Friday, September 29, 2023
Homeप्रदेशप्रदेश ६अब छोरी जन्मने बित्तिकै खातामा पाँच हजार

अब छोरी जन्मने बित्तिकै खातामा पाँच हजार

रोल्पाः रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ। आर्थिक वर्ष २०८०र८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको हो।

गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको जानकारी दिए। यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ। बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन।

“छोरी जन्मिदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ”, उपाध्यक्ष डाँगीले भने। छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको उनको भनाइ छ।

कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ। उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०र८१ मा रु १० लाख विनियोजन गरेको छ। गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular