आर्शु स्मृतिको साथ, दर्जन बढीको ज्यान बचाउन सफल

0
121

काभ्रेः आर्शु स्मृति प्रतिस्ठानको पहिलो वार्षिक साधारणसभा जिल्ला समन्वय समिति काभ्रेको संयोजक दिपक कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त साधारण सभामा प्रतिष्ठानको पहिला तथा सहयोगमा दर्जन बढीको ज्यान बचाउन सफल भएको प्रतिवेदन प्रस्तुत गरिएका छन् ।

कार्यक्रममा संस्थाको संस्थाको संरक्षक समेत रहनु भएका समाजसेवी तथा युवा नेता राजन अधिकारीले वार्षिक प्रतिबेदन प्रस्तुत गर्ने क्रममा १ वर्षमा भए गरेका गतिविधिमा दर्जन बढीको ज्यान बचाउन सफल भएको उल्लेख गरिएको हो । उनले सोही क्रममा आगामी दिन यस कार्यलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा संयोजक गौतमले एक वर्षमा गरेको कामको प्रशंसा गर्दै आफु र कार्यालयको तर्फबाट आर्शु स्मृति प्रतिस्ठानलाई सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सहयोग गर्न सम्पत्ति भन्दा मानवता हुनु पर्ने बताए । उनले भने, ‘प्रतिष्ठनले सबै आर्थिक अवस्था कमजोर भएकाहरुलाई गरेको सहयोगप्रति व्यक्ति गर्छु ।’

धुलिखेल नगरपालिका नगर प्रमुख निराजन जंगमले प्रतिस्ठान काभ्रे जिल्लाकै उदाहरणीय समाजिक संस्था बनेको दाबी गरे । प्रतिष्ठानको पहलमा खानीखोला गाउँपालिका वडा नं. ७ निवासी नसा च्यापिएका आर्थिक अभावले उपचार हुन नसकेका बासुदेव पुलामीको निःशुल्क उपचार भएको थियो ।

त्यस्तै प्रतिष्ठानको प्रतिवेदनमा पाँचखाल नगरपालिका वडा नं. ३ निवासी मुखको समस्यका कारण उपचार अभावमा रहेको केदार अधिकारी, धुलिखेल–९ निवासी राम बहादुर खत्री, ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं. ६ का प्रकाश लुइँटेल, भुम्लु गाउँपालिका–७ स्थायी घर भई बेथानचोक नारायणस्थानमा भिरमा लडेर घाइते भएर आर्थिक अभावमा उपचार हुन नसकेको गोकुल खडकाको निशुल्क उल्लेख छ ।

सहयोग गरेका मध्ये सिन्धुलीको कमलामाई नगरपालिका–४ निवासी स्व. बिना तोलागे उपचार प्रयास भने असफल भएको प्रतिष्ठानले जनाइएको छ ।

संस्थाको अध्यक्ष रुपेश काफ्लेले संस्थाले बिरामीहरु बचाउनको लागि भिविन्न समयमा नगद सहयोगसँगै बालबालिकाहरुलाई कम्प्युटर सेट, खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण, रक्तदान, देउसी भैलो कार्यक्रम लगायत काम एक वर्ष भित्र गरिसकेको जानकारी दिए ।

कार्यक्रममा जिसस प्रमुख गौतमसहित इलाका प्रहरी कार्यालय बनेपाको प्रमुख रेशम बोहोरा, बनेपा–८ को वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, धुलिखेल अस्पतालका शंकर श्रेष्ठ, नव जीवन परोपकार संस्थाको अध्यक्ष, परिवर्तनको लागि हामी संस्थाका भुमिका रसाइली, सिद्धार्थ कलेजका प्रधानाध्यापक गुन्ज प्रसाद लुइँटेल, एबिएम स्कुलको प्रधानाध्यापक राम प्रसाद तिमल्सिना , ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रधानाध्यापक, मानव अधिकारकर्मी भोजराज तिमिल्सिना लगायत निशुल्क उपचार गरिएका परिवारको सदस्यहरु सहभागी रहेका थिए ।

संस्थाको अध्यक्ष सुस्मिता न्यौपानेको सभापतित्वमा कार्यक्रमको सञ्चालन संस्थाको संरक्षक रोहित दंगालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here