काभ्रेः नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको स्मृति दिवस काभ्रे जिल्लामा बिभिन्न कार्यक्रमका साथ मनाईएको छ ।
काँग्रेस नेता तथा साहित्यकार कोइरालाको ४१ औं स्मृति दिवसमको अवसरमा काभ्रेमा दिपप्रज्वलन र वृक्षरोपण गरी मनाइको हो ।
शानिबार कोइरालको स्मृति दिवसको अवसरमा कांग्रेस निकट नेपाल तरुण दल काभ्रेको सभापति सुजन लामाको नेतृत्वमा तरुण दल जिल्ला कार्य समितिले बनेपास्थित् चारदोबाटो चोकमा दिप प्रज्वलन गरिएको हो ।
त्यस्तै कांग्रेसका काभ्रे प्रतिनिधिसभा–१ (क) को प्रदेश सभा क्षेत्रीय कार्यसमिति सदस्य तथा प्रचार प्रसार विभागका संयोजक विकाश योञ्जनका अनुसार कांग्रेस जिल्ला समितिको काभ्रेको भातृ तथा सभेछुक संघ संस्था विभाग आयोजना तथा भातृसंठनको सह–आयोजनामा बनेपा–५ ओपी, नमोबुद्ध–६ चरंगेफेदी लगायत जिल्लाका भिन्न ठाउँमा वृक्षरोपण गरिएको छ ।
संयोजक योञ्जनले वृक्षरोपणको क्रममा धुपी, ओखर, लप्सी आदिका बिरुवा रोपिएको जानकारी दिए । कार्यक्रममा जिल्लास्थित् नेता तथा कार्यकर्ताहरुको सहभागी रहेका थिए ।