खानीखोला र महाभारतमा एकै दिन दुई पुलसहित सडक शिलान्यास

0
238

काभ्रे : जिल्लाको खानीखोला र महाभारत गाउँपालिकामा एकै दिन दुई पुल र सडकको शिलान्यास भएको छ । विहिवार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले खानीखोला र महाभारतमा छुट्टै कार्यक्रमबीच पुल र सडकको शिलान्यास गरेको हो ।

 

मन्त्री दुलालले खानीखोलास्थित् वडा ५ र ६ जोड्ने खानीखोलामा मोटरेवल पुलको शिलान्यास गर्दै विकासको हिसाबले पछि परेका स्थानीय तहहरु आफ्नो प्रथामिकतामा राखेर बजेट विनियोजना गर्दै आएको बताए ।

त्यस्तै मन्त्री दुलालसँगै पुर्व खेलकुद मन्त्री रत्न ढकालले महाभारत गाउँपालिकाको समन्वयमा पूर्वाधार विकास कार्यालयको आयोजना जनमुक्ति मार्गको देविटार–घर्तीछाप–गोकुले–छोटेसाहान–भोर्लेनी सडक खण्ड चेनेज ०–ं००० किमि देखि ९.३८० किमि देविटारदेखि गोकुले लभडाँडासम्म कालोपत्रे सहित देविटारमा रहेको वनखुखोला स्थित् मोटरेवल पक्की पुलको संयुक्त शिलान्यास गरिएका छन् ।

 

कार्यक्रममा मन्त्री दुलालले ताल्ढुंगा–झुरझुरे खण्ड पहिलो चरणमा र तालढुङ्गा–गोकुले खण्ड दोश्रो चरणमा बोलपत्र हुने बताए । त्यस्तै कामीडाँडा–तालढुंगा सडकका लागि संघ र प्रदेशको समपुरकको लागि आबश्यक पहल गर्ने, पनौती–खोपासी ताल्ढुंगा सडक अन्तर्गत पनौती–खोपासी सडक खण्ड चालु आर्थिक वर्ष भित्रै बोलपत्र गरी कार्यान्वयन गरिने बताए ।

सांसद् ढकालले खानीखोला र माहाभरत गाउँपालिकामा निर्माण ब्यवसायीहरुको लपारवाहीका कारणले विकास निर्माणले गति लिन नसकेको बताए । निर्माण व्यवसयिहरुको ढिलासुस्तिका कारण विनियोजित बजेट कार्यान्वयन हुन नसकेको मात्रै होईन खानीखोला र माहाभरतका नागरिकहरुले धेरै दुःख ब्यहोरेको उनको भनाई छ ।

 

महाभारत गाउँपालिकाको अध्यक्ष कान्छालाल जिम्बको अनुसार कालोपत्रे सडक निर्माणका लागि उक्त खण्ड दोश्रो हो । पहिलो खण्ड तीनखुट्टे देविटार सडकको कार्य भईरहेको छ । उनले ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेकारलाई ज्वाँई जसरी पाल्न नसक्ने बताउँदै यस्ता ठेकेदार र कम्पनीलाई कालो सुचीमा राखेर कारबाही गर्नु पर्नेमा जोड दिए ।

 

खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङले खानीखोलाको समग्र समस्या सुनाउँदै निर्माण ब्यवसायीको चरम लापरवाही र ढिलासुस्तिका कारण म्याद सकिएको बषौ भईसक्दा समेत निर्माण कार्य सम्पन्न हुन नसकेको बताए । उनले ठेकेदारको ढिलासुस्तीको कारण बागमती खोलामा २०७३ मै शुरु भएको मकवानपुरसँग जोडिने पक्की पुल र तिनखुट्टे–देवीटार सकड खण्डमा निर्माण हुँदै गरेको सकड अलपत्र अवस्थामा रहेको बताए ।

 

कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको आयोजनामा गुफा बस्दै गरेका लामाहरुले मन्त्री दुलाल र पुवमन्त्री ढकाललाई खानीखोलामा भव्य स्वागत समेत गरेका थिए । खानीखोला र महाभारतका छुट्टाछुट्टै कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, बुद्धिजीवी र स्थानीयको उपस्थिति रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here