Friday, September 22, 2023
Homeकाभ्रे फोकसबनेपामा सुमोको ठक्करबाट मण्डनदेउपुरका ५५ वार्षिया ढाकाल घाइते

बनेपामा सुमोको ठक्करबाट मण्डनदेउपुरका ५५ वार्षिया ढाकाल घाइते

काभ्रे : अरनिको राजमार्ग अन्तर्गत बनेपाको पुरानो तरकारी बजारमा सुमोको ठक्करबाट एक जना पैदल यात्री घाइते भएका छन् ।

घाइते हुनेमा मण्डनदेउपुर नगरपालिका वडा नम्बर ५ घर भएका अन्दाजी ५५ वर्षीय नेत्र प्रसाद ढकाल घाइते भएको प्रहरीले जनाएको छ ।

बनेपाबाट धुलिखेलतर्फ जादै गरेको ना १ ज ५६६१ सुमोले बाटो काड्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको हो ।

घाइते ढकाललाई उपचारका लागि शिर
मेमोरियल अस्पताल पठाएको छ । ढकालको दुबै खुट्टा फ्रयाक्चर भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular