काभ्रे : जिल्लाको साबिक शंखुपाटी चौर गाबिस वडा नं. ५ एक्लेखेत हाल धुलिखेल नगरपालिका वडा नम्बर १२ निवासी गर्बु तामाङको नाति सिंह ध्वोजको जेठो छोरा हर्क बहादुर तामाङ २०१५ सालदेखि घर परिवार छोडी ब्यपत्ता रहेको थियो । अहिले ६७ बर्ष पछि ९४ बर्षको उमेरमा आफ्नो जन्म थलो सम्जि घर फर्किएको छ ।
हर्क बहादुर आफनो घर छोडी भारत को सिलगुडीमा बस्दै आएको तामाङ्ले बताएको छ । भारतको सिलगुडीमा तामाङ भारतीय सेनामा (B.F.S) फोर्समा जागिर खाई रिट्रायर समेत भईसकेको छ । तामाङले भारतमा दोश्रो विवाह समेत गरि उनको तीन छोरा दुई छोरी समेत रहेको र जेठी छोरीको निधन भैसकेको भने बाकी तीन छोराहरुमा जेठो छोरा र कान्छा छोरा आर्मीमा जगिर खाइरहेका छ । माईलो छोरा आर्मी हुन नसके पछि अहिले कुकमा हेट सेफको काम गरि रहेको छ ।
हर्क बहादुरले पहिलो विवाह नेपालमा गरिसकेको र उनको श्रीमतीको पेटमा छ महिनाको बच्चा हुँदा उनी घर छोडी गएको थियो अहिले उनको नेपालमा पनि जेठो छोरा रहेको छ । जेठो छोरा को नाम नवल बहादुर तामाङ रहेको छ । आहिले नवल बहादुरको आमा हर्क बहादुरको जेठी श्रीमतीको मृत्यु भै सकेको छ । अहिले नवल बहादुरको उमेर ६७ वर्ष पुग्दा आफ्नो बुवा आफ्नो घर आयपछि धेरै खुशी रहेको छ । आफनो छोराले यत्रो वर्ष सम्मा पनि आफनो बुवा रहेको खवर नपाएपछि माया मारिसकेको थियो अचानक ६७ वर्ष पछि आफनो बावुु आउदा धेरै खुसि समेत भएको छ । अहिले उनिहरु धुलिखेल नगर पालिका वडा नं. १२ मा बसोबास गर्दै आइरहेको छ ।