महाभारतमा वडाध्यक्ष जिम्बाद्धारा सुत्केरीलाई भत्ता वितरण

0
170

महाभारत, काभ्रे : जिल्लाको महाभारत गाउँपालिका वड-१ का वडा अध्यक्ष कान्छामान जिम्बा (रोहित)ले प्रोत्साहन तथा पोषण भत्ता वितरण वितरण गरेका छन् ।

एक कार्यक्रममा बिच गोकुले स्वास्थ्य चौकीमा सुत्केरी महिला, कुपोषण भएका बालबालिका र पूर्णखोप लगाएका सिमान्तकृत पहरी समुदायलाई प्रोत्साहन तथा पोषण भत्ता वितरण गरेका हुन् ।

वडा अध्यक्ष जिम्बाका अनुसार आर्थिक वर्ष २०७९।०८० मा गोकुले स्वास्थ्य चौकीमा २६ जना संस्थागत सुत्केरी गर्ने महिलाहरुलाई जनही २ हजार रुपैयाँ भत्ता वितरण गरेको छ ।

त्यस्तै कुपोषण भएका बालबालिकालाई जनही ५ हजार रुपैयाँ र पुर्णखोप लगाएका सिमान्तकृत पहरी समुदायका बालबालिकालाई ३ हजार रुपैयाँका दरले प्रोत्साहन तथा पोषण भत्ता वितरण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here