बेथानचोकमा आधारभूत तहस्तरीय हाजिरीजवाफ र चित्रकला प्रतियोगिता सम्पन्न

0
120

बेथानचोक काभ्रे : काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको आयोजना र वडा नंं ५ च्याल्टी स्थित आत्मा विकास माध्यमिक विद्यालयको संयोजनमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुबीच सञ्चालित हाजिरीजवाफ प्रतियोगित शुक्रवार सम्पन्न भएको छ ।

हजिरीजवाफ प्रतियोगितामा पार्वती माविले प्रथम स्थान हासिल गरेको छ भने कृष्ण गोपाल मावि द्वितीय र भूमिमाता मावि तृतीय भएको छ । त्यसै गरि चक्रेश्वर मावि सान्त्वना स्थानमा चित्ता बुझाएको छ ।

यस्तै चित्रकला प्रतियोगितातर्फमा पार्वती मावि प्रथम भएको छ भने भीमसेनेश्वर मावि द्वितीय, सरस्वती मावि भुग्देउ तृतीय भएको छ भने गोरखनाथ प्राविले सान्त्वना स्थान हासिल गरेको छ ।

कार्यक्रममा विजयीहरुलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकास्तरमा हुने यस प्रकारका प्रतिस्पर्धात्मक प्रतियोगिताले बेथानचोकका विद्यार्थीहरु देशैभरका ७ सय ५३ वटै पालिकामा रहेको विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्षम हुने बताउनु भयो ।

उहाँले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक शिक्षा पनि प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं।५ का अध्यक्ष राजकुमार वाइबाले मानव जीवनमा शिक्षाको महत्व धेरै भएकाले वैज्ञानिक शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको भन्दै पालिका स्तरीय प्रतिस्पर्धाले प्रतिभा उत्पादन हुने बताउनु भयो ।

उहाँले गाउँपालिकाले विभिन्न गतिविधि छुट्टा छुट्टै वडाहरुमा गरिदैजाने नीति लिएकोमा यी २ प्रतियोगिता आफ्नो वडामा सञ्चालन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा आत्माविकास माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जगत तामाङले कार्यक्रम सफल पार्न सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना,वडा नं। २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ६ नं। वडाका अध्यक्ष विष्णु तामाङ, बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राइलगायतको उपस्थिति रहेको गाउँपालिकाका प्रेस संयोजक शुभराज अधिकारीले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here