मिनिट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गिरीको मृत्यु

0
72

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका–४ अरनिको राजमार्गस्थित मिराबेलचोकमा मिनिट्रकले मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक प्युठानको धर्मवती गाउँपालिका( ७ बस्ने अन्दाजी २७ बर्षीय सुरज गिरी रहेको छ । गम्भीर घाइते गिरीलाई धुलिखेल अस्पताल पठाएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

धुलिखेलबाट बनेपातर्फ जादै गरेको बा २ क २०१९ नम्बरको मिनिट्रकले बिपरित दिशाबाट आउदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई ठक्कर जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाइएको छ ।

त्यस्तै प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल, मिनिट्रक र सोको चालक जिल्ला प्रहरी कार्यालय काभ्रेमा रहेको छ ।

पछिल्लो केही दिन यता काभ्रेमा हरेक दिन जसो दुर्घटना बढिरहेको छ । यसले राजमार्ग कति सुरक्षित बन्ने प्रश्न उठेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here