Friday, September 29, 2023
Homeकाभ्रे फोकसबेथानचोक नारायण आधारभुत विद्यालयमा पुर्व विद्यार्थीले गरे शैक्षिक सामाग्री वितरण

बेथानचोक नारायण आधारभुत विद्यालयमा पुर्व विद्यार्थीले गरे शैक्षिक सामाग्री वितरण

बेथानचोक काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्वर ३ स्थित बेथानचोक नारायण आधारभुत विद्यालयमा अध्यान गरेको पुर्व विद्यार्थीहरुले त्यसै विद्यालयमा अध्यान गर्ने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

शैक्षिक समाग्री वितरण गर्नेमा बेथानचोक नारायण आधारभुत विद्यालयमा अध्यान गर्ने पुर्व विद्यार्थीहरु मिना घिमिरे, विनोद घिमिरे, हरिहर फुयालर राजेन्द्र दुलालद्धारा शैक्षिक सामाग्री वितरण गरिएको थियो । शैक्षिक सामाग्री विद्यालयमा धेरै नै आवस्यक पर्ने सामाग्रीहरु कपि, कलम,छाता, ज्यामिति बक्स लगाएतको सामाग्री वितरण गरिएको थियो ।

बेथानचोक नारायण आधारभुत विद्यालयमा अध्यान गर्ने पुर्व विधार्थीले विद्यालयमा अध्यान गर्ने विद्यार्थीलाई केहि मात्रामा रहत पुगोस भनेर शैक्षिक सामाग्री वितरण गरिएको र यसले सोहि विद्यालयमा अध्यान गर्ने विद्यार्थीलाई धेरै मात्रामा सहायोग पुग्ने समेत वताएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बेथानचोक गाउँपालिका प्रमुख भगवन अधिकारी विशेष अतिथि सोहि वडाका वडा अध्यक्ष कुबेर ढकाल विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहोन कृष्ण तिमल्सीना विभिन्न पार्टीका नेताहरुको बक्लो उपस्थिति रहेको थियो ।

 

RELATED ARTICLES

follow us

FansLike

Most Popular