Friday, September 22, 2023
Homeकाभ्रे फोकसअस्पतालमै पुगेर जिम्बा दाजुभाइद्धारा बिरामीलाई आर्थिक सहयोग

अस्पतालमै पुगेर जिम्बा दाजुभाइद्धारा बिरामीलाई आर्थिक सहयोग

काभ्रे : खानीखोल गाउँपालिका-३ चुनिखोलाका बाबुराम वाईबालाई जिम्बा दाजुभाइले आर्थिक सहयोग गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका कमिटि अध्यक्ष तथा समाजसेवी खड्क बहादुर जिम्बा (अविरल) र खानीखोला गाउँपालिका–३ का वडा अध्यक्ष सागर जिम्बा अस्पतालमै पुगेर बिरामीलाई आर्थिक सहयोग गरेका हुन् । उनीहरुले वाइबा केही समयअघि आफ्नै घरको छातबाट खसेर खुट्टा भाँचिएको थियो । उनको स्वास्थ्य अवस्थ बुझ्न जाने क्रममा आर्थिक समस्या देखिएपछि उपचारका लागि केही राहत होस् भनेर आर्थिक सहयोग गरेको जिम्बाद्धयको भनाइ छ ।

जिम्बा दाजुभाइले अस्पताल पुगेर वाइबालाई उपचारको लागि नगद २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

वाइबाको बनेपास्थित शिर मेमोयिल अस्पताल उपचार भईरहेको छ । अहिले वाईबाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको परिवारले जनाइएको छ ।

जिम्बा दाजुभाइले यसअघि पनि उपचारको क्रममा आर्थिक समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएका छन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular