अनेमसंघ (क्रान्तिकारी) खानीखोला–५ को अध्यक्षमा यस्माली, अभियान प्रभावकारी

0
81

खानीखोला, काभ्रे : नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) खानीखोला गाउँपालिका वडा नम्बर ५ को वडा कमिटी गठन भएको छ । कमिटि पुर्व जनुमक्ति सेना समेत रहेकी टंकी माया यस्माालीको नेतृत्वमा गठन भएको हो ।

भेलामा माओवादी केन्द्र जिल्ला समन्वय सदस्य तथा खानीखोला गाउँपालिका समितिको अध्यक्ष अविरल जिम्बा, उपाध्यक्ष सिर्जना थिङ, सचिव राजन दाहाल, नेता बाबु लामा, अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेका अध्यक्ष विजय लामा लगायतको उपस्थिति रहेको थियो ।

अनेमसंघ (क्रान्तिकारी) खानीखोला–५ को वडा कमिटीको अध्यक्षमा यस्मालीसहित उपाध्यक्षमा पूर्ण साया स्याङ्तान, सचिवमा रिना थिङ, कोषाध्यक्षमा श्याम माया बल सर्वसम्मत चयन भएको छ ।

त्यस्तै सदस्यहरुमा ठुली माया लोप्चन, फुल माया गाले, चरी माया जिम्बा, सुजता लामा, वि माया लोप्चन, मंगली थिङ, सुन्तली स्याङ्तान, अती माया लामा, फुलमाया पहरी, लिला थिङ, सिता माया बल, राम माया गोले, विरानी माया थिङ, सविना तिमल्सिना, आशा बञ्जरा, संगिता सापकोटा, सिता लामा, प्रमिला स्याङ्तान, सन्ज बि.क, सेतीमाया पाख्रिन, सोमो माया स्याङ्तान, सुकुमाया थिङ, होइसल माया बल, रोशनी ठाडा मगर र सुनिता पहरी चयन गरेको छन् ।

माओवादी केन्द्र खानीखोलाको उपाध्यक्ष थिङको अनुसार २९ सदस्यी कमिटी चयन गरेकोमा ३ जना पछि थप गरिने छ ।

उक्त वडामा अनेमसंघ (क्रान्तिकारी), वाइसियल लगायतको वडा स्तरीय तथा टोल स्तरीय कमिटी समेत गठन भइसकेको छ ।

जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान, जनजनमा माओवादी घरघरमा माओवादी ३ महिने अभियान समेत प्रभावकारी देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here