Friday, September 22, 2023
Homeकाभ्रे फोकसखानीखोलाका किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

खानीखोलाका किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

काभ्रेः जिल्लाको खानीखोला गाउँपालिकाका किसानलाई यतिबेला धान रोपाइँको चटारो ह्वात्तै बढको छ । धान रोप्ने खेताला पाउन ग्रह्रो मात्रै होइन किसानलाई खेतको काम सकाउने हतारो उत्तिकै बढेकाले भ्याइनभ्याइ छ ।

आकाशे पानीको भर पर्नु नपर्ने खेतमा धमाधम रोपाइँ भइरहेको छ । आकाशे पानीको भरमा खेती गर्ने किसान पनि खेतमा नै व्यस्त छन् । कोही आली मिलाउँदै त कोही ब्याड गोड्दै छन् ।

ढिला गरी सुरु भएको रोपाइँ साउनको दोस्रो हप्ता पालिकाका सबै क्षेत्रमा रोपाइँ सम्पन्न हुने अवस्था रहेको किसानहरु बताउँछन् । खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् ।

रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ ।

हेर्नुस् तस्वीरहरु

ropai khanikhola

 

 

RELATED ARTICLES

follow us

FansLike

Most Popular