खानीखोलामा ‘दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता’ हुँदै

0
80

काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाले ‘दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता’ आयोजना गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले कात्र्तिक २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल र भलिबल समावेश गरिएको जानकारी दिए ।

अध्यक्ष थिङका अनुसार गाउँपालिकाको खेलकुद विकास समितिका आयोजनामा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात गर्दै खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । उनले दोस्रो खानीखोला कप वडास्तरीय हुने बताए ।

खानीखोला गाउँपालिका खेलकुद विकास समितिका संयोजक प्रेम प्रकाश लामाले फुटबलमा विजेतासँगै द्वितीय र तृतीय हुने टिमले पुरस्कार स्वरूप क्रमशः ४० हजार रुपैयाँ, ३० हजार र २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने बताए ।

त्यस्तै भलिबल तर्फका प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन् । फुटबलमा प्रथम कपमा भन्दा यसपटक पुरस्कार राशी बढाउँदा भलिबलमा भने यथावत् राखिएको छ । प्रथम खानीखोला कपमा समावेश कराँते विधातर्फ पुरुष र महिला दुवै खेल दोस्रो कपमा भने हटाइएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक वडा अन्तर्गत्को टिमले २१ कात्र्तिकभित्र ३ हजार शुल्कसहित टिम दर्ता गरिसक्नु पर्नेछ । त्यस्तै गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक लामाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई गापाको टिममा समावेश गरिने बताए ।

उजुरीको लागि २ हजार ५ सय लाग्ने, विवाद सिर्जना गर्नेलाई स्वतः खेलबाट हटाइने
समिति संयोजक लामाले कुनै खेलाडीको उजुरी गर्नु परेमा नगद २ हजार ५ सय सहित आवश्यक प्रमाणहरू संलग्न गरेर मात्रै उजुरी दिनु पर्ने बताए । उनले अनावश्यक विवाद सिर्जना गर्ने टिमलाई आयोजकले स्वतः खेलवाट हटाउन सक्ने बताए ।

उनले एक वडाको खेलाडीहरू अन्य वडामा समावेश गर्न नपाइने र एक टिममा खेलाडी र कोच तथा व्यवस्थापक सहित १५ जनासँगै खेलाडीले अपशब्द तथा अस्लिल चरित्र देखाएमा स्वतः खेलबाट हटाइने गरी नियम समेत बनाएको बताए ।

अनुशासन उल्लंघन गर्ने खेलाडी वा टिमलाई खेलबाट निष्काशन गर्नुका साथै कुनै प्रकारको दावी विरोध परे अन्तिम निर्णय आयोजकको हुने उनको भनाइ छ ।

खेल नकआउट चरणमा खेलाइने प्रतियोगितामा टिम दर्ता गर्दा खेलाडीले स्थायी बसोबास गरेको परिचय खुल्ने कागजात (नागरिकता, मतदाता परिचय पत्र तथा खेलकुद विकास समितिको परिचय पत्र) आदि संलग्न राख्नु पर्नेछ समितिले जनाइएको छ ।

त्यस्तै खेलकुद विकास समितिले एक विधामा खेल खेल्ने खेलाडी अर्को विधामा खेल्न नपाउने जारी सुचनामा उल्लेख गरिएको छ । यसअघि एउटै खेलाडीलाई अन्य विधाको खेलमा पनि सहभागी गराएको थियो । यसअघि नयाँ वर्षको अवसर पारेर ‘प्रथम खानीखोला कप प्रतियोगिता’ आयोजना गरेको आयोजकले यसपटक भने तिहार तथा छठ पर्वको अवसरमा दोस्रो खानीखोला कप प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here