Saturday, September 30, 2023
Homeकला/साहित्यदुवाली चलचित्रको विशेष प्रदर्शन, दर्शकको भव्य उपस्थित (फोटोसहित)

दुवाली चलचित्रको विशेष प्रदर्शन, दर्शकको भव्य उपस्थित (फोटोसहित)

काठमाडौ : काठमाडौस्थित नेपाल चलचित्र विकास बोर्डको कार्यालयमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गणेश लामाको प्रमुख अथित्यतामा नेपाली चलचित्र ‘दुवाली’को विशेष प्रदर्शन भएको छ ।

हुत्त सन्जय लामा निर्माता र लोक बहादुर तामाङ कार्यकारी निर्माता रहेको चलचित्र दुवालीमा कलाकार बुद्ध ब्लोन, वीरमान स्याङ्तान, सम्झना मोक्तान, प्रीतिका शार्मा, हिरान माझी लगायतको मुख्य भुमिका रहेको छ ।

कलाकार बुद्ध ब्लोनका अनुसार दुवाली चलचित्र तामाङ र माझी समुदायले भोग्दै आएको जीवन कथालाई समेटेर बनाएको हो ।

चलचित्र दुवाली दर्शकलाई प्रदर्शन अवधिभर मनोरञ्जन दिने गरि उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ ।

त्यस्तै विशेष प्रदर्शनमा दर्शकको समेत उत्साहजनक उपस्थित रहेका छन् । चलचित्र राम्रो बनेको उनीहरुले प्रतिक्रिया दिएका छन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular