Friday, September 22, 2023
Homeराजनीतिविश्वमा ७८ करोड मानिस भोकमरीको चपेटामा, १४ करोड बढी बालबालिकामा कुपोषण

विश्वमा ७८ करोड मानिस भोकमरीको चपेटामा, १४ करोड बढी बालबालिकामा कुपोषण

काठमाडौंः संयुक्त राष्ट्र संघले विश्वमा झण्डै ७८ करोड मानिस भोकमरीको समस्यामा रहेको जनाएको छ।

खाद्य तथा कृषि संगठन एफए, अन्तर्राष्ट्रिय कृषि विकास कोष आईएफएडी, संयुक्त राष्ट्र बाल कोष, युनिसेफ, विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ तथा विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले संयुक्त रुपमा जारी गरेको एक रिपोर्टअनुसार सन् २०२२ मा कुल ६९ करोड देखि ७८ करोड मानिसले भोकमरीसँग लड्नु परेको छ।

सन् २०१९ यता मात्रै थप १२ करोड २० लाख मानिस भोकमरीको चपेटामा परेका छन्। सन् २०२२ मा कोभिड महामारी तथा प्राकृतिक विपत्तिका कारण थप ७ करोडभन्दा बढी मानिस भोकमरीको समस्यामा थिए। तर कोभिड महामारी अन्त्य भए पनि खाद्यान्न संकट थप बढेको अध्ययनले देखाएको छ।

राष्ट्र संघले भोकमरीबाट अफ्रिकी देशहरु सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरेको छ। जहाँ प्रत्येक ५ जनामध्ये एक जना भोकमरीको मारमा छन्। विश्वभर पोषिलो खानेकुराबाट बञ्चित हुनेको संख्या पनि थपिँदै गएको छ।

रिपोर्ट अनुसार पाँच वर्षभन्दा कम उमेरका १४ करोड ८० लाख बालबालिका कुपोषणको शिकार बनेका छन्। जबकी साढे ३ करोडभन्दा बढी बालबालिकामा मोटोपनको समस्या छ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular