Friday, September 29, 2023
Homeप्रदेशप्रदेश ३बागमतीमा लम्पी स्किन जटिल बन्दै, ४० हजार बढी पुशमा संक्रमण, १२४८ को...

बागमतीमा लम्पी स्किन जटिल बन्दै, ४० हजार बढी पुशमा संक्रमण, १२४८ को मृत्यु

काठमाडौंः बागमती प्रदेशमा लम्पी स्किन रोगको प्रकोप जटिल बन्दै गएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौँडाका अनुसार लम्पी स्किन रोगको संक्रमणबाट प्रदेशका १३ जिल्लाका ४० हजार ३७२ गाई भैँसीमा सङ्क्रमण पुष्टि भएको छ ।

लम्पी स्किन रोगबाट बागमती प्रदेशको १३ जिल्लामा एक हजार २४८ गाई भैँसी मरेका छन् । प्रदेशका १३ जिल्लाका ६१७ बाच्छाबाच्छी, ३५ हजार ६७८ गाई, ३ हजार ३०९ गोरु र ७५९ भैँसीमा सङ्क्रमण पुष्टि भएको छ भने ४६ बाच्छाबाच्छी, १ हजार ८६ गाई, १०३ गोरु र १३ भैँसी सङ्क्रमणका कारण मरेका छन् ।

रोगको संक्रमणबाट सबैभन्दा बढी धादिङका गाई भैँसी प्रभावित बनेका छन् भने त्यसपछि क्रमशः मकवानपुर, चितवन, सिन्धुपाल्चोक र नुवाकोट प्रभावित भएका छन् । रोगको सङ्क्रमण पश्चात् पशुवस्तुमा एक्कासि ज्वरो आउने, घाउ खटिरा हुने, शरीरभरि फोका हुने, खान नरुचाउने र थला पर्ने जस्ता लक्षणहरू देखापर्ने गरेको मन्त्रालयले जनाएको छ ।
काभ्रेमा १२१ गाई र १० भैँसी गरी १३१ गाई भैँसीमा सङ्क्रमण देखिएको छ भने ४ वटा गाई रोगको सङ्क्रमणबाट मरेका छन् ।

लम्पी स्किन रोगका कारण प्रभावित भएका जिल्लाहरूका ५६ हजार बढी पशुवस्तुमा रोग विरुद्धको खोप लगाइएको छ । मन्त्रालयका अनुसार प्रदेशका १० जिल्लाका ५६ हजार ३३३ गाईमा खोप लगाइएको छ ।

लम्पी स्किन रोग भाइरसबाट सर्ने भएकाले पशुवस्तुमा सङ्क्रमण भएपछि दूध उत्पादनमा ८० प्रतिशतसम्म ह्रास आउने उनले बताए । खोपको प्रभावकारी रहेको र खोपको प्रयोगबाट रोग नियन्त्रणमा सहयोग पुग्ने भएकाले अभियान सञ्चालन गर्नु पूर्व कृषकहरूले जारबाट खोप खरिद गरेर लगाउन सक्ने उनको भनाइ छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular