Friday, September 29, 2023
Homeकला/साहित्यतामाङ प्रसारण दिवसमा देखिएका अनेक दृश्य (फोटोफिचर)

तामाङ प्रसारण दिवसमा देखिएका अनेक दृश्य (फोटोफिचर)

काठमाडौँः शुक्रबार तामाङ पत्रकार संघ संघिय समितिद्धारा २९ औं तामाङ प्रसारण दिवस मनाइएको छ । सोही अवसर पत्रकार संघले ह्याङ्ला काई (हाम्रो आवाज) पुस्तक विमोचनसँगै तामाङ मिडिया अवार्डले दुई पत्रकारलाई सम्मान गरेको छ ।

रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रशारण भएको २९ औं वर्षगाँठको अवसरमा तामाङ पत्रकार संघले दुई जना पत्रकारलाई आज सम्मानित गरेको छ ।

तामाङ समुदायले २०५१ भदौ १ गते तत्कालीन सरकारले रेडियो नेपालबाट तामाङसहित, थारू, नेवा, गुरुङलगायतका भाषाका समाचार रहेका थिए । सोही दिनलाई यी समुदायले प्रशारण दिवसको रुपमा मनाउँदैआएका छन् ।

कार्यक्रममा ‘तामाङ मिडिया अवार्ड २०८०’ बाट धनकुटाका पत्रकार सन्तवीर लामा तामाङ र काभ्रेकी मायालु तामाङ सम्मानित हुनुभयो । नगद पाँच हजार राशी र सम्मानपत्रले दुवै जना पत्रकार सम्मानित हुनुभएको हो । पत्रकारद्वयलाई बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइँमन्त्री तीर्थबहादुर लामा तामाङले सम्मानित गरेका थिए ।

मन्त्री लामाले तामाङ समुदायसहित आदिबासी समुदाय अझै राज्यको मूलधारमा पुग्न नसकेकाले प्रयास जारी राख्नुपर्ने बताए । तामाङ पत्रकार संघ संघीय समितिका अध्यक्ष सुवास योञ्जनको सभापतित्वमा भएको कार्यक्रममा भाषा आयोगका सदस्य अमृत योन्जन तामाङ, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, मानवशास्त्री डा. मुक्तसिंह तामाङ, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, संघका संस्थापक अध्यक्ष रविन्द्र तामाङ, सम्मानित व्यक्तित्व सन्तवीर लामा, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, पत्रकार प्रतीक तामाङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सञ्चु ब्लोन, संघका वरिष्ठ उपाध्यक्ष बुद्ध योन्जन, फूलकुमार बम्जन, नेत्र तामाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular