Friday, September 29, 2023
Homeकाभ्रे फोकसजिल्ला अदालतले मुद्दा फछर्यौटको लक्ष्य कटायो, ३ करोड ९९ लाख असुल

जिल्ला अदालतले मुद्दा फछर्यौटको लक्ष्य कटायो, ३ करोड ९९ लाख असुल

काभ्रेः जिल्ला अदालत काभ्रेपलाञ्चोकले आर्थिक वर्षको अन्त्यसम्ममा मुद्दा फछर्यौटको लक्ष्य भेट्टाएको छ । २ हजार ३ सय १३ वटा मुद्दा फछर्यौट गर्ने लक्ष्य लिएकोमा २ हजार ३ सय १४ वटा मुद्दा फछर्यौट भएको छ।

‘बार्षिक लक्ष्यमा दर्ताको संख्या ३ सय ४७ थान थप र फछर्यौटमा एक थान थप अथार्त शत प्रतिशत पुरा भएको छ’– जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले भने, ‘नयाँ दर्ता अनुमान १६ सय ३७ थान गरेकोमा १९ सय ८७ थान भए । २३ सय १३ थान फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा २३ सय १४ थान फछर्यौट भए ।’

जिम्मेवारी सरेका १५ सय ५५ थान र नयाँ दर्ता १९ सय ८७ गरी कुल ३५ सय ४२ थान मुद्दाको लगत कायम भएको छ । जिल्ला अदालतले आर्थिक वर्षको अन्त्यसम्ममा ३१ सय ९२ थान मुद्दा अनुमान गरेको थियो । लक्ष्य भन्दा धेरै दर्ता र फछर्यौटमा शत प्रतिशत पुरा गरेको जिल्ला अदालतमा चालु वर्षका लागि १ हजार २ सय २८ थान मुद्दाको जिम्मेवारी सरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा जिम्मेवारी सरेको ३ सय २७ थान कम हो । कुल मुद्दाका आधारमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले ६५.२४ प्रतिशत मुद्दा फछर्यौट गरेको श्रेस्तेदार घिमिरेले बताए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मध्ये ८४.८८ प्रतिशत मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएकाबाट ५४.७४ प्रतिशत फैसला भएका छन् । अदालतमा ४ वर्ष नाघेका मुद्दाको संख्या ३ वटा छन् । ३ देखि ४ वर्ष भित्रका ६ वटा र २ देखि ३ वर्ष भित्रका २ वटा गरी ११ थान मुद्दा पुराना छन् ।

काभ्रेमा तीन वटा इजलास छन् । इजलास नम्बर १ मा मोहनराज भट्टराई छन् । उक्त इजलासले ७ सय ७८ वटा मुद्दा फछर्यौट गर्ने लक्ष्य राखेकोमा ८ सय ८१ वटा फछर्यौट गरेको छ । प्रतिशतका आधारमा ११३.११ हो । मुख्या जिल्ला न्यायाधीश समेत रहनु भएका भट्टराई २०७९ मा सम्पन्न निर्वाचनको मुख्य निर्वाचन अधिकृत थिए । निर्वाचनमा समेत सहभागि हुन भएका न्यायाधीश भट्टराईको इजलासबाट लक्ष्य भन्दा धेरै फछर्यौट भएको छ ।

राजेन्द्र नेपाल न्यायाधीश रहेको २ नं. इजलासले ७ सय ६८ वटा लक्ष्य लिएकोमा ६ सय ४९ वटा मुद्दा फछर्यौट गरी ८४.५० प्रतिशत सफलता प्राप्त गरेको छ । त्यस्तै इजलास नम्बर ३ मा रिताकुमारी बख्रेलले ७ सय ६७ वटा लक्ष्य लिएकोमा ७ सय ७७ वटा फछ्र्यौट गरी १०१.१७ प्रतिशत सफलता प्राप्त गरेको छ । यस अघि उक्त आर्थिक वर्षमा महेन्द्रराज काफ्ले न्यायाधीशले ७ वटा लक्ष्य लिएकोमा शतप्रतिशत पुरा गरी ७ वटा मुद्दाको फछर्यौट गरेको थियो ।

तथ्याङ्कका आधारमा ६ महिना भित्रका ५ सय ३६, एक वर्ष अवधिका ४ सय ५६, डेड वर्ष अवधिका ३ सय १६, दुई वर्ष अवधिका ५ सय २२ गरी २३ सय १४ थान मुद्दा फैसला भएका हुन् । फाँटगत लगत, फछर्यौट र बाँकी मुद्दाको अवस्थाका बारेमा जानकारी दिदै श्रेस्तेदार गोविन्द घिमिरेले भने, ‘फाँट नम्बर एकले १ हजार ५७ लगतमा ७ सय २० वटा फछ्र्यौट गरी ३ सय ३७ बाँकी राखेको छ । फाँट नम्बर दुईले १ हजार १ लगतमा ५ सय ९९ वटा फछर्यौट गरी ४ सय २ वटा बाँकी राखेको छ । फाँट नम्बर तीनले १ हजार ५० लगतमा ६ सय ५२ फछर्यौट गरी ३ सय ९८ वटा बाँकी राखेको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले चालु वर्षको अन्त्यसम्ममा ६ हजार ३ सय ९ वटा म्याद तामेल गर्नु पर्नेमा ६ हजार २ सय ७५ वटा म्याद तामेल गरेको छ । जसमध्ये ४ हजार २ सय ८२ वटा म्याद जिल्ला अदालतका र २ हजार २७ वटा म्याद अन्यत्र अदालतका हुन् । फैसला कार्यान्वयन लक्ष्यको तुलनामा ९४.९० प्रतिशत पुरा भएको छ । ५ लाख ७२ हजार क्षतिपूर्ति रकम फछर्यौट गरी १ करोड ६६ लाख ४८ हजार ९ सय ४१ रुपैयाँ क्षतिपूर्ति भराउन बाँकी छ । ६८ करोड ९ लाख जरिवाना असुल गर्न बाँकी छ । ३ करोड ९९ लाख असुल भएको छ ।

गत आर्थिक वर्षको मात्रै ४ करोड जरिवाना तोकिएको थियो । २१ सय ७० वर्ष ८ महिना कैद मध्ये ८ सय ७६ वर्षको कैद असुल भएको छ । १२ सय ९४ वर्ष ८ महिना कैद असुल गर्न बाँकी छ । समाचार न्युज अफ नेपालमा प्रकाशित भएका छन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular