Saturday, September 30, 2023
Homeविश्वएनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्धी गुरुङ, महासचिवमा डा. केशव थापा

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्धी गुरुङ, महासचिवमा डा. केशव थापा

♦विशाल श्रेष्ठ

दक्षिण कोरियाः गैरआवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरिया को आगामी कार्यकाल २०२३(२०२५) को लागि नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएको छ । आइतवार भएको अनलाईन भोटिङको नतिजा साँझ बजे सार्वजनिक भएको हो ।

गंगाराज राइको संयोजकत्वमा बनेको निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा बुद्दी गुरुङ भोट ल्याएर (१५२१) मत ल्याएर र महासचिवमा डा.केशव थापा (१५११) मत ल्याएर निर्वाचित हुनु भएको छ ।

विभिन्न २४ पदका लागि चुनावी मैदानमा ४४ जनाले प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका थिए । कुल मतदाता (४४५८) रहेकोमा (३७६६) (८४.४८) मत खसेको थियो।

एनआरएनए कोरियाको को ९ औं मअधिवेशन जुलाई २९ तारिख यसैगरी बन्द सत्र ३० तारिख बिहान ९ बजे वाट १२ बजे सम्म र निर्वाचन ३० नै तारिख दिउसो २ बजे देखि राति १० बजे सम्म‌ गरेर सम्पन्न भएको थियो ।

निर्वाचित हुने पदाधिकारीहरुमा अध्यक्ष बुद्दी गुरुङ (१५११), बरिष्ठ उपाध्यक्षमा पार्वती मोक्तान (२२१८), उपाध्यक्षमा तारा पुन मगर (१७५७), हरि प्रसाद भट्टराई (१४५१),सुनिल (१०९८ ), महिला उपाध्यक्षमा आरती ह्योल्मो (१४१४), महासचिव डा.केशव थापा (१५११), युवा संयोजकमा युविन श्रेष्ठ (१८३७), कोषाध्यक्षमा भक्त बहादुर गुरुङ (१९७८), सह–कोशाध्यक्षमा विष्णु बुढाथोकी (१६६५), सचिवमा पुस्कर बुढाथोकी (१६९९), कमल भण्डारी (१२४०), र महिला संयोजक निला राइ (२२३२) रहेका छन् ।

सदस्यहरुमा सपना अधिकारि (२१३३), बिन्दु शाह (२२०६) , बिष्णु बहादुर रखाल (१२८२), बिष्णु रेग्मी (१४९१), मगल प्रसाद (१५७९), सुदनजुराजन (१६१८), गगा राजन मगर (१७१०), आइसिसी सदस्यमा निर्विरोध बुद्दी प्रसाद नेपाल, दिपक पुन, हर्क मान गुरुङ र डा.रोशन शर्मा पौडेल रहेका छन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular