Friday, September 29, 2023
Homeराजनीतिकांग्रेसको एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकमा १० एजेन्डा

कांग्रेसको एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकमा १० एजेन्डा

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकका लागि लागि १० वटा एजेन्डा तय गरिएको छ।

विधानअनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्छ। तर, एक वर्षपछि बैठक बस्न लागेको हो। २०७९ साल असार २७ देखि २ गतेसम्म कांग्रेसको केन्द्रीय समिति बसेको थियो।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो। महामन्त्री विश्वप्रकाश शर्माले दशवटा एजेन्डा तय गरिएको जानकारी दिए। पहिलो एजेन्डाका रुपमा समसामयिक राजनीतिक विषय रहनेछ। यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुने छ। ​

त्यसैगरी बैठकमा सांगठनिक कार्ययोजना र कार्यतालिकासमेत एजेन्डाका रुपमा प्रस्तुत हुनेछ। कार्यसम्पादन समितिले गरेका निर्णयहरुको अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि छलफल र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि बैठकमा प्रस्तुत हुने शर्माले बताए।

केन्द्रीय कार्यसमिति बैठकमा विभागहरु गठनका साथै पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत हुनेछ। अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि तय भएको छ।

पार्टीले प्रतिनिधिसभामा खेलेको भूमिका सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउनेछन्। उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधि सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्यसूची तय भएको छ।

बैठकको प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको जानकारी कांग्रेसले जनाएको छ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular