Friday, September 29, 2023
Homeप्रदेशप्रदेश ५२ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै सुदूरपश्चिममा सरकारले पायो पूर्णता

२ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै सुदूरपश्चिममा सरकारले पायो पूर्णता

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार विस्तार गर्दै मन्त्रीमण्डललाई पूर्णता दिएका छन्। शाहले आज (बुधबार) २ मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्दै सरकारलाई पूर्णता दिएका हुन्।

शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएको सचिवालयले जनाएको छ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको छ। नवनियुक्त मन्त्रीहरुको अहिले ६ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम राखिएको छ।

आन्तरिक मामिला मन्त्रीमा नियुक्त भएका भट्ट बैतडीको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए भने चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ख बाट निर्वाचित भएका थिए।

माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका हुन्।

RELATED ARTICLES

follow us

FansLike

Most Popular