आहाना नेपाल फाउण्डेशनद्धारा खानीखोलाका विद्यार्थीलाइ न्यानो कपडा वितरण

0
81

काभ्रे : काभ्रे जिल्लाको खानीखोला गाउँपालिका– ३, स्थित हनुमान शक्ति आधारभुत विद्यालयका विद्यार्थीहरुलार्ई न्यानो कपडा र चप्पल वितरण गरिएको छ ।

आहाना नेपाल फाउण्डेशन र वडा अध्यक्ष सागर जिम्बा र युवा नेता एवं समाजसेवी अविरल जिम्बाको पहलमा उपलब्ध न्यानो कपडा (ट्रायकसुट) र चप्पल खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्र्जाेमान जिम्बाको प्रमुख अतिथिमा विद्यार्थीलाई वितरण गरिएको हो ।

विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र चप्पल उपलब्ध गराउन आहाना नेपाल फाउण्डेशनका भिम गोले, कृष्ण लामा स्थानिय समजासेवि भिम घिसिङ, युवराज थापा मगर र बयान सिं लामाले विषेश सहयोग गरेका थिए ।

वडा नं. ३ का वडा अध्यक्ष एवं समाजसेवी सागर जिम्बाका अनुसार यो वितरण कुनै राजनीतिक आस्था र कुनै व्यापारिक स्वार्थ नभई स्वतःस्फुर्त सामाजिक सेवाको भावना र चिसोकै कारण कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुन नपरुन भन्ने उद्देश्यले वितरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here