Friday, September 29, 2023
Homeकाभ्रे फोकसखानीखोलामा ६० वर्ष नाघेका स्वास्थ्य स्वयंम सेविकालाई सम्मानसहित विदाई

खानीखोलामा ६० वर्ष नाघेका स्वास्थ्य स्वयंम सेविकालाई सम्मानसहित विदाई

काभ्रेः जिल्लाको खानीखोला गाउँपालिकाले ६० वर्ष नाघेका महिला स्वास्थ्य स्वयंम सेविकालाई समेत विदाई गरेको छ । गाउँपालिकाकाले एक कार्यक्रमबिच ६० वर्ष नाघेका १० जना स्वास्थ्य स्वयम सेविकालाई नगदसहित ससम्मान विदाई गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामपुकार यादवले सरकारले तोकिएको उमेरहद नाघेका १० जना महिला स्वास्थ्य स्वयंम सेविकालाई सम्मानजनक रुपमा विदाई गरेको बताए ।

उनका अनुसार गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ र उपाध्यक्ष दोर्जेमान जिम्बाले उनीहरुलाई जनही नगद १० हजार रुपैँयासहित प्रमाणपत्र र दोसल्ला ओढाएर विदाई गरेका हुन् ।

जसमा खानीखोला–२ की उर्मिला वाईबा, वडा नं. ३ की सरीमाया थापा मगर, माकूमाया घिसिङ र सुन्दरीमाया थिङ रहेको छ ।

त्यस्तै वडा नं. ५ की दिलकुमारी आचार्य र पासाङ डोल्मा, वडा नंं. ६ का राममाया भोलन, राममाया गोले र ङन मायासँगै वडा नं. ७ की सुमती मोक्तान रहेका छन् ।

महिला स्वास्थ्य स्वयंम सेविकाहरुले गाउँपालिकाकाको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको सदैव सम्मान हुनुको साथै सम्झिरहने गाउँपालिकाले जनाइएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थिङ, उपाध्यक्ष जिम्बासँगै प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, वडा अध्यक्षहरु, विभिन्न शाखाका प्रमुख लगायत उपस्थित रहेका थिए ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular