काभ्रे : नेकपा माओवादी केन्द्रले आज सार्वजनिक कार्यक्रम नगर्ने भएको छ । ‘जनतासँग माओवादीः विशेष रुपान्तरण–जनजनमा माओवादी, घरघरमा माओवादी’ ३ महिने अभियानका आन्तरिक कोठाहरुमा गरिने बैठक र छलफलहरु बाहेकका सार्वजनिक कार्यक्रमहरु नगर्न पार्टी केन्द्रले अनुरोध गरेका छन् ।
अनुरोधमा भनिएको छ, ‘संबिधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको राजकिय सम्मानका साथ अन्त्यष्ठी गरिने र नेपाल सरकारले सार्वजनिक विदा समेत घोषणा गरेको यस शोकपुर्ण सन्दर्भमा हाम्रो पार्टीले संचालन गरिरहेको अभियानका आन्तरिक कोठाहरुमा गरिने बैठक र छलफलहरु बाहेकका सार्वजनिक कार्यक्रमहरु २८ गतेका लागी स्थगित गरी श्रद्धा ब्यक्त गर्नु हुन पार्टी केन्द्रको आदेश अनुसार अनुरोध गरिन्छ ।’
आज संविधानसभा अध्यक्ष नेम्वाङको राजकिय सम्मानका साथ पशुपतिमा अन्त्यष्ठी गरिदै छन् । उनलाई अन्तिम श्रद्धान्जली दिनको लागि एमालेसँगै विभिन्न नेता कार्यकर्ताहरु पशुपत्रि पुगेका छन् ।