Friday, September 29, 2023
Homeअर्थसुन तोलाको ८ सयले बढ्यो

सुन तोलाको ८ सयले बढ्यो

काठमाडौंः नेपाली बजारमा सुनको भाउ आज ८ सयले बढेर १ लाख १३ हजार ५ सय पुगेको छ।

साताको पाँचौँ दिन सुनको मूल्य एक लाख १३ हजार नाघेको हो। बुधवार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १२ सयले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साउन ४ गते सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो। यस दिन सुन तोलामा १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज बजारमा चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular