काभ्रे : ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरिक्षक रेशम बोहोराले सोमबार बनेपा–८ प्राधिकरणचोक नजिकै रहेको तलापुखुफु पोखरीमा एक व्यक्तिको शव डुबेको अवस्थामा फेला परेको जानकारी दिए ।
डिएसपी बोहोराले शव रोशी गाउँपालिका–५ सिसाखानीको ३४ वर्षीय धर्म सिं तामाङ हुन सक्ने बताए । उनका अनुसार मृतकको साथबाट नागरिकता भेटिएको छ । तव नागरिकतामा नाम उल्लेख गरेको व्यक्ति नै मृतक हो कि होइन भन्ने बारे यकिन हुन भने सकेको छैन ।
डिएसपी बोहोराले मृतकको पहिचानको लागि नागरिकतामा नाम उल्लेख गरिएको व्यक्तिको आफन्तलाई खबर गरेको बताए । उनले आफन्त आइपुगेपछि मात्रै नागरिकतामा उल्लेख भएको नामको व्यक्ति नै मृतक हो वा होइन यकिन हुने बताए ।
मृत व्यक्ति पोखरीमा घोप्टो अवस्थामा फेला परेको थियो ।