Friday, September 29, 2023
Homeकाभ्रे फोकसब्लड क्यान्सर पीडित मोक्तानको उपचारका लागि संकलन रकम मन्त्री लामाद्धारा हस्तान्तरणा

ब्लड क्यान्सर पीडित मोक्तानको उपचारका लागि संकलन रकम मन्त्री लामाद्धारा हस्तान्तरणा

काभ्रेः बागमती प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिर्थ लामाले ब्लड क्यान्सर पीडितको उपचार संकलन रकम हस्तान्तरण गरेका छन् । तेमाल गाउँपालिका वडा नं. ७ का ब्लड क्यान्सर पीडित अकिंत कुमार मोक्तानको उपचारको लागि संकलन भएको रकम बुधबार मन्त्री लामा काठमाडौंस्थित् सिभिल अस्पतालमै पुगेर हस्तान्तरण गरेका हुन् ।

नेपाली कांग्रेस काभ्रेको क्षेत्र नं. १ को प्रदेश सभा १ (क) को अगुवाइमा सहयोग रकम संकलन गरीएका थिए । नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका मन्त्री तीर्थ लामाले बुबा अनिलकुमार मोक्तान र आमा शान्ती तामाङलाई प्रदेश कार्यसमितिको अगुवाइमा संकलन भएको ३ लाख २७ हजार १ सय रुपैयाँ हस्तान्तरण गरेका छन् ।

अकिंत कुमार बचाउ अभियानको संयोजन गरेका नेपाली कांग्रेस प्रदेश १ (क) क्षेत्रीय कार्यसमितिका कोषाध्यक्ष रमेश तामाङले मोक्तानको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाली कांग्रेस प्रदेश १ (क) क्षेत्रीय कार्यसमिति सदस्यबाट संकलित १ लाख १ सय र अन्य सहयोगी दाताबाट संकलित रकम समेत गरी ३ लाख २७ हजार १ सय रकम हस्तान्तरण गरिएको बताए ।

मन्त्री लामाले सरकारको तर्फबाट उपचारको लागि गर्न सकिने सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सहयोग हस्तान्तरण गर्न नेपाली काग्रेस क्षेत्र नं. १ (क) का सभापति राम योञ्जन, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, महाधिवेशन प्रतिनिधी शान्ती तामाङ, नेपाली कांग्रेस क्षेत्र नं १ (क) का उपसभापति रणबहादुर तामाङ, सचिव दावा फेञ्चु लामा, नेपाली कांग्रेस क्षेत्र नं २ (क) का सचिव सजय तामाङ, नेपाली कांग्रेस क्षेत्र नं १ (क) का कोषाध्यक्ष रमेश तामाङ लगायत पुगेका थिए ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular