Friday, September 29, 2023
Homeकाभ्रे फोकसकाभ्रेमा सन्चारिका समूहको अध्यक्षमा सुनिता सापकोटा

काभ्रेमा सन्चारिका समूहको अध्यक्षमा सुनिता सापकोटा

बनेपा काभ्रे :  काभ्रेमा सञ्चारिका समूहको अध्यक्षमा सुनिता सापकोटा निर्बिरोध चयन भएको हो । नेपाल पत्रकार महासंघ काभ्रेको अध्यक्ष बद्रीराज तिमल्सिनाको अध्यक्षतामा शनिवार एक कार्यक्रमको आयोजना गरि समुह गठन गरेको हो ।

 

नेपाल पत्रकार महासंघका उपाध्यक्ष समेत रहेकी सापकोटा निर्बिरोध अध्यक्षमा चयन भएकी हुन । त्यस्तै उपाध्यक्षमा सम्झना हुमागाई, महासचिवमा ज्योती श्रेष्ठ, सचिवमा अञ्जली तामाङ, कोषाध्यक्षमा मालती कुवर तथा सदस्यहरुमा सीता काफ्ले, बिपाशना शाक्य, काजल तामाङ, सोभा हुमागाई चयन भएका हुन ।

 

संचारिका समूह नेपालका अध्यक्ष बिमला तुम्खेवाको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संचारिका समूहका केन्द्रीय सदस्य राधा खनाल र भगवती तिमल्सिना, महासंघका पुर्व अध्यक्ष इश्वोरी ओझा र महेश पौडेल, प्रेस युनियनका केन्द्रीय सदस्य कपिल कोइराला, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य बुद्द कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष बिनोद न्यौपाने, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, तामाङ संचार समूहका अध्यक्ष अञ्जली तामाङ लगयतले नवनिर्वाचित
कार्यसमितिलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा संचारिका समूह काभ्रेको अध्यक्ष सापकोटाले पत्रकार महिलालाई थप सशक्त र एकजुट बनाउनका लागि काभ्रेमा संचारिका समूह गठन गरिएको जानकारी दिइन ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular