दोहोरी गीत ‘कस्को ट्याटु’को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

0
334

काभ्रे : देशमा कोरोना महामारीपछि सुस्ताएको गीत–संगीतसहितका मनोरञ्जन क्षेत्र बिस्तारै तंग्रिदैछ । यद्यपी लकडाउनकैबीचमा केही नयाँ गीत र म्युजिक भिडियो नबनेको भने होइन ।

पछिल्लो समय सबै क्षेत्र चलायमान छन् । यसैबिच ‘कस्को ट्याटु खोपिछौ छातीमा’ बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा रितु अधिकारी ‘जलजला’सँगै प्रदिप रोक्का, कबविना तिमल्सिना, सुनिता कालीकोटे र निरुता भुजेलको को अभिनय रहेका छन् । भिडियो डान्सिङ विट रहेको छ । यो अधिकारीको चौथो कोसेली समेत हो ।

गायक बाबुराम भट्टाराई र गायिका स्मृति गौतमकी स्वरमा रहेको गीत ‘कस्को ट्याटु खोपिछौ छातीमा’को म्युजिक भिडियोलाई मिलन श्रेष्ठले गीतको भावजस्तै निर्देशन गरेको छ ।

गीतमा अमृत भट्टाराईको शब्द रहेको म्युजिक भिडियो तारिफयोग्य बनेको छ । दिनेश श्रेष्ठको संगीत रहेको भिडियोलाई राजाराम सिम्खडाले कोरियोग्राफी गरेका हुन् ।

यस म्युजिक भिडियोमा दिनेश परियारको एरेन्जर, कुमार सानु पुनको मिक्सिङ,सन्तोष तिमल्सिनाको सिनेमाटोग्राफी रहेको छ भने विनोद बमको सम्पादन र रंग संयोजन रहेको छ ।

यस्तै, शंकर डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियो विविएसटी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here