Friday, September 29, 2023
Homeकाभ्रे फोकसछात्रालाई यौन दुव्यवहार गर्ने शिक्षक गौतमलाई कार्वाही गर्न अनेम संघ (क्रान्तिकारी)को माग

छात्रालाई यौन दुव्यवहार गर्ने शिक्षक गौतमलाई कार्वाही गर्न अनेम संघ (क्रान्तिकारी)को माग

पनौती, काभ्रे : जिल्लाको पनौती नगरपालिका –२ स्थित श्री कुशादेवी मा.वि.को शिक्षक छविरमण गौतमले छात्राहरुमाथी पटकपटक यौन दुर्व्यहार गरेकोले यस घटनाको शिक्षकलाई कडा कार्वाहीको नेकपा (माओवादी केन्द्र) निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारीं) ले माग गरेको छ ।

संघको संयोजक सुन्तली थिङले एक विज्ञप्ति प्रकाशित गरी गौतमलाई कानुनी दायरामा ल्याई तत्काल कडा भन्दा कडा कार्वाही गर्न समेत माग गरेका हुन् ।

कार्वाही नगरे कडा संघर्षमा उत्रने अखिल नेपाल महिला संघ (क्रान्तिकारीं) का चेतावनी पनि दिएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ- अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इतिहासदेखि नै लाखौंलाख उत्पीडित महिलाहरुको मुक्ति, न्याय,स्वतन्त्रता र सामाजिक एवं साँस्कृतिक रुपान्तरणको लागि हजारौं महिलाहरुको त्याग, तपश्य र वलिदानको साथ संघर्ष गर्दै आएको गौरवशाली संगठन हो ।

हाम्रो संगठन सधैँ अन्याय र अत्याचारको विरुद्ध न्यायको पक्षमा खडा हुँदै आएको कुरा सबैलाई सर्वविदित नै छ । अन्यायको विरुद्ध न्याय पक्षामा उभिनु आम क्रान्तिकारीहरुको दायित्व पनि हो ।

यसै सन्दर्भमा पनौती नगरपालिका –२ स्थित श्री कुशादेवी मा.वि.को शिक्षक छविरमण गौतमले आफ्नै छात्राहरुमाथी पटकपटक यौन दुर्व्यहार पीडित छात्राहरुलाई न्याय दिलाउन गरेको अपराधीक घटनाप्रति हाम्रो संगठन अत्यन्तै गम्भीर र आक्रोशित भएको छ उक्त अपराधीक घटनामा संलग्न शिक्षक छवि गौतमलाई कानुनी दायरामा ल्याई तत्काल कडा भन्दा कडा कार्वाही गर्न सम्बन्धित पक्षलाई जोड्दार माग गर्दछौं । यदी यस घटनालाई बेवास्ता गरेको खण्डमा अ.ने.म.संघ (क्रान्तिकारी) कडा संघर्षमा उत्रने चेतावनी पनि दिन चाहन्छौं ।

विज्ञप्ति सहित

 

RELATED ARTICLES

follow us

FansLike

Most Popular