Friday, September 29, 2023
Homeप्रदेशप्रदेश ३अभियान सँगै पार्टी प्रवेश गर्नेको लहर बेथानचोकमा

अभियान सँगै पार्टी प्रवेश गर्नेको लहर बेथानचोकमा

काभ्रे : जनतासँग माओवादी विशेष रूपान्तरण अभियान “जनजनमा माओवादी‚ घरघरमा माओवादी” भन्ने मुल नाराको साथ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेथानाचोक गाउँ समितिको पहलमा शनिबार बेथानचोकको विभिन्न ऐतिहासिक मन्दिर खानेपानिको मुहान खेलमैदान लागाएतको विभिन्न ठाउँमा सरसफाइमा जुटेको छ ।

माओवादीले हिजो देशैभरी अभियान चलाएकोमा काभ्रेको बेथानचो्कमा पनि अभियानहरू चलाउने क्रममा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य राजु आले मगर बेथानचोक गाउँपालिका पार्टी अध्यक्ष एवं गाउँपालिका  उपाध्यक्ष ताराराना तिमल्सिना र पार्टीका जिम्मेवार व्यक्तित्वहरुको उपस्थितिमा बेथानचोक ५ को कामिडांडामा रहेको खेल मैदान सरसाफाई गरिएकोे थियो ।

बेथानचोक ३ मा श्री कृष्ण गोपाल माध्यामिक बिद्यालयमा  खानेपानी व्यवस्थापन गरी जनताको सुखादुखामा साथ र प्रत्येक जनताको घरघरमा सामाजीक, आर्थिक तथा जनताको जनजिविकाको सवालमा पार्टी सधै जनताको साथमा रहने प्रतिवद्धता गरि उद्घाटन गरिएको थियो ।

वडा नंं ४ मा सोही वडाका वडा अध्यक्ष कृष्ण बहादुर लामाको आतिथ्यमा गणेश मन्दिर असपास सरसफाइ गर उद्घाटन गरि सम्पन्न गरिएको थियो ।
वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य राजु आले मगर, प्रदेश सदस्य आाइते सिं तामाङ, पालिका समिति अध्यक्ष राम शरण तिमल्सिना र वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिना, प्रहरी, शिक्षक लगायतले बेथानचोक २ को गेल्डुङ् बजार सरसफाई गरिएको थियो ।

वडा नम्बर १ मा गोरेटोबाटो मर्मत तथा बाघभैरब बिद्यालयको चौर सरसफाइ गरिएको थियो ।

बेथानचोक वडा नम्वर ६ मा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य राजु आले मगर एवं बेथानचोक गाउँपालिका पार्टी अध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष ताराराना तिमल्सिनाको प्रमुख आतिथ्यमा पारिटोल शिव पार्वती मन्दिर सरसफाई गरि उद्घाटन गरिएको थियो । अभियान सँगै पार्टी प्रवेश गर्नेको लहर पनि चलेको छ । विगतमा विभिन्न पार्टी पार्टीपरित्याग गरेकाहरु पनि फेरि पनि आफ्नै पार्टीमा फर्केका छन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular