पनौतिमा तामाङ मुक्ति मोर्चा गठन, अध्यक्षमा विष्णु

0
238

पनौती, काभ्रे : नेकपा माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा पनौती नगरपालिका–११ को वडा कमिटी गठन भएको छ । शनिबार नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा पनौती नगरको ३ महिने विशेष रुपान्तरण अभियानका इन्चार्ज दिनेश महर्जनको प्रमुख अतिथ्यातामा मोर्चा गठन भएको हो ।

कार्यक्रममा केन्द्रिय सदस्य तथा पनौती नगरको ३ महिने विशेष रुपान्तरण अभियानका इन्चार्ज महर्जनले पहिचानसहितको ताम्सालिङ राज्य स्थापनाका लागि पार्टीले मुद्दा नछोडेको हुँदा सम्पुर्ण तामाङ समुदायले यो महत्वपुर्ण अवसरलाई गुमाउन नहुने बताए ।

मान बहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोर्चाको नगर अध्यक्ष हस्त बहादुर तामाङ, उपाध्यक्ष सन्त बहादुर तामाङ, पार्टी जिल्ला सदस्य रमेश हुमागाईं लगयातको उपस्थिति रहेका थिए ।

भेलाबाट मोर्चाको पनौती–११ को अध्यक्षमा विष्णु तामाङ, उपाध्यक्षमा शंखर तामाङ, सचिवमा चन्द्रकुमार तामाङ, कोषाध्यक्षमा सुकुमाया तामाङ चयन भएको छ । त्यस्तै सदस्यहरुमा नानी तामाङ, फौदे तामाङ, ठुलीमाया तामाङ, बाबुलाल तामाङ र विन्दा तामाङ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here