दोलखाका बुढाथोकी काभ्रेको बेथानचोेकमा शंकास्पद मृत्यु

0
370

काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिका ढुंखर्कमा दोलखाका एक पुरुषको शंकास्पद मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेलुङ गाउँपालिका–१ पवटीका अन्दाजी ३५ वर्षिय निर्मल बुढाथोकी रहेको छ ।

बेथानचोक गाउँपालिका वडा नम्बर २ को च्यामरङ्वेशी वडा नम्वर १ जानेबाटोमा रहेको सिन्का फ्याकट्री नजिकैको सिंचाईको नहरमा मृत अवस्थामा फेला परेको काभ्रेपलञ्चोकका प्रहरी निरिक्षक प्रकाश पौडेलले जानकारी दिएको छ ।

 

काठमाडौंमा बस्दै आएका बुढाथोकी काभ्रेपलाञ्चोकको ढुङखर्कमा मृत अवस्थामा फेला परेका छन् । घटना शंकास्पद रहेकाले थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक पौडेललेजानकारी दिएको छ । उनको शव अहिले पोष्टमर्टमका लागि धुलिखेल अस्पतलमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here