टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइँदै

0
112

काठमाडौं : नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइने भएको छ ।

सोमबार दिउँसो १ बजे प्रतिनिधि सभा सदस्यको बैठक बस्दैछ । उक्त बैठकमा सभामुखले रायमाझी निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका रायमाझी पूर्पक्षका लागि थुनामा छन् । प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सांसदको पक्राउ सम्बन्धी जानकारी गराउने व्यवस्था छ ।

कुनै सांसद पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछन् । प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा भने निलम्बनमा पर्ने व्यवस्था छ ।

थुनामा रहेको अवधिभर निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुने प्रावधान नियमावलीको नियम २४८ (३) मा छ ।

३१ वैशाख २०८० मा रायमाझी पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले रायमाझी सहित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई १ असार २०९० मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here