Friday, September 29, 2023
Homeकाभ्रे फोकसमहाभारतमा कांग्रेस जुट्दै, गाउँ कार्यसमितिको बैठक सम्पन्न

महाभारतमा कांग्रेस जुट्दै, गाउँ कार्यसमितिको बैठक सम्पन्न

काभ्रेः जिल्लाको महाभारत गाउँपालिकामा नेपाली कांग्रेस जुट्न थालेको छ । कांग्रेस महाभारत गाउँपालिकाले अगुवा नेता कार्यकर्ता सहितको गाउँ कार्यसमितिको बैठक समेत बसेका छन् ।

मंगलबार काभ्रे प्रतिनिधिसभा १ को प्रदेश सभा २ का प्रचारप्रसार संयोजक विकास योञ्जनले कांग्रेस काभ्रेको जिल्ला सदस्य सन्तबहादुर योञ्जनको प्रमुख अतिथ्यतामा सम्पन्न भएको जानकारी दिए ।

उनले आन्तरिक विशेष अभियान अन्तर्गत भएको कार्यक्रम कांग्रेस महाभारत गाउँपालिकाको सभापति सागर लामाको अध्यक्षतामा भएको थियो । लामा महाभारत गाउँपािलकाको उपाध्यक्ष समेत हुन् ।

कार्यक्रममा महाभारतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । कार्यक्रममा प्रमुख अतिथि योञ्जनले महाभारत कांग्रेस जुट्दै र अघि बढ्दै गरेकामा खुशी व्यक्ति गरे ।

महाभारतमा पछिल्लो समय कांग्रेसको कर्याकर्ता बढ्दै गएको गाउँ कार्य समितिले जनाइएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular