Friday, September 29, 2023
Homeकाभ्रे फोकससमाजसेवी थापाको पहलमा धुलिखेल र पनौतीको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

समाजसेवी थापाको पहलमा धुलिखेल र पनौतीको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका र पनौती नगरपालिकाको गरी दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् । नेकपा (माओवादी केन्द्र)को युवा नेता तथा वाइसिएल नेपाल बागमती प्रदेश सदस्य श्रीराम थापाको पहलमा धुलिखेल–५ स्थित् श्रीखण्डपुर शहरी स्वास्थ केन्द्र र पनौती–४ को टौखाल स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

समाजसेवी थापको पहलमा नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, काठमाडौँबाट प्राप्त ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर ४ वटा, पल्स अक्सिमिटर १० वटा, १० थान थर्मल गनसँगै ग्लोब्स, फेस शिल्ड लगायत सहयोग गरेका छन् । उनका अनुसार दुई स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर २\२ वटासहित सिटामोल ५ हजार चक्की, आइरन चक्की ४८ हजार, सर्जिकल माक्स ६ हजार थान र एन ९५ माक्स २ हजार थाननाबी मलम, पीपीइ सेट २० सेट लगायतका सामाग्री उपलब्ध गरेको छ ।

स्वास्थ्य सामाग्री धुलिखेल नगरका तरुण दलका उप–सभापति भीमसेन थापाले स्वास्थ्य सामाग्रीको लागि समन्वयमा धुलिखेल–५ को वडा अध्यक्ष प्रमोद श्रेष्ठ, वडा सदस्यहरु भुवन श्रेष्ठ, सर्जना खड्की लगायतको उपस्थितिमा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका थिए । त्यस्तै पनौतीको टौलाख स्वास्थ्य चौकीलाई सोही वडाका वड अध्यक्ष दिपक प्रसाद दाहालको उपस्थिति तथा स्थानीय संगम थापा समन्वयमा स्वास्थ्य सामाग्री हस्तान्तरण भएको थियो ।

धुखिलेख निवासी युवा नेता तथा समाजसेवी थापाको पहलमा यसअघि धुलिखेला–४ सँगै सहरी स्वास्थ्य चौकी र सुब्बागाउँ स्वास्थ चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ । त्यसैगरी समाजसेवी थापाले व्यक्तिगत रुपमा समेत विकट डाँडापारि क्षेत्रका खुशी समाज युवा क्लवसहित विभिन्न क्लव तथा समाजिक संस्थालाई खेलकुद, शैक्षिक र स्वास्थ्य सामाग्री सहयोग गर्दै आइरहेको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular