आधुनिककरणले लोप हुदैं गाउँघरमा प्रयोग गरिने जाँतो

0
177

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा आधुनिक डिजल विधुतबाट चल्ने मिल स्थापना भएपछि यहांका परम्परागत रुपमा चल्दै आएका जाँतो लोप हुदै गएका छन् । गाउँमा डिजल तथा बिद्युतिय मिलको स्थापनासंगै परम्परागतदेखि कुटानी पिसानी गर्न प्रयोग गर्ने जांतो प्रयोगबिहीन अवस्थामा रहेको बेथानचोकमा पनि देख्न सकिन्छ ।

डिजल र विधुतबाट चल्ने मिल ग्रामिण बस्ती र टोलमा पुगेपछी अब ग्रामीण भेगमा जांतोको प्रयोग हुने चलन हट्दै गएको बेथानचोक गाउँपालिका ५ का माईली तामाङले बताइन् । पहिले पहिले जांतोले कुटेको खाद्यान्न खाना स्वादीले हुन्थ्यो तर हिजोआज डिजलबाट चल्लने मिलमा आर्कषण बढेपछि ढिकी र जांतो लोपहुदै गएको उनको भनाई छ ।

‘जांतोमापिसेको पिठो सारै मिठो लाग्छ’ बेथानचोक ५ का राामलाल वाइवाले भनिन् । जाँतोको पिठो जस्तो मिलमा पिसेको पिठोमा स्वद पाइँदैन तर बाध्यताले समयअनुसार चल्नु पर्ने भएकाले जाँतोको अस्तित्व समाप्त हुन लगेको छ ।’

दशैँ तिहारमा देवि देवतालाई चढाउने र घरमाखाने सेलरोटी पुरी बनाउने पिठो जाँतोमा बिहानै उठेर पिस्ने चलन थियो । अहिले घर छेउमै विधुतबाट चल्ने मिल भएपछि विहानै उठेर जाँतोमा पिस्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

बिगतमा घर निर्माणसंगै जातो अनिवार्य राख्थे चलन थियो । अहिले गाउँमा मिल स्थापना भएपछि जाँतो विस्थापितहुँदै गएको छ । अहिले गाउँघरमा १-२ घरमा मात्र देख्न सकिन्छ जाँतो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here