Friday, September 22, 2023
Homeकाभ्रे फोकसबेथानचोकमा दुधमा अनुदान र उत्कृष्ट किसानलाई सम्मान गरेको छ

बेथानचोकमा दुधमा अनुदान र उत्कृष्ट किसानलाई सम्मान गरेको छ

बेथानचोक काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिकामा वाग्मती प्रदेशले ल्याएको अनुदान कार्यक्रमबाट वेदप्रसाद पनि लाभान्वित भएका छन् । उत्पादनको आधारमा अनुदान कार्यक्रम अर्न्तगत वाग्मती प्रदेशले दूग्ध किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५६ पैसा प्रदान गर्दै आएको छ । वार्षिक ४६ सय लिटर दूध उत्पादन गर्दै आएका उनले अनुदान स्वरुप १६ हजार रुपैयाँ प्राप्त गरेका छन् ।यसका साथै गाउँका उत्कृष्ट किसानको रुपमा सम्मानित भए ।

 

पशुपालन र दूध उत्पादनको पुर्खौली पेशाले नयाँ रुप लिदै आएको छ । गाउँघरमा उत्पादन भएको दूध पहिले बजारमा बिक्रीका लागि लगिँदैनथ्यो । त्यो समयमा व्यावसायिक रुपमा पशुपालन नहुने भएकाले पनि उत्पादित गाउँघरमै खपत हुने गरेको थियो । त्यतिबेला अहिलेजस्तो बजार नजिक थिएन त्यो बेला मोटरबाटो खुलेको थिएन भने दूध बेच्नको लागि खोपासी, बाँसडोलसम्म पुग्नुपर्थ्यो ।

 

त्यस्तै, गाउँपालिकाकै अर्का किसान राजेन्द्र दंगाल, जसले पालिकाभरमै धेरै अनुदान पाएका छन् । उनले ५० हजार ७ सय २४ रुपैयाँ पाएका छन् । उनले वार्षिक १४ हजारभन्दा बढी लिटर दूध उत्पादन गर्दै आएको बताए ।

बेथानचोक गाउँपालिकाबाट १ सय ९६ जना र पनौती नगरपालिकाबाट ९९ जना गरी २९५ जनाले ३७ लाख ४८ हजार ५८३ रुपैयाँको अनुदान पाएको बेथानचोक गाउँपालिका–२ का वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले बताए । उनका अनुसार, वाग्मती प्रदेशको उत्पादनको आधारमा अनुदान कार्यक्रम अन्तर्गत पालिकामा सञ्चालित आधुनिक कृषि सहकारी संस्था र थानी महाँकाल डेरी उद्योगको सहकार्यमा दूग्ध किसानलाई अनुदान तथा उत्कृष्ट किसानलाई सोमबार सम्मान गरिएको हो । सहकारीमा आबद्ध किसानमध्ये उत्कृष्ट १० जना दूग्ध किसानलाई २० लिटरको क्यान प्रदान गरी गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले सम्मान गरेका थिए ।

 

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले पालिकाले उत्पादन वृद्धिका विभिन्न कार्यक्रमहरु गर्दै आएका बताए । दूग्ध उत्पादन गर्दै आएका किसानलाई गाईगोठदेखि दूध राख्ने भाँडाकुँडाहरु सफा राख्न पालिका अध्यक्ष अधिकारीले आग्रह गरे ।

‘मानिसको स्वास्थ्यभन्दा ठूलो कुरा अरु केही हुँदैन,’ उनले भने, ‘स्वस्थ्य शरीरका लागि हाम्रो गाईगोठबाट उत्पादन भएको दूध स्वच्छ हुनुपर्छ, त्यसकारण पनि सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

त्यस्तै, कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले लम्पी स्किन रोगुले पशु किसानलाई धेरै प्रभाव परेको बताइन् । उनका अनुसार, लम्पी स्किनको संक्रमणबाट प्रभावित किसानलाई पालिकाले राहतको कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिना, गाउँपालिकाको वडा नं ३ का वडा अध्यक्ष कुबेर ढकाल, वडा नं ४ का वडा अध्यक्ष कृष्णबहादुर पाख्रिन, वडा नं ३ का पूर्व वडाअध्यक्ष दिलबहादुर श्रेष्ठ लगायतले यस प्रकारको अनुदान तथा सम्मान कार्यक्रमले किसानलाई थप उर्जा समेत मिलेको बताए ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular