सडक अभियान अन्तर्गत सौर्य उर्जामा आधारित सौर्य सडक बत्ति जडान कार्यलाई निरन्तरता दिँदै आवश्यक बजेट बिनियोजन गरिएको छ ।
(घ) वन, वातावरण तथा विपद् व्यवस्थापन
१. विभिन्न काल खण्डमा आउने विपद्हरूलाई उचित व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन गाउँपालिकाको विपद् व्यवस्थापनका लागि रु. ४३ लाख विनियोजन गरिएको छ ।
२. फोहोरमैला व्यवस्थापन, सरसफाई, वृक्षरोपण कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरी विपद्मैत्री सुरक्षित र सुन्दर खानीखोला बनाउन बजेट विनियोजन गरिएको छ ।
३. प्राकृतिक प्रकोप र आपतकालीन व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
(ङ) सुशासन र सेवा प्रवाह
१. “असल शासन कुशल प्रशासन” भन्ने मूल नारालाई अङ्गिकार गर्दै गाँउपालिका, वडा कार्यालय तथा अन्य कार्यालयहरूबाट हुने सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाइनेछ ।
२. सुशासन र संस्थागत विकासको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
३. गाउँपालिका बजार क्षेत्रभित्र सुरक्षा व्यवस्था निगरानीका लागि थप सिसि क्यामेरा जडान गर्न बजेट विनियोजन गरिएको छ ।
४. इन्टरनेट सेवाको पहुँचमा वृद्धि गर्न उचित बजेट विनियोजन गरिएको छ ।
५. समुदाय, प्रहरी र गाउँपालिका बीच साझेदारी गरी शान्ति सुरक्षालाई सुदृढ र प्रभावकारी बनाउन साथै सुरक्षा चौकीको समेत व्यवस्थापन गर्न सहज हुने गरी आवश्यक बजेट विनियोजन गरिएको छ । गाउँपालिकामा करार तथा ज्यालादारीमा कार्यरत कार्यालय सहयोगी कर्मचारीहरूको कार्यसम्पादनका आधारमा निरन्तरता दिने व्यवस्था गरिएको छ ।
(छ) कर राजस्व परिचालन तथा छुट र सहुलियत सम्बन्धी व्यवस्था
१. “जनताको घर आँगन कर सङ्कलन अभियान” सञ्चालन गरी प्रत्येक टोल बस्तीसम्म राजस्व सचेतना कार्यक्रम सञ्चालन गरी घुम्ती शिविर, कर सङ्कलन टोलीको व्यवस्था गरी राजस्व सङ्कलन कार्यलाई प्रभावकारी बनाउन साथै राजस्व परामर्श समितिको संस्थागत सुदृढीकरण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
२. महिलाले आफ्नो नाममा गाउँपालिकामा प्रचलित कानून बमोजिम दर्ता गर्ने उद्योगमा पचास प्रतिशत, व्यापार व्यवसायहरूको दर्तामा तीस प्रतिशत छुट दिइने व्यवस्थालाई निरन्तरता दिएको छु । तर, बक्यौता तिर्नु पर्ने अवस्थामा उल्लेखित सुविधा प्रदान गरिने छैन ।
३. अपाङ्गता भएका नागरिकलाई गाउँपालिकाले जुनसुकै प्रकारका सिफारिस गर्दा वा व्यवसाय दर्ता वा नवीकरण गर्दा लाग्ने राजस्वमा पचास प्रतिशत छुट दिइने व्यवस्थालाई निरन्तरता दिएको छु ।
४. सार्वजनिक स्थानको फोहोरमैला व्यवस्थापन लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।
आदरणीय सभाध्यक्षज्यू,
सभासदस्यज्यूहरू,
(ज) बजेट कार्यान्वयन वित्तीय अनुशासन
१. तथ्य र प्रमाणमा आधारित अनुगमन तथा मूल्याङ्कन प्रणालीको उपयोग गरी प्राप्त पृष्ठपोषणबाट विषयगत शाखाहरूको संस्थागत क्षमता विकास गर्नुका साथै मितव्ययी र पारदर्शी रुपमा सार्वजनिक स्रोत साधनको प्रतिफल प्राप्त गर्ने व्यवस्था मिलाइनेछ ।
२. बजेट निर्माणमा समग्र वित्तीय अनुशासन, विनियोजनमा दक्षता र कार्यन्वयनमा कुशलता कायम गरी खर्चमा मितव्ययिता अपनाउन विशेष जोड दिइनेछ ।
३. जिम्मेवार पदाधिकारीलाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानुन बमोजिम खर्चको नतिजाप्रति जिम्मेवार बनाइनेछ ।
४. बजेटमा प्रस्तुत भएका कार्यक्रमहरूको स्वीकृति पश्चात् समयबद्ध कार्ययोजना तयार गरी आर्थिक वर्षको सुरुदेखि नै योजना तथा कार्यक्रम कार्यन्वयन गर्ने व्यवस्थालाई सुदृढ बनाइने छ ।
अन्त्यमा,
यो बजेट तर्जुमा गर्न सहयोग पु¥याउनु हुने सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक आभार एवम् कृतज्ञता प्रकट गर्न चाहन्छु । बजेट तर्जुमा गर्ने क्रममा गहन राय सल्लाह सुझाव प्रदान गर्नु हुने राजनीतिक दल, सङ्घ संस्था, सहकारी क्षेत्र, उद्योगी व्यवसायी, समाजसेवी, नागरिक समाज, कर्मचारी, पत्रकार र आम खानीखोलाबासीमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
यो बजेटको कार्यान्वयनबाट “हामी बनाउछौँ हाम्रो खानीखोला” भन्ने नारालाई सफल गर्न कोशेढुङ्गा सावित हुने विश्वास लिएको छु । बजेटमा उल्लेखित योजना कार्यक्रमको कार्यान्वयनबाट समष्टिगत पूर्वाधारको विकास गरी समृद्ध र समाजवाद उन्मुख खानीखोला गाउँपालिकाको आधारशिला निर्माण गर्ने उद्देश्य प्राप्त गर्नका लागि पर्याप्त रुपमा मार्गदर्शन गर्नेछ भन्ने विश्वास लिएको छु ।
गाउँपालिकाको हरप्रयास र कदममा साथ दिनु हुने सम्पूर्ण नागरिकप्रति आभारी हुँदै बजेट कार्यान्वयन गर्न सबैको सहयोग र साथ रहनेछ भन्ने विश्वासका साथ सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

धन्यवाद ।
दोर्जेमान जिम्बा
उपाध्यक्ष
मिति: २०८० असार १०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here