हाजिरीजवाफमा शारदा मावि प्रथम, भृकुटी दिृतीय हुँदा तृतीय जनविकास (फोटोसहित)

0
820

खानीखोला, काभ्रे : ‘अतिरिक्त क्रियाकलापको संचालन, बाल प्रतिभाको प्रष्फुटन’ भन्ने मुल नारासहित खानीखोला गाउँपालिकाको आधारभूत तह (कक्षा १–५) गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शारदा माध्यमिक विद्यलाय प्रथम भएका छन् ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्धारा शुक्रबार आयोजित आधारभूत तहसम्मको गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा खानीखोला–६ स्थित् शारदा मावि प्रथम भएको हो ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका सहजकर्ता होमबहादुर वाईबाले प्रतियोगितामा खानीखोला–३ सौरेको भृकुटी मावि द्धितीय र खानीखोला–५ स्थित् जनविकास मावि तृतीय भएको जानकारी दिए । गाउँपालिकाको प्राविधिक सहायक चक्रबहादुर थापाको अनुसार गाउँपालिकाभित्रका ३८ विद्यालय मध्ये १५ विद्यालय सहभागी थिए ।

कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बा, गाउँपालिकाको सामाजिक विकास समितिको संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष निशान मोक्तान लगायतले प्रथम, द्धितीय र तृतीय विद्यालयका विद्यार्थीहरुलाई प्रमाणपत्रसहित पुरस्कृत गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्ष जिम्बाले बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा क्षमता विकासको लागि हाजिरीजवाफ जस्ता अतिरिक्त प्रतियोगिता हुन आवश्यक रहेको बताए । उनले विगत वर्षदेखि हुँदै आएको यस खाले कार्यक्रम आगामी दिनमा समेत निरन्तर गर्नु पर्नेमा जोड दिए ।

गाउँपालिकाको सामाजिक विकास समितिको संयोजक तथा वडाध्यक्ष मोक्तानको सभापतित्वमा भएको प्रतियोगिता कार्यक्रममा गाउँपालिको उपाध्यक्षसँगै गाउँपालिकाको खेलकुद विकास समितिको संयोजक प्रेम प्रकाश लामा, नेकपा एमाले नेता तथा जनविकास माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर लामा, नेपाली कांग्रेस खानीखोलाको सचिव विष्णु तिमल्सिना, खानीखाेलाकाे न्यायक समिती सदस्य देवान लामा‍‍‌, खानीखाेला ५ काे निर्वतमान वडाध्यक्ष दुर्गा तिमल्सिना, गाउँपालिका सदस्य खड्खबहादुर वि.क, गाउँपालिकाकाे स्वास्थ्य शाखा संयाेजक रामपुकार यादव, विभिन्न विद्यालयका शिक्षक लगायतको उपस्थित रहेको थिए ।

प्रतियोगिता गाउँपालिकाको केन्द्र ताल्ढुंगास्थित् जनविकास माविको प्रांगाणमा भएको भएको थियो ।

तस्वीरहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here