अनेससंघ (क्रान्तिकारी) पनौतीद्धारा तिज कार्यक्रम, माओवादी पहिलो पार्टी बन्ने पम्फाको दाबी

0
132

पनौती : काभ्रे जिल्लाको पनौती नगरपालिकामा तिज कार्यक्रम सम्पन्न भएको छ । बुधबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पनौती नगर समितिद्धारा तिज कार्यक्रम आयोजना गरेका छन् ।

तिज कार्यक्रम नेकपा माओवादी केन्द्रको केन्द्रीय उपाध्यक्ष पम्फा भुसालको प्रमुख अतिथ्यातामा सम्पन्न गरेका हो । ‘जनतासँग माओवादीः विशेष रुपान्तरण जनजनमा माओवादी, घरघरमा माओवादी’ अभियानकै बिच तिज कार्यक्रम गरेको आयोजकले जनाइएको छ ।

कार्यक्रममा उपाध्यक्षा भुसालले महिला गृहणीको रुपमा मात्रै समिति नभई समाजिक तथा राजनितिक क्षेत्रमा पनि अग्रस भएर नागरिकको सेवा अघि बढ्नु पर्नेमा जोड दिईन् ।

उनले माओवादी विचारमा रहेका सम्पूर्ण जनता तथा पार्टीहरू एकताबद्ध भएर अगाडि बढेकाले अब प्रचण्ड नेतृत्वको पार्टी एक नम्बरको बन्ने बताईन् । उनले भनिन्, ‘माओवादी एकताबद्ध भएको छ, परिवर्तनको नेतृत्व गर्ने माओवादी नै हो भन्ने प्रमाणित भएकाले अब माओवादी एक नम्बरको पार्टी हुन्छ ।’

उपाध्यक्ष भुसालले पार्टीलाई व्यवस्थित गरेर लैजानका लागि स्पष्ट खाका तय गरी ३ महिने विशेष रुपान्तरण अभियान सुरु गरेको बताइन् । उनले माआवादीले तय गर्ने समाजवादले देश विकासको आधार तयार गर्ने जिकिर गरिन् । प्रतिगमन र प्रतिक्रान्तिकारीविरुद्ध सक्रिय भएर लाग्नुपर्ने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here