Friday, September 29, 2023
Homeराजनीतिओलीलाई विश्वप्रकाशको चेतावनीः इतिहास बङ्ग्याएर भ्रम नछर्नु

ओलीलाई विश्वप्रकाशको चेतावनीः इतिहास बङ्ग्याएर भ्रम नछर्नु

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वीपी कोईरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसमर्पणवादी भनेपछि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवाद गरेका छन्।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित तुल्सीलाल अमात्यको २६औँ स्मृति दिवसमा अध्यक्ष ओलीले वीपीले भारत निर्वासनमा बस्न नसकेपछि नेपाल फर्किएर राजासँग आत्मसमर्पण गरेको टिप्पणी गरेका थिए ।

राजासँग आत्मसमर्पण गरेको कुरालाई राष्ट्रिय मेलमिलाप नीति भन्ने गरिएको उनको जिकिर थियो। सोही अभिव्यक्तिलाई लिएर महामन्त्री शर्माले आपत्ति जनाएका हुन् ।

उनले एमाले अध्यक्ष ओलीले वीपी कोईरालाको बारेमा राष्ट्रिय मेलमिलाप नीतिप्रति लक्षित अभिव्यक्ति प्रतिक्रिया योग्य नरहेको बताए । उनले अध्यक्ष ओलीले कुनै पनि सार्वजनिक कार्यक्रममा अरुको बारेमा तिक्तता नपोखी वक्तव्य टुंग्याए नेपाली समाजले अनौठो मान्नुपर्ने स्थिति आइसकेको बताए।

महामन्त्री शर्माले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्ति सुसंस्कृत हुन नसकेको बताए। वीपी कोईरालाले २०३३ सालमा लिनुभएको राष्ट्रिय मेलमिलापाको नीतिप्रति एमालेको संस्थागत बुझाई यही हो ? भन्दै प्रश्न गरे ।

उनले वीपी कोईरालाले बनाएको बाटोमै अहिले नेपालको कम्युनिष्ट आन्दोलन अघि बढिरहेको दावी गरे। उनले वीपीले नै कोरिरहेको बाटोमा नेपालको कम्युनिष्ट आन्दोलनलाई बहुदलीय जनवादमार्फत रुपान्तरण गर्दै लिएर आउने तर वीपीमाथि नै औँला उठाउने प्रकारको व्यवहार गलत भएको बताए ।

इतिहासलाई बङ्ग्याउनेभन्दा इतिहासप्रति समर्पित हुने शिक्षा पछिल्लो पुस्तालाई दिन जरुरी रहेको उनले बताए।

RELATED ARTICLES

follow us

FansLike

Most Popular